म्याग्दी समाचार

गायत्री र राम मन्दिरमा न्यानो कपडा वितरण

  म्याग्दी, १९ पुष । धार्मिकस्थल गायत्री मन्दिर र राम मन्दिरमा रहेका पुजारी, बृद्धबृद्धालाई एक यूवा ब्यवसायीले न्यानो कपडा र मास्क सहयोग गरेका छन् । बेनी नगरपालिका–७ संगम चोकमा रहेको धर्मनारायण ईन्टरप्राईजेज र सुविन भाँडा पसलका सञ्चालक सुविन श्रेष्ठले मन्दिरका पुजारी, आश्रमका ज्येष्ठ नागरिक सहित विपन्न गरी १९ जनालाई न्यानो... पुरा पढ्नुहोस

शिखका वडाअध्यक्ष तिलिजाको निधन

  म्याग्दी, १८ पुष । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ५ शिखका वडाअध्यक्ष दिनेशकुमार तिलिजाको शुक्रबार साझँ निधन भएको छ । प्यारालाइसिस रोगबाट थलिएका तिलिजाको ६५ बर्षको उमेरमा पोखरामा निधन भएको कार्यबाहक वडाअध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिए । पोखरा महानगरपालिका–११ फुलबारीस्थित निवासमा तिलिजाको निधन भएको हो । गत साउनमा एक्कासी विरामी... पुरा पढ्नुहोस

बेनी–जोमसोम–कोरला सडक आयोजनाः म्याग्दीखण्डको काममा चरम ढिलासुस्ती

उत्तर–दक्षिण चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको काममा चरम ढिलासुस्ती भएको छ । ट्याक निर्माण सकिएसंगै स्तरोन्नतकिा लागि २०७३ मंसिरदेखि यस करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना सञ्चालन गरिएको थियो । निर्माण अवधि सकिएको एक बर्ष वितिसक्दा समेत अहिलेसम्म जम्मा ६५ प्रतिशत मात्रै... पुरा पढ्नुहोस

म्याग्दीमा राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही जिताउ अभियान सुरु

म्याग्दी,१६ पुस । नेपाल खेलकुद पत्रकार मञ्चको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी राष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन अरुणा शाहीलाई बिजयी गराउन गृहजिल्ला म्याग्दीमा अभियान सुरु भएको छ । जिल्ला भलिबल संघ म्याग्दीले शाहीलाई विजेता बनाउन बिहिबारदेखि घरदैलो सहित अभियानको सुरुवात गरेको हो । रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीले... पुरा पढ्नुहोस

मुस्ताङमा ९ महिनापछि खुल्न थाले होटल, धौलागिरि क्षेत्रको पर्यटन चलायमान हुने आसा

म्याग्दी १६ पुस । हिमाल पारिको जिल्ला मुस्ताङमा कोरोनाको कारण बन्द भएका होटलहरु करिब ९ महिनापछि खुल्न थालेका छन् । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन घोषणासंगै बन्द भएका होटलहरु पुस दोस्रो सातादेखि मात्रै सञ्चालनमा आएका हुन् । सरकारले लकडाउनलाई हटाएर पर्यटन क्षेत्रलाई खुला गरेपनि मुस्ताङका होटल... पुरा पढ्नुहोस

रघुगंगाको गाउँ सभामा बहुमतबाट बेगमा अस्पताल बनाउने निर्णय

https://www.youtube.com/watch?v=aCZQUnLR9CU म्याग्दी १५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा विवादीत बनेको १० शैयाको आधारभुत अस्पताल बनाउने स्थानको टुंगो गाउँसभाबाट लगाईएको छ । बुधवार सम्पन्न नवौँ गाउँसभामा बहुमतबाट वडा नम्बर १ बेग स्वास्थ्य चौकी स्तरोन्नती गरि अस्पताल बनाउने निर्णय भएको हो । एक स्थानीय तह एक अस्पताल योजना अन्र्तगत संघिय सरकार मार्फत... पुरा पढ्नुहोस

ओलीको असंवैधानिक कदमका विरुद्ध बेनीमा नेकपा(प्रचण्ड नेपाल)पक्षद्धारा विरोध प्रदर्शन (फोटो फिचर)

https://www.youtube.com/watch?v=yra50NEeil8   म्याग्दी १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक तवरले संसद विघटन गर्ने कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका प्रचण्ड नेपाल पक्षले मंगलवार बेनीमा बृहत विरोध प्रर्दशन गरेको छ । ओलीको असंवैधानिक कदमका विरोधमा बजारमा नारा लगाउँदै बजार परिक्रममा गरि बृहत ¥यालीलाई सहिद स्मृतिचोकमा विरोध सभा गरिएको... पुरा पढ्नुहोस

राजाले प्रजातन्त्रमा गरे जसरी ओलीले गणतन्त्रमा हमला गरे : नेकपा युवा नेता रेशम जुग्जाली (भिडियो)

म्याग्दी १४ पुस । नेकपा म्याग्दीका युवा नेता रेशम जुग्जाली(सुविन)ले तत्कालिन राजाहरुले प्रजातन्त्रमाथि गरेको हमला जसरी प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि हमला गरेको बताउनुभएको छ । https://www.youtube.com/watch?v=WF9QbDTafHA प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध नेकपा (प्रचण्ड नेपाल) पक्षले बेनीमा आयोजना गरेको बृहत विरोध पदर्शनपछिको सभालाई सम्बोधन गर्दै  नेकपा म्याग्दीका कार्यालय सदस्य समेत रहनुभएका... पुरा पढ्नुहोस

सत्ताको भन्दा सत्यको सेवा गरौँ : नेकपा युवा नेता बालकृष्ण सुवेदी (भिडियो)

म्याग्दी १४ पुस । नेकपा म्याग्दीका युवा नेता बालकृष्ण सुवेदीले सत्ताको सेवातर्फ भन्दा सत्यको सेवा गर्नुपर्ने धारणा राख्नुभएको छ । नेकपा (प्रचण्ड नेपाल) म्याग्दीले आयोजना गरेको प्रधानमन्त्रीको असंवैधानिक संसद विघटनको कदमको विरोधमा आयोजित विरोध सभामा सम्बोधन गर्दै सुवेदीले देश र जनतालाई धोका दिएर संसद विघटन गराईएकाले यस्तो कार्यको विरोध गर्नुपर्ने... पुरा पढ्नुहोस

बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा (भिडियो रिपोर्ट)

बेनी १४ पुस । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय पुर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट रु ६२ लाख ४० हजार लागतमा जिल्लामै पहिलोपटक अक्सिजन उत्पादन केन्द्र ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । https://www.youtube.com/watch?v=aHDm-0RTC8g... पुरा पढ्नुहोस