मिडीयाकर्मी हित कोष स्थापना

  • २३ श्रावण २०७५, बुधबार
  • 1915 पटक पढिएको

बेनी २३ साउन । म्याग्दीमा सञ्चारकर्मीहरुको सहयोगका लागि मिडीयाकर्मी हित कोष स्थापना भएको छ । म्याग्दी मिडीया सोसाईटीको बुधबार बेनीमा बसेको बैठकले एक लाख रुपैयाको हितकोष स्थापना गर्ने निर्णय गरेको हो ।
कोषको ब्याजबाट बिरामी र दुर्घटनामा परेका सञ्चारकर्मीहरुलाई सहयोग उपलब्ध गराउने सोसाईटीका अध्यक्ष गोपाल छन्त्यालले बताए । कोष सञ्चालनको कार्यबिधी तयार पार्नका लागि अध्यक्ष छन्त्याल, कोषाध्यक्ष ठाकुरप्रसाद आचार्य र सदस्य सुर्दशनकुमार श्रेष्ठ रहेको कार्यदल गठन भएको छ । सोही बैठकले एपलास्टिक एनीमीया रोगबाट पिडित बागलुङका पत्रकार बिजय रानालाई संस्थामा आवद्ध सदस्य र संस्थागत गरी दश हजार रुपैया उपलब्ध गराउने निर्णय भएको सचिव अमित विश्वकर्माले जानकारी दिए ।

म्याग्दीबाट प्रकाशन, प्रशारण हुने सञ्चार माध्यमका सञ्चालक आवद्ध भएर गत चैतमा स्थापना भएको सोसाईटीले स्थानीय सञ्चार माध्यमको सवलीकरणमा पहल गर्नुका साथै स्थानीय तहका गतिबिधि समेटिएका वृत्तचित्र तयार पारेको छ ।