म्याग्दी समाचार

सिफ्फो टु परियोजनाद्धारा परिवार नियोजनका सामाग्री सहयोग

बेनी २ साउन । म्याग्दीमा सञ्चालित परिवार नियोजन सेवा सुदृढीकरण परियोजना (सिफ्फो टु)ले स्वास्थ्य संस्थाहरुलाई सामाग्री सहयोग गरेको छ । बेनीमा बुधबार आयोजना गरिएको कार्यक्रममा परिवार नियोजन सेवा प्रवाहमा प्रयोग हुने औजारहरु उपलब्ध गराइएको हो । पिपीआईसीडि १८ सेट, आईयुसीडि ४३ सेट, भिरेक्स २१ सेट, भ्यासेक्टोमी ३ सेट, सर्जीकल ड्रम... पुरा पढ्नुहोस

तीन दिनदेखी बिद्युत आपुर्ति ठप्प हुदा करिब चार सय घरधुरी अन्धकारमा

म्याग्दी २ साउन । म्याग्दीको मालिका गाउँपालिका — ४ च्युरिबोटमा तीन देखी बिद्युत आपुर्ति बन्द भएको छ । ३० किलोवाट क्षमता रहेको दाजुङखोला लघुजल बिद्युत परियोजना बन्द भएको हो । सोमबार बिद्युत गृहमा रहेको टरवाइनको बेरिङमा क्षति हुदा बिद्युत आपुर्ति बन्द भएको दाजुङखोला लघुजलबिद्युत संस्थाका अध्यक्ष नन्द बहादुर घर्ति मगरले... पुरा पढ्नुहोस

जलजलामा बाढी पहिराेकाे बितण्डा

हिजो देखि परेको अबिरल बर्षाका कारण पहिरो जाँदा जलजला गाउँपालिका–८ नाङ्लिबाङमा एक जनाको मृत्यु भएको छ । पहिरो जाँदा घर पुरिएर नाङ्लिबाङका १७ बर्षिय बिकास परियारको मृत्यु भएको हो । राती एक बजे एक्कासी पहिरो गएको स्थानीयबासीले बताएका छन् । पहिरोले ८ घर पुरेको छ भने १० वटा घर पहिरोको... पुरा पढ्नुहोस

दाङखोलाको अस्थायी मोटरेबल पुल निर्माण उपभोक्ता समितिद्धारा हिसाब सार्वजनीक

म्याग्दी १ साउन । धवलागिरी गाउँपालिका ७ र मालिका गाउँपालिका ५ को सिमाना फेदी स्थित दाङखोलामा बेलिब्रिज निर्माण गरेको उपभोक्ता समितिले मंगलबार हिसाब सार्वजनीक गरेको छ । गाउँपालिकाले गौरवको आयोजना मानेको पुल निर्माण गरेको उपभोक्ता समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै हिसाब सार्वजनीक गरेको हो । समितिका अध्यक्ष भिमप्रसाद छन्त्याल... पुरा पढ्नुहोस

म्याग्दी अदालतद्धारा ७५ प्रतिशत मुद्दा फस्यौट

बेनी १ साउन । म्याग्दी जिल्ला अदालतले आर्थिक वर्ष २०७४/७५ मा ७५ प्रतिशत मुद्दा फस्यौट गरेको छ । अदालतमा सोमबार आयोजित कार्यक्रममा अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ६६ र यस वर्ष दर्ता भएका २६१ वटा मुद्दा मध्य २४६ मुद्दा फस्यौट भएको जानकारी गराइएको हो । ८१ थान मुद्दा चालु आर्थिक... पुरा पढ्नुहोस

बेनपा ६ मा मदिरा नियन्त्रयको पहल, विभिन्न व्यक्तित्वलाई सम्मान

म्याग्दी १ साउन । बेनी नगरपालिकाको ६ नम्बर वडामा मदिरा नियन्त्रणको पहल थालीएको छ । वडाका जनप्रतिनिधिहरुको सोमबार बसेको बैठकले मदिरा नियन्त्रण अभियान चलाउने निर्णय गरेको हो । मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवनका कारण सामाजिक अपराध, बिकृती, बिचलन, सद्भाव र शान्ति सुरक्षामा असर, घरेलु हिंसामा बढोत्तरी भएपछि... पुरा पढ्नुहोस

युवा समितिको वार्षिक प्रगति सार्वजनिक

म्याग्दी, ३२ असार । जिल्ला युवा समितिको कार्यालय म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा वार्षिक प्रगति समीक्षा सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालित वार्षिक कार्यक्रमहरुको बारेमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइएको हो । कार्यक्रममा कार्यालय प्रमुख दलबहादुर थापाले चालु आर्थिक वर्षमा सञ्चालन गरिएका विभिन्न ११ ओटा... पुरा पढ्नुहोस

विद्युत प्राधिकरणका कर्मचारी कार्यालय बन्द गरेर भोजमा

सन्दिप शर्मा/  बेनी ३२ असार । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका कर्मचारीहरुले सोमबार कार्यलय बन्द गरेर भोज खान गएका छन् ।आर्थिक बर्ष को अन्तिम दिन हिसाब मिलानका लागि कार्यलय बन्द गरेको सुचना टासेका कर्मचारीहरु दिनभरी जलजला गाउँपालिका ४ मिलनचोक स्थित सब स्टेशन परिसरमा भोज भतेरमा रमाएका हुन् । कार्यालयमा... पुरा पढ्नुहोस

दग्नामको तोयमा पहिरो जाँदा सडक भासियो

म्याग्दी, ३२ असार । म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ ।गाउँपालिकाको केन्द्र मौवाफाँट देखि दग्नाम जोड्ने सडकको दवाङ भिर र तोय क्षेत्रमा केही दिनदेखिको वर्षातपछि सोमबार दिउँसो जमिन धाजा फाटेर पहिरो जाँदा करिब २५ मिटर सडक भासिएको हो । सडक तलको भिरालो जमिन... पुरा पढ्नुहोस

शिक्षा विकास समन्वय ईकाईबाट विद्यालयलाई एक करोड बढी अनुदान वितरण

  म्याग्दी ३२ असार । शून्य दरबन्दिमा सञ्चालीत म्याग्दीका ४२ वटा सामुदायीक विद्यालयले एक करोड रुपैया भन्दा बढी अनुदान पाएका छन् ।समुदाय स्तरबाट चन्दा सहयोग जुटाएर निजी स्रोतका शिक्षकको तलबभत्ताको ब्यवस्था गर्दै आएका १९ वटा माध्यमिक, १–५ तहका १० र १–८ तहका १३ वटा सामुदायीक विद्यालयलाई एक करोड नौ लाख... पुरा पढ्नुहोस