म्याग्दी समाचार

ठुला सडक योजनामा देखिएको ढिलासुस्ती हटाउन ताकेता

म्याग्दी १७ साउन ।  म्याग्दीमा सञ्चालित पूर्वाधार विकास योजनाहरुमा देखिएको ढिलासुस्ती हटाउन निर्माण व्यवसायिहरुलाई ताकेता गरिएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा शुक्रवार बेनीमा पूर्वाधार विकास कार्यालय मार्फत सञ्चालित योजना र कालिगण्डकी करीडोरको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तगत म्याग्दी खण्डमा सञ्चालित योजनाको सन्दर्भमा सरोकारवालाहरुबिच बृहत छलफल गरिएको छ ।  ... पुरा पढ्नुहोस

अपडेटः अख्तियारको छापापछि कस्ले काट्यो स्वास्थ्य कार्यालयमा ताला ?

म्याग्दी, १७ साउन । पेश्की फछ्र्यौट गर्ने बाहनामा कर्मचारीबाटै घुस रकम लिँदा लिँदै चार कर्मचारी पक्राउ पछि सुनसान बनेको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा फेरी नयाँ तरंग बाहिरीएको छ । कार्यालय प्रमुख सहित चार कर्मचारीलाई घुस रकम सहित पक्राउ गरि अख्तियारले नियन्त्रणमा लिएको केही दिनमै स्वास्थ्य कार्यालयमा ‘ताला काटीएको’ बिषयले नयाँ... पुरा पढ्नुहोस

लुलाङमा सिलाई कटाइ तालिम सम्पन्न

बेनी १७ साउन । धवलागिरी गाउँपालिका–२ लुलाङमा २ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति र गुड नेवर्स इन्टरनेशनल नेपाल म्याग्दीको आर्थिक तथा प्राबिधिक सहयोग र संगम म्याग्दीको आयोजनामा १० जना उद्यमीहरुलाई तालिम दिइएको हो । तालिमको समापनका क्रममा बिहीबार घरेलु तथा साना... पुरा पढ्नुहोस

स्थानीय जातका कुखुराको ब्यवसायिक पालन

बेनी १७ साउन । उन्नत र नश्ल सुधार गरिएका कुखुरापालनप्रती बढेको आकर्षणका कारण म्याग्दीमा स्थानीय जातका कुखुराहरु लोप हुने अवस्थामा पुगेका छन् । आयात गरिएका ब्रोइलर र कोइलर जातका कुखुराको मासु गाउँ गाउँमा पुग्न थालेको छ । सस्तोमा पाइने भएपछि सर्वसाधारणले घरमा पाल्नु भन्दा पसलबाट मासु किनेर खाने चलन बढेको... पुरा पढ्नुहोस

देउताभिर गुफामा पर्यटन पुर्वाधार निर्माण (फोटो फिचर)

कमल खत्री म्याग्दी १६ साउन ।  म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा अवस्थित देउताभिर गुफालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । मगरदाङ गाउँदेखि गुफा सम्म जाने पदमार्गलाई स्तरीय बनाउन बनाउन सुरु गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकार मार्फत विनियोजन भएको रु २० लाख बजेटबाट... पुरा पढ्नुहोस

दरवाङका दुई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट

  म्याग्दी १६ साउन । मालिका गाउँपालिका–६ मा रहेको दरवाङ इङलिस बोर्डीङ स्कुलका दुई जना केन्पोकाई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएका छन् ।जापानको सिजुओकाकिङ हामामाचु मा अगस्त ७ देखि १२ सम्म हुने विश्व केन्पोकाई प्रतियोगितामा भाग लिन नेपालबाट दरवाङका दुई सहित तीन जना खेलाडी छनौट भएका हुन् । नेपाल केन्पोकाईको... पुरा पढ्नुहोस

गृहगाउँ मल्कबाङमा समाजसेवी चन्द्रबहादुर छन्त्याललाई सम्मान (फोटो फिचर)

म्याग्दी १६ साउन ।  म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङ घर भई हाल युकेमा बस्दै आउनुभएका समाजसेवी चन्द्रबहादुर छन्त्याललाई गृहगाउँमा सम्मान गरिएको छ । १९ बर्ष पछि गाउँमा पुग्नुभएका छन्त्याललाई स्थानीय आमा समुह र विद्यालयले स्वागत तथा सम्मान गरेका हुन् । जनचेतना आमा समुहले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष लालकुमारी छन्त्याल लगायत... पुरा पढ्नुहोस

पानी नपरीकनै यसरी बढेर आयो कालिगण्डकी !

म्याग्दी १६ साउन । म्याग्दी र मुस्ताङ क्षेत्रमा भारी बर्षा नभएपनि कालिगण्डकी नदीको सतह बढेर आएको छ । आज विहानदेखि जोमसोम हुँदै बगेको कालिगण्डकी नदीको सतह उर्लिएर आएको हो । जोमसोम क्षेत्रमा बर्षा नभएपनि कालिगण्डकी नदीको सतह बढेर आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार,... पुरा पढ्नुहोस

ज्यामरुकोटको एनसेल टावरमा आगजनी

म्याग्दी १६ साउन । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुकोटमा रहेको एनसेल टावरमा आगजनी भएको छ । गयराति करिब पौने ११ बजे विष्फोटको आवाज आएसंगै टावरमा आगजनी भएको थियो । टावरमा आगजनी भएर जेनेरेटर जलेको अबस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । घटनास्थलको अवलोकनको क्रममा टावरमा जेनेरेटर... पुरा पढ्नुहोस

नदी नियन्त्रण टिकाउ नहुँदा दरवाङमा कटानको जोखिम

  बेनी १५ साउन । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा नदी नियन्त्रणका लागि अस्थाई संरचना निर्माण सुरु भएको छ ।एक साताअघि आएको बाढीले किनारमा लगाएको मेसिनरी पर्खाल भत्काएपछि म्याग्दी नदीले बस्तीतर्फ कटान गर्ने जोखिम बढेको थियो । तत्काल जोखिम न्युनीकरणका लागि उपभोक्ता समिति मार्फत पर्खाल भत्कीएको ठाउँमा ग्यावीयन लगाउन सुरु... पुरा पढ्नुहोस