म्याग्दी समाचार

शिखमा पदमार्ग निर्माण सुरु (फोटो फिचर)

सेते तिलिजा पुन शिख २० फागुन । विश्वप्रसिद्ध अन्नपूर्ण चत्रीय पदमार्ग अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा पक्कि पदमार्ग निर्माण सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा उपल्लो शिखको देउराली देखि स्वाँरा जाने पदमार्ग निर्माण सुरु भएको हो । ४८ मिटर ढलान गरिएको पक्कि पदमार्ग निर्माण हुने उपभोक्ता समितिका... पुरा पढ्नुहोस

मुनामा मेलमिलाप तालिम

बेनी २० फागुन । धवलागिरी गाउँपालिका अन्तरगतको न्यायिक समितिको आयोजनामा मुनामा आइतबार मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सम्पन्न भएको छ । न्यायिक समितिको काम कारबाहीलाई प्रभावकारी बनाउन बस्ती स्तरमा मेलमिलापकर्ता तयार पार्ने र उनिहरुको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित तालिमको अधिवत्ता ममतादेवी शर्माले सहजिकरण गर्नुभएको थियो । तालिममा २९... पुरा पढ्नुहोस

नेकपाका स्वर्गीय नेताद्वयको सम्झनामा श्रद्धाञ्जली–सभा

प्रताप बानियाँ म्याग्दी, फागुन १९ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) म्याग्दीको आयोजनामा आइतबार सदरमुकाम बेनीमा श्रद्धाञ्जली–सभा सम्पन्न भएको छ । नेकपा नेता भरतमोहन अधिकारी तथा वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । स्वर्गीय नेताद्वयको तस्विरमा माल्यार्पण गर्दै नेकपाका गण्डकी... पुरा पढ्नुहोस

शान्तिकोषको अक्षयकोषका लागि घर्तीद्धारा पाँच लाख सहयोग

बेनी १९ फागुन । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि एक व्यक्तिले पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ । मंगला गाउँपालिकाको बरंजा घर भई हङकङमा बस्दै आउनुभएका मोना हङकङका संरक्षक समेत रहनुभएका घर्तीको आइतबार बेनीमा कोषका अध्यक्ष राजेश शाक्य... पुरा पढ्नुहोस

बालमन्दिर आधारभुत विद्यालयको भवन पुननिर्माण (फोटो फिचर)

कमल खत्री म्याग्दी, १९ फागुन । म्याग्दीको बेनी नगरपालिका – ४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको कक्षा कोठा भवन पुननिर्माण गरिएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा दुई बर्ष अघि ध्वस्त भएको विद्यालय भवन करिब रु ८३ लाख बढी लगानीमा पुननिर्माण गरिएको हो । १० कोठे भुकम्पप्रतिरोधि विद्यालय भवन... पुरा पढ्नुहोस

मंगला गाउँपालिका वडानम्वर ३ र ४ बरंजामा योजना कार्यान्वयनमा तिव्रता

म्याग्दी, १९ फागुन । म्याग्दीको मंगला गाउँपालिका– ३ र ४ वंरजामा विकास योजनाहरुको अनुगमन गरिएको छ । गाउँपालिकाद्धारा वंरजाको बस्तीस्तरमा विस्तार गरिएको सडक, पर्यटकियस्थलको पुर्वाधार निर्माणको अवस्था, विद्यालयस्तरका योजनाहरुको अनुगमन गरिएको हो । वडाको सिफारिसमा गाउँपालिकाद्धारा बजेट विनियोजन गरिएको योजनाहरुको पुर्वाधार निर्माणलाई प्रभावकारी कार्यान्वयनमा स्थलगत अनुगमनलाई गाउँपालिकाले प्राथमिकता दिएको हो... पुरा पढ्नुहोस

बृहत चिमखोला राखु खानेपानी आयोजना सुस्तायो ( भिडियाेसहित )

  धिरन खत्री म्याग्दी , १९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ र ३ वडाका जनतालाई लक्षित गरेर सुरु गरिएको बृहत चिमखोला भगवती पिप्ले खानेपानी आयोजना सूस्ताएको छ । संघिय संरचनामा सो योजनालाई कुन सरकार मातहत संचालन गर्ने भन्ने कुरामा अलमल हुदाँ जिल्लामा गौरवको आयोजनामा पुर्वाधार निर्माणमा ढिलाई भएको हो... पुरा पढ्नुहोस

नेपाल शिक्षक संघको २१ औँ प्रतिनिधि सभा सम्पन्न

अनिल पौडेल म्याग्दी १९ फागुन । नेपाल शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न भएको छ । शनिबार बेनीमा भएको सभाको उद्घाटन गदै नेपाल शिक्षक संघका उपाध्यक्ष एम पी भुसालले शिक्षकहरु आफ्नो पेशामा जिम्मेवार रहनुपर्ने बताएका छन् । उने सभाको उद्घाटन गर्दै शिक्षकहरुको आस्था राजनितिक रुपमा एक ठाउँमा भए... पुरा पढ्नुहोस

‘म्याग्दीको पहिचान स्थापितः हिमाली जिल्लाको मान्यता निश्चित’

कमल खत्री म्याग्दी, १८ फागुन । म्याग्दीको भौगोलिक पहिचान स्थापित हुने भएको छ । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दी हिमाली जिल्लाको रुपमा कायम हुने निश्चित भएको हो । म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ शनिबार... पुरा पढ्नुहोस

राखुपिप्ले स्वास्थ्यचौकीमा बहिरङ्ग उपचार केन्द्र स्थापना

प्रताप बानियाँ म्याग्दी, फागुन १८ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३, स्थित राखुपिप्ले स्वास्थ्यचौकीमा शुक्रबार बहिरङ्ग उपचार केन्द्र स्थापना भएको छ । रघुगंगा गाउँपालिका र वडा कार्यालयको पहलमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा बहिरङ्ग उपचार केन्द्रको स्थापना गरिएको हो । बहिरङ्ग उपचार केन्द्र स्थापना कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष... पुरा पढ्नुहोस