म्याग्दी समाचार

रघुगंगामा अस्पताल बनाउने ठाउँको विवाद लम्बियो, गाउँ सभा समेत पछि धकेलियो

म्याग्दी ११ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा उत्पन्न १० शय्या क्षमताको अस्पताल बनाउने ठाउँको विवाद थप लम्बिएको छ । मन्त्रालयले तोकेको ठाउँ, कार्यपालिका बैठकले गरेको निर्णय र पुनः विभागबाट स्विकृत भएको स्थान फरक फरक स्थानमा पर्न गएपछि गाउँपालिकामा अस्पताल बनाउने स्थानको विवाद बढेको हो । अहिले रघुगंगामा असपताल बनाउने विवाद... पुरा पढ्नुहोस

प्रधानमन्त्री ओलीको प्रतिगमन कदमका विरुद्ध बेनीमा राँके जुलुस प्रदर्शन (भिडियाे सहित)

म्याग्दी १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको प्रतिगामी कदम विरुद्ध शुक्रवार साँझ बेनीमा राँके जुलुस प्रदर्शन भएको छ । नेकपा समर्थित राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीले सदरमुकाम बेनीमा राँकेजुलुस निकालेका हुन । बेनीको न्यूरोडबाट निकालेको राँके जुलुले बजार परिक्रमा गर्दै हुलाक चोकमा आएर कोणसभामा परिणत भएको... पुरा पढ्नुहोस

भण्डारीको उपचारमा युकेमा रहेका राखुबासीबाट १ लाख ३९ हजार सहयोग

म्याग्दी १० पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनको चोटबाट खुट्टानै गुमाएका ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा युकेमा रहेका राखुबासीहरुले सहयोग गरेका छन् । युकेमा रहेका राखुबासीहरुको समाज राखु समाज बेलायतका अध्यक्ष रत्न शाहि (गोपाल)को पहलमा बेलायतमा रहनुभएका राखुबासीहरुबाट रु १ लाख ३९ हजार ६६२... पुरा पढ्नुहोस

भण्डारीको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीबाट १ लाख २८ हजार सहयोग

म्याग्दी १० पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनको चोटबाट खुट्टानै गुमाएका ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीहरुले सहयोग गरेका छन् । अष्ट्रेलियामा रहेका राखुबासीको संस्था राखु समाज अष्टे«ेलियाको नेतृत्वमा संकलन भएको रु १ लाख २८ हजार ५७५ रुपैयाँ सहयोग संकलन गरि पठाईएको... पुरा पढ्नुहोस

नीजि शिक्षकको तलव जुटाउन खोप्रालेकमा चौरीपालन

म्याग्दी, १५ मंसिर । विद्यालयको नीजि शिक्षकको तलव जुटाउन म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको पर्यटकियस्थल खोपारा लेकमा समुदायको सक्रियतामा चौरीपालन गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्धारमा रहेको पाउद्धार मावि र ८ मा रहेको हिमाञ्चल मावि नांगीको विद्यालयका नीजी शिक्षकको तलबका लागी चौरीपालन गरिएको छ । महाविरको नेतृत्वमा अन्नपुर्ण गाउँपालिका– ६ र... पुरा पढ्नुहोस

प्रहरी निरिक्षक रहेका श्रीमानबाटै पीडीत बनेको भन्दै महिलाले मागिन न्याय

म्याग्दी १५ मंसिर । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलेकै बेला म्याग्दीमा एक महिलाले श्रीमानबाट पीडित बनेको भन्दै न्याय मागेकी छिन् । प्रहरीमै पुगेर न्याय माग्ने महिलाका श्रीमान प्रहरी अधिकृत नै हुन् । बेनी बजार निवासी स्मृति शर्मा र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धु्रव शर्माबिच केहि महिनाअघि प्रेम... पुरा पढ्नुहोस

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ९ जनामा कोरोना पुष्टि

मंसिर १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ९ जनामा कोरोना पुष्टि भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको सोमाबार गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले निकाले को विज्ञप्तीमा उल्लेख गरिएको छ । कोरोना संक्रमण फैलदै गएपछि स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्न सुझाब दिईएको छ । पुरा पढ्नुहोस

भण्डारीको उपचारमा दक्षिण कोरियामा रहेका राखुबासीको पहलमा १ लाख १८ हजार सहयोग जुट्यो

म्याग्दी १५ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनले खुट्टामा काटेर घाईते भई उपचाररत ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा दक्षिण कोरियाबाट सहयोग जुटाईएको छ । दक्षिण कोरियामा रहेका राखुबासीहरुको पहलमा त्यहाँ रहेका राखुबासी, म्याग्देली र नेपालीहरु मार्फत रु १ लाख १८ हजार ४७८ सहयोग जुटेको... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा १५ शैयाको अस्पताल भवन शिलान्यास

म्याग्दी १५ मंसिर ।  म्याग्दीको मंगला गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । संघिय सरकारले एक स्थानीय तह एक अस्पताल योजना अन्र्तगत छनौट गरेको योजनालाई गाउँपालिकाले कार्यान्वयनमा अघि बढाएको हो । सोमबार मंगला गाउँपालिका –५ अर्मन स्वास्थ्य चौकी परिसरमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले अस्पताल भवनको शिलान्यास गर्नुभएको छ... पुरा पढ्नुहोस

रघुगंगा र धवलागिरिमा आज हुने भनिएको अस्पतालको शिलान्यास स्थगीत

म्याग्दी १५ मंसिर । म्याग्दीको रघुगंगा र धवलागिरि गाउँपालिकामा निर्माण हुने ‘एक स्थानीय तह एक अस्पताल’ योजनाको सोमबार हुने भनिएको शिलान्यास कार्यक्रम स्थगीत गरिएको छ । अस्पताल बनाउने ठाउँका बारेमा विवाद सिर्जना भएपछि दुबै स्थानीय तहले तत्काल अस्पतालको शिलन्यास गर्न नसक्ने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराएका छन्... पुरा पढ्नुहोस