म्याग्दी समाचार

पर्यटकिय स्थल ढोरपाटनमा माईक्रो वेभ लिङ्क मार्फत टेलिकमको टुजी थ्रिजी विस्तार

बागलुङ  १० वैशाख । नेपाल टेलिकमले बागलुङको पर्यटकिय स्थल ढोरपाटनमा माईक्रो वेभ रेडियो लिङ्क मार्फत टुजी र थ्रिजी सेवा विस्तार गरेको छ । टेलिकमले बागलुङ सदमुकाम देखि १२४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डाॅडामा टावर राखि सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी... पुरा पढ्नुहोस

थाली नाच देखाउने तयारी गर्दै

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा थालि नाच देखाउन लागेका कलाकारहरु । चिमखोलाकी हिरामायाँ पुनले सुरु गरेको थाली नाच अहिले देश विदेशका नेपालीहरुमा लोकप्रिय मानिन्छ । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस

क्यान्सर पिडित दानाका सोमबहादुर विकलाई रु २ लाख बढी सहयोग

म्याग्दी, १० वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका क्यान्सर पिडित सोमबहादुर विकको उपचारको लागि रु २ लाख बढी सहयोग जुटेको छ । रक्तक्यान्सरबाट पिडित भई अस्पतालमा उपचाररत विकको सहयोगार्थ स्थानीयले रु २ लाख १ हजार ५६० आर्थिक संकलन गरि विकको परिवारलाई उपलब्ध गराएका हुन् । कतार प्रवासी संघ दानाले सहयोग... पुरा पढ्नुहोस

बेनी–दरबाङ सडक स्तरोन्नतीको लागि आजदेखि समय तालिका अनुसार सवारी चल्ने

म्याग्दी, १० वैशाख । बेनी– दरबाङ सडक स्तरोन्नतीको लागि समयतालिका अनुसार सवारी साधन छुटाएर काम गर्न सुरु गरिएको छ । पश्चिम म्याग्दीलाई सदरमुकामसंग जोड्ने बेनी–दरबाङ सडक खण्ड स्तरोन्नतीको क्रममा साँघुरो ठाउँमा कडा चट्टान काट्नुपर्ने भएकाले एक साताको लागि समयतालिका बनाएर निर्माण कार्यलाई गति दिने निर्णय गरिएको हो । उक्त निर्णय... पुरा पढ्नुहोस

दोहामा राष्ट्रिय कलाकारहरु सम्मानित

दोहा कतार । नुवाकोट सेवा समाज दोहा कतारले आयोजना गरेको नयाँ बर्ष धमाका २०७५ मा आफनो सांगीतिक प्रस्तुति राख्न कतार आएका कलाकारहरु सम्मानित भएका छन । राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान कतार शाखा र स्याङ्जा सहयोग समाज कतारले सयुक्त रुपमा हिजो साँझ एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।... पुरा पढ्नुहोस

पत्रकार महासंघ प्रदेश ४ को सदस्यमा म्याग्दीका गौतम सर्वसम्मत, अध्यक्ष पौडेल सहितको टिम निर्विरोध

म्याग्दी, ९ वैशाख । नेपाल पत्रकार महासंघ प्रदेश ४ को सदस्यमा म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतम निर्वाचित हुनुभएको छ । आईतवार भएको मनोनयन दर्ता समयमा प्रदेश ४ को खुला सदस्यमा पत्रकार गौतम निर्विरोध निर्वाचित हुनुभएको हो । प्रेस सेन्टर म्याग्दीका पूर्व अध्यक्ष समेत रहनुभएका गौतम पत्रकार महासंघ म्याग्दीको प्रदेश सभासद... पुरा पढ्नुहोस

लेनीन जयन्ती एवम कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा बिचार गोष्ठी सम्पन्न

म्याग्दी, ९ वैशाख । लेनिन जयन्ती एवम कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आईतवार बेनीमा विचार गोष्ठी सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र म्याग्दीको आयोजनामा भएको बिचार गोष्ठीमा सहभागीहरुले नेपालमा कम्युनिष्ट शक्तिहरुबिचको एकताले मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुनेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय... पुरा पढ्नुहोस

कम्प्युनिष्ट पार्टी स्थापना दिवसमा श्रमदान गरि सडकको नाली सरसफाइ (फोटो फिचर)

म्याग्दी, ९ बैशाख । विभिन्न दिवसहरुलाई प्रभातफेरी, गोष्ठी लगायतका औपचारिक कार्यक्रम गरि मनाउने प्रचलन बढीरहेको सन्दर्भमा म्याग्दीमा भने श्रमदान गरि पार्टीको स्थापना दिवस मनाइएको छ । नेपाल कम्प्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आईतबार नेकपा एमाले म्याग्दीले श्रमदान मार्फत सडक मर्मत र नाली सफा गरेको हो । करिब ६० जना नेता... पुरा पढ्नुहोस

रेडक्रस भकिम्ली उपशाखाको साधारणसभा सम्पन्न

म्याग्दी, ९ वैशाख । नेपाल रेडक्रस सोसाइटी भकिम्ली उपशाखाको १० औँ बार्षिक साधारण तथा अधिवेशन आइतबार भकिम्लीमा सम्पन्न भएको छ । शाखाका सभापति दुर्गाराम सुवेदीको सभापत्विमा भएको कार्यक्रममा बोल्दै बेनी नगरपालिका ३ भकिम्लीका कार्यवाहक वडा अध्यक्ष रत्न जिसीले रेडक्रसले मानवीय कार्यमा गरेको सहयोगको प्रशंसा गरे । आजिवन सदस्य एवम् जयन्ती... पुरा पढ्नुहोस

दृष्टिविहिन विक दम्पतीको छोरीलाई व्यवसायी विश्वकर्माले गराए भर्ना

म्याग्दी, ९ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–७ घर भएर हाल पर्वतको लामाखेतमा बस्दै आएका दृष्टिविहिन दम्पती जलन र सुस्मीता विकको छोरीलाई बेनीका एक व्यवसायिले विद्यालयमा भर्ना गरिदिनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका व्यवसायी जीवन बहादुर विश्वकर्माले दृष्टिविहिन विक दम्पतीकी जेठी छोरी निरुताको अभिभावकत्व लिँदै अध्ययनको... पुरा पढ्नुहोस