जन्मथलो बावियाचौरमा उसु खेलाडी विन्दु पुनलाई भब्य सम्मान

  • १२ पुष २०७६, शनिबार
  • 3923 पटक पढिएको

 

म्याग्दी, १२ पुस । जन्मथलो बावियाचौरमा उसु खेलाडी विन्दु पुनलाई भब्य सम्मान गरिएको छ । पुनलाई मंगला गाउँपालिका–२ बावियाचौरका स्थानीयबासीले बाजागाजासहित फुलमालाले भब्य सम्मान गरेका हुन् ।


१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा उसुतर्फ ७० केजी तौल समुहमा सहभागि भएर पुनले रजत पदक जितेकी थिईन । नेपालको तर्फबाट उतकृष्ट खेल प्रर्दशन गदै रजत पदक जितेकी थिईन। उनले १२ औँ सागमा उसुतर्फ रजत पदक दिल्याएकी थिइन ।
मंगला गाउँपालिका–२ जन्मथलो बावियाचौरमा आएकी राष्ट्रिय खेलाडी पुनलाई स्थानीयबासीको उपस्थितमा फुलमालासहित बाजागाजाले बावियाचौरमा बजार परिक्रमा गराएको स्थानीयबासी राजकुमार पाण्डेले जानकारी दिए ।