म्याग्दी समाचार
रुप्से झरना र अन्धगल्छीको एकिकृत गुरुयोजना तयार
- 7 बर्ष, 8 महिना अगाडि
- ९ श्रावण २०७५, बुधबार
म्याग्दी, ८ साउन । अन्नपूर्ण–३ दानामा अवस्थित विश्वकै गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरनाको एकिकृत पूर्वाधार विकासका लागि गुरुयोजना बनाईएको छ । बेनी–जोमसोम–कोरला सडक अन्र्तगत पर्ने रुप्से र अन्धगल्छीलाई चार बर्षभित्र प्रसिद्ध पर्यटकीय गन्तव्य बनाउन २ करोड ६५ लाख रुपैयाँ पूर्वाधारमा लगानी गर्नुपर्ने गरि गुरुयोजना बनाईएको हो । वडा कार्यालयले... पुरा पढ्नुहोस
म्याग्दीमा ब्यवसायीक हितकोष स्थापना
- 7 बर्ष, 8 महिना अगाडि
- ९ श्रावण २०७५, बुधबार
म्याग्दी, ९ साउन । म्याग्दी उद्योग वाणिज्य संघले अप्ठ्यारो, आपत, विपद्मा परेका ब्यवसायीलाई सघाउने उद्देश्यले हितकोष स्थापना गरेको छ । संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षतामा मंगलबार बेनी स्थित कार्यालयमा बसेको बैठकले हितकोष स्थापना तथा सञ्चालन सम्बन्धि कार्यबिधी पारीत गरेको हो । तिस लाख रुपैयाको कोष स्थापना गर्ने लक्ष्य रहेको संघका... पुरा पढ्नुहोस
भुरुङ तातोपानीका बाढी पिडितलाई राहत वितरण
- 7 बर्ष, 8 महिना अगाडि
- ८ श्रावण २०७५, मंगलवार
म्याग्दी ८ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका बाढी पिडितलाई मंगलबार राहत वितरण गरिएको छ ।गत बैशाख ३० गते बस्ती माथिबाट खोल्सामा आएको बाढीबाट क्षत्ती ब्यहोरेका पिडितलाई अन्नपूर्ण गाउँपालिकाले राहत उपलब्ध गराएको हो । गाउँपालिकाबाट दुई लाख ३१ हजार र चन्दा अभियानबाट संकलित छ लाख ६९५ रुपैया सत्र... पुरा पढ्नुहोस
गलेश्वरमा करिब तिन लाख रुपैया भेटि संकलन
- 7 बर्ष, 8 महिना अगाडि
- ८ श्रावण २०७५, मंगलवार
बेनी ८ साउन । बेनी नगरपालीका ९ मा रहेको गलेश्वरमा एकै दिन करिब तिन लाख रुपैया भन्दा बढी भेटी संकलन भएको छ ।सोमबार मन्दिर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले दुई लाख ८८ हजार २७१ रुपैया भेटी चढाएका हुन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार संकलीत भेटि रकम सार्वजनीक... पुरा पढ्नुहोस
नेकपा म्याग्दीले मनायो पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस
- 7 बर्ष, 8 महिना अगाडि
- ७ श्रावण २०७५, सोमबार
म्याग्दी, ७ साउन । नेपाल कम्युनिष्ट पाटी जिल्ला कमिटि म्याग्दीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औ स्मृति दिवस मनाएको छ । नेकपा सस्थापक नेता पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा म्याग्दीका नेता तथा कार्यकताको उपस्थितमा पाटी कार्यालय बेनीमा पुष्पलालको फोटोमा माल्यार्पण गर्दै मनाएका हो । नेकपा नेता गोविन्द्र पौडेलको अध्यक्षतामा... पुरा पढ्नुहोस
म्याग्दीमा ९१ प्रतिशत बजेट खर्च
- 7 बर्ष, 8 महिना अगाडि
- ७ श्रावण २०७५, सोमबार
म्याग्दी, ४ साउन । संघियता कार्यान्वयनमा आएको पहिलो बर्ष म्याग्दीमा रहेका स्थानीय तह, बिषयगत र सरकारी कार्यालयहरु मार्फत परिचालन भएको बजेटको खर्च अनुपात बढेको छ । विगतका बर्षहरुमा विकास निर्माणतर्फको बजेट उपयोग गर्न नसकेर ठुलो मात्रामा फिर्ता हुने गरेको सन्दर्भमा आर्थिक बर्ष २०७४/७५ मा म्याग्दीमा आएको कुल बजेटको ९१ प्रतिशत... पुरा पढ्नुहोस
म्याग्दीमा आठ हजार सवारीसाधन कारबाहीमा
- 7 बर्ष, 8 महिना अगाडि
- ६ श्रावण २०७५, आईतवार
म्याग्दी, ६ साउन । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७४/७५ मा नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई कारबाही गरी करीब रु ५८ लाख राजस्व संकलन गरेको छ । गत वर्ष आठ हजार २०० जीप, कार, ट्रक, मोटरसाइकल र ट्याक्टर चालकलाई सवारी नियम उल्लंघन गरेकोमा कारबाही भएको थियो । जरिवानाबापत... पुरा पढ्नुहोस
बेनी नगरपालिकाले असामयीक निधन भएका धरान उप– महानगरपालिका मेयर तारा सुब्वाप्रति श्रद्धाञ्जली
- 7 बर्ष, 8 महिना अगाडि
- ६ श्रावण २०७५, आईतवार
म्याग्दी, ६ साउन । बेनी नगरपालिकाले साउन १ गते असामयिक निधन भएका धरान उपमहानगरपालिका मेयर तारा सुब्वाको योगदान सम्झदै भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । आईतबार नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको उपस्थितमा स्वर्गिय मेयर सुब्वाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् । धरान उपमहानगरपालिका मेयर तारा सुब्वाको साउन १ गते ५२ बर्षको... पुरा पढ्नुहोस
नेपाली कांग्रेस म्याग्दीले मनायो ३६ औं विपी स्मृति दिवस
- 7 बर्ष, 8 महिना अगाडि
- ६ श्रावण २०७५, आईतवार
बेनी, ६ साउन । नेपाली कांगे्रस म्याग्दीले नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं विपी स्मृति दिवस मनाएको छ । काग्रेसका संस्थापक नेता विपीको स्मृति दिवसका अवसरमा म्याग्दीले आईतबार पार्टी कार्यालय बेनीमा नेता तथा कार्यकताहरुको उपस्थितमा विपिको फोटोमा माल्यार्पण गर्दै मनाएका थिए । नेपाली काग्रेस जिल्ला उपसभापति माधप्रसाद रेग्मीको... पुरा पढ्नुहोस
पहिरो पिडितलाई राहत उपलब्ध गराउने
- 7 बर्ष, 9 महिना अगाडि
- ५ श्रावण २०७५, शनिबार
म्याग्दी ५ साउन । जलजला गाउँ कार्यपालिकाको विपद् ब्यवस्थापन समितिले धाईरीङ र लस्तीका पहिरो पिडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को निर्देशनमा विपद् व्यवस्थापन समितिका संयोजक भिष्म मल्लको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पहिरो पिडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । जलजला गाउँपालिका ७... पुरा पढ्नुहोस