नेपाल शिक्षक संघ रघुंगा गाउँपालिका अध्यक्षमा पुन

  • २५ पुष २०७८, आईतवार
  • 1456 पटक पढिएको

धनिलाल गर्बुजा
म्याग्दी २५ पुस । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका कार्यसमितिको अध्यक्षमा गुन पुन (गुञ्जन) चयन हुनुभएको छ । शनिबार जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ८ घ्याँसीखर्कमा सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा पुन सर्वसम्मत चयन हुनुभएको हो । यस अघि कार्यसमितिको उपाध्यक्ष समेत रहनुभएका पुन जनता मावि दग्नाममा प्रअको रुपमा अध्यापनरत हुनुहुन्छ ।

कार्यसमितिको उपाध्यक्षमा खिमबहादुर छन्त्याल ,महिला उपाध्यक्षमा रमा पौडेल ,सचिवमा बिष्णु रेग्मी ,सचिव अर्थमा गिता फगामी ,सहसचिवमा प्रेम बहादुर थापा ,सह–सचिव महिलामा सन्तुकुमारी पुन ,सह–सचिव अर्थमा दिलिप थापा ,सह–सचिव समावेशीमा दिलकुमारी थजाली ,सह–सचिव समावेशीमा देवराज गर्बुजा र सह–सचिव अर्थ महिलामा पोमाया पुन चयन हुनुभएको छ ।


यसैगरी सदस्यहरुमा शुसिला शेरपुञ्जा ,हिरा छन्त्याल ,ललिता विक ,जमुनादेबी शर्मा ,खिमकुमारी शर्मा ,सविना थापा ,लवकुश थापा ,दालिमा पुर्जा ,नौलि थजाली ,थानमाया गर्बुजा ,तारा गर्बुजा ,लोकेन्द्र्र बहादुर खड्का ,साधनाकुमारी मल्ल, खड्क गर्बुजा र निर्मला खड्का चयन हुनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले सामाजिक ,राजनितिक परिवर्तजनका लागि शिक्षकको भुमिका महत्वपुर्ण भएको बताउनुभयो । निर्वाचनमा शिक्षक संघको भुमिका महत्वपुर्ण भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।


समाजका हरेक सामाजिक तथा राजनिक विकृतीहरुलाई निरुत्साहित गदै सुन्दर समाज निर्माण गर्न शिक्षक संघ जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।विविध कारण आफुले निर्वाचनमा पराजय भोगेको स्मरण गर्दै सभापति गर्बुजाले पराजित हुँदा जिल्ला विकास निर्माणमा पछाडी परेको बताउनुभयो । कार्यक्रममा उपसभापति तथा बेनी नगर पालिकाका मेयर हरिकुमार श्रेष्ठ ,उपसभापति केबी भण्डारी, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशवप्रसाद रेग्मी र शिक्षक संघ म्याग्दीका अध्यक्ष नगेन्द्र केसीले मन्तवय व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभा ‘क’का सभापति ओम छन्त्याल , रघुगंगा गाउँपालिका अध्यक्ष तथा प्रदेश ‘क’का उपसभापति भवबहादुर भण्डारी ,गाउँपालिका उपाध्यक्ष कमला तिलिजा , नेपाल तरुणदल म्याग्दीका अध्यक्ष तथा महाधिवशेन प्रतिनिधि मुकुन्द छन्त्याल ,सोही गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि जीवनकुमार मल्ल, वडा नम्बर ६ का वडा अध्यक्ष तथा कांग्रेस गाउँपालिका सभापति मनकुमार शेरपुजा ,वडा नम्बर ४ का वडा अध्यक्ष रुकबहादुर गर्बुजा ,नेपाल शिक्षक संघ मंगला गाउँपालिका अध्यक्ष टेकबहादुर राम्जाली लगायतले बोल्नुभएको थियो ।

शिक्षक संघ रघुगंगा गाउँकार्यसमितिका निवर्तमान अध्यक्ष युबहादुर गर्बुजाको अध्यक्षता ,उपाध्यक्ष पुनको स्वागत तथा याम शेरपुजाले संचालन गर्नुभएको कार्यक्रममा निवर्तमान अर्थ सचिव बिजय शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।