पुस्तक तथा स्टेशनरी ब्यवसायी म्याग्दीको १२ औँ साधारण सभा सम्पन्न
- १२ पुष २०७६, शनिबार
- धिरन खत्री
- 1926 पटक पढिएको
म्याग्दी, १२ पुस । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ म्याग्दी शाखाको १२ औँ बार्षिक साधारण सभा शनिबार बेनीमा सम्पन्न भएको छ । म्याग्दी शाखाका अध्यक्ष मुकुन्दप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले गरेका थिए ।
१२ औँ साधारणसभाको सफलताको शुभकामना दिदै कर्माचार्यले जनतालाई गुणस्तर सेवा उपलब्ध गराउन पुस्तक तथा स्टेशनरी ब्यवसायीहरु एकजुट हुनुपर्ने बताए । राज्यको नीति नियममा रहेर ब्यवसाय गर्दा ब्यवसायीलाई ग्राहो भएको बताउदै साना ब्यवसायीलाई मध्यनजर गरेर नीति नियम बनाउन आग्रह गरेका थिए । दिर्गकालीन रुपमा ब्यवसाय संचालन र जोखिम न्युनीकरण गर्न ब्यवसायी विच एकता महत्वपुर्ण भएको बताउदै जिल्लामै कपी उद्योग संचालन गर्न ब्यवसायीलाई कर्माचार्यले आग्रह गरेका थिए ।
सभामा महासंघका गण्डकी प्रदेश क्षेत्रीय सभापति दुर्गाप्रसाद श्रेष्ठले सेवाग्राहीलाई गुणस्तर सेवा तथा ब्यसायमा भएको जोखिम न्युनिकरण गर्न ब्यवसायीको विचको एकता आवश्यक रहेको बताए । ब्यवसायलाई दिर्गकालीन रुपमा अघि बढाउन पुस्तक तथा स्टेशनरी ब्यवसायीले समयअनुसारको शैक्षिक सामाग्रीलाई प्राथमिकता दिनुपर्ने बताए । उनले ब्यवसायविचको अस्वस्थ्थ प्रतिस्पर्धा न्युनिकरण गर्न महासंघ लाग्नुपर्ने बताए ।
सभामा निर्वतमान अध्यक्ष ठाकुरप्रसाद शर्मा, महासंघका केन्द्रिय सदस्य लिलाराम गौतम, स्याङ्जा जिल्लाका अध्यक्ष किसान श्रेष्ठ, होटल तथा रेष्टुरेण्ट ब्यवसायी समिति म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्य (वावुराम ) ले ब्यवसायमा भएको समस्या न्युनिकरण गर्न ब्यवसायी विचको सहकार्य र एकताबद्ध रहन जोड दिएका थिए । ३६ भन्दा बढी ब्यवसायी आवद्ध रहेको महासंघको साधारणसभामा उपाध्यक्ष नवराज पौडेलेका स्वागत तथा सचिव नारायण शर्माको बार्षिक प्रगति प्रतिवेदन र संचालनमा सम्पन्न भएको थियो ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l
The Annual Meeting didn’t talk about the paper which once used to have atleast 22 pages, now which is reduced to six pages.From it,it must be clear to all where our stationary entrepreneurs are.