भलिबलको उपाधी आयोजक भगवतीलाई

  • ११ कार्तिक २०७५, आईतवार
  • धिरन खत्री
  • 3212 पटक पढिएको


म्याग्दी, ११ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा दशै पर्वको अवसरमा आयोजित खेलकुद प्रतियोगिता अन्र्तगत जिल्लाकै सर्वाधिक राशि भएको भलिबलको उपाधी आयोजक भगवती युवा क्लवले जितेको छ । तिन हजार भन्दा बढी दर्शक भएको फाईनलमा आयोजक भगवतीले बाजुङ पर्वतलाइ दुईका विरुद्ध तिन सेट जित्दै उपाधी जितेको हो ।


वडा र भगवती युवा क्लवको सयुक्त आयोजनामा भएको खेलकुद प्रतियोगिता मध्य भलिबलको फाईनलमा बाजुङले उपाधी जित्छ भन्ने हजारौ दर्शको अनुमान उल्टिएको थियो । दुईदुई सेट जितेका दुवै टिमले तेस्रो सेटमा बाजुङले भगवतीलई ९ का विरुद्ध १४ अन्तिम नम्बर लिदै ५ नम्बरको अन्तर राखेको थियो । तर १४ अंकलाई भेटाउदै भगवतीले रोमाञ्चक जित निकाल्दै उपाधी जितेको हो ।
त्यस्तै प्रौढ भलिबलको फाईनलमा सिर्जनशिल युवा क्लव हटियाले पिप्लेलाई पराजित गदै उपाधी जितेको थियो । महिला भलिबलमा रघुगंगा गाउँपालिका–४ दग्नामले वडा –१ बेगलाई पराजित गर्दै उपाधी जितेको थियो । भने बास्केटबलमा नवसन्तोष सेवा युवा क्लव ए प्रथम र बि उपविजेता भन्दै दुबै उपाधी हात पारेका थिए ।

पुरुष भलिबलमा बिजेतालाई ७५ हजार र उपबिजेतालाई ४१ हजार, प्रौढको क्रमश प्रथम दिप्तृय २५ हजार र १५ हजार, महिला भलिबलको क्रमश प्रथम र दिप्तृय २० हजार र ११ हजार, बास्केटबलको क्रमश प्रथम र दिप्तृय ३० हजार र २० हजारसहित मेडल र प्रमाणपत्रले विजेता र उपविजेता खेलाडीलाई सम्मान गरिएको थियो । पुरष्कार वितरण गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रशासकिय प्रमुख रमेश थापा, वडा अध्यक्ष रिमबहादुर कटुवाल, क्लव अध्यक्ष प्रविण मल्ल र समाजसेवी देवेन्द्रबहादुर मल्लकोे उपस्थितमा वितरण गरिएको थियो ।


त्यस्तै चिठ्ठा उपहार अन्तर्गत स्कुटर यामबहादुर भण्डारी उपतल्ला भगवती, टिभि रघुगंगा गाउँपालिका– ६का वडा अध्यक्ष मनकुमार शेरपुञ्जा, मोवाईल यामबहादुर केसी पखटोल, राईसकुकर गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, रवि भण्डारी र शर्मिला काकीलाई परेको थियो । भगवती कोट मन्दिर परिसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई ब्यवस्थित गर्न र यसको महत्व बढाउन वडा कार्यालय र भगवती युवा क्लवको आयोजना गरिएको थियो ।

मेलालाई ब्यवस्थित बनाउन भगवती युवा क्लवले गाउँपालिका र वडा र स्थानीयबासी, पुर्व खेलाडी तथा राखुबासीको सहयोग तथा जनश्रमदानबाट आधुनिक खेलकुद मैदान निर्माण गरेको छ। आयोजित मेलालाई सम्पन्न गर्न भौतिक, आर्थिक र नैतिक रुपमा सहयोग गर्नुहुने सहयोग दाताहरुलाई क्लव र वडाबाट सम्मान गरिएको थियो । भने मेलाभर राष्ट्रिय कलाकारको प्रस्तुती रहेको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l