चिमखोलामा भिरबाट लडेर मृत्यु
- १७ जेष्ठ २०७५, बिहीबार
- 1774 पटक पढिएको
म्याग्दी १७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
चिमखोलाको गाईखर्क मा गोठ सार्ने क्रममा भिरबाट लडेर करिब ४५ वर्षिय डिलबहादुर तिलीजाको बुधबार घटनास्थलमा निधन भएको स्थानीय धु्रब पाईजाले जानकारी दिनुभयो ।
ओडारमा राखिएको भकारी गोठतर्फ लैजाने क्रममा लडेर निधन भएका तिलीजाको शव बिहीबार गाउँमा ल्याएर दाहसंस्कार गरिएको छ । तिलीजाले ब्यवसायीक रुपमा भेडाबाख्रा पालेर जिविकोपार्जन गर्दै आउनुभएको थियो ।