म्याग्दी समाचार

समाजसेवी केसीद्धारा रघुगंगाका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग

म्याग्दी ४ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट निवासी समाजसेवी शिब केसीले कोरोना रोकथाम र नियन्त्रण तथा उपचारमा सघाउन स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गर्नुभएको छ । गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुको लागि केसीले रु ७० हजार लागतमा १७ थान पल्स अक्सीमिटर र १५ सय थान मास्क सहयोग गर्नुभएको हो । जिल्लामा... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकामा एक साताका लागि अत्याबश्यक बाहेकको सेवा बन्द

म्याग्दी ३ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु एक साताको लागि बन्द गरेको छ । गाउँपालिकामा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले मंसिर ३ देखि ९ गतेसम्मका लागि अत्याबश्यक बाहेकका अन्य सेवा प्रवाह बन्द गरिएको हो । गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनद्धारा जारी... पुरा पढ्नुहोस

पिप्लेका घाइते रिजालको उपचारमा मौवाफाँटबासीबाट ९६ हजार सहयोग

म्याग्दी ३० कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा सोही वडाको मौवाफाँटबासीले रु ९६ हजार बढी सहयोग गरेका छन् । गत कात्तिक ५ गते रुखबाट खसेर घाईते भई उपचाररत पिप्लेका २२ बर्षका अवतार रिजालको उपचारमा मौवाफाँटबासीले रु ९६ हजार... पुरा पढ्नुहोस

कारागारका कैदीबन्दीहरुलाई जीवन सुनचाँदी दुकानद्धारा सहयोग

म्याग्दी २९ कात्तिक ।  म्याग्दी कारागारमा रहेका कैदीबन्दीहरुलाई जीवन सुन चाँदी दुकान बेनीले २१ हजार नगद सहयोग गरेको छ। कारागारभित्र कैदीबन्दीले दिपावलीको अवसरमा आयोजना गरेको कार्यक्रममा आवश्यक सामान खरिद गर्न सञ्चालक जीवनबहादुर विश्वकर्मा र प्रबन्ध निर्देशक शंकर बराईलीले चौकीदार बसन्त रोकालाई नगद सहयोग हस्तान्तरण गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी... पुरा पढ्नुहोस

म्याग्दीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी २९ कात्तिक । म्याग्दीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका र शंकास्पद बिरामी व्यक्तिहरुको कात्तिक २५ र २६ गते गते ७० वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । बेनी... पुरा पढ्नुहोस

गोठाला जिवन : ‘कुकुरको सुरक्षाकै भरमा घनाजंगलमा गोठको बास’ ( भिडियाे कथा)

बेनी, २९ कात्तिक । वरीपरि जंगलले घेरिएको बिचमा गोठ छ । गोठको छेवैमा भेडाबाख्राको हुल छ । जंगलको छेउको चौरमा रहेको भेडिगोठको हेरालुको जिम्मा पाँच वटा कुकुरलाई दिईएको छ । यो म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको पुतलिडाँडा नजिकको भेडिगोठको दृष्य हो । बस्तीदेखि एक दिनको यात्रापछि पुगिने यहाँको भेडिगोठको सुरक्षाको सम्पूर्ण... पुरा पढ्नुहोस

अष्टेलियामा रहेका म्याग्देली चेली आवद्ध संस्थाले बालगृहमा ब्लाङ्केट वितरण

म्याग्दी २८ कात्तिक ।  अष्टे«लियामा रहेका म्याग्देली चेलीले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई शुक्रबार ५० हजार बराबरको न्यानो कपडा वितरण गरेका छन् । निम्नस्तरका बालबालिका, महिलालाई सहयोग तथा सामाजिक अभियान सञ्चालन गर्ने गरी हालै स्थापना भएको उई केयर एण्ड लभ फाउण्डेशनमार्फत बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक/एक... पुरा पढ्नुहोस

धान भित्र्याउने चटारोमा कृषक, सिमको फाँटमा देखिएको दृष्य (फोटो फिचर)

बेनी, २८ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका–२ सिमको फाँटमा धान काट्दै गरेका स्थानीयबासी । यतिबेला कृषकहरुलाई धान भित्र्याउने चटारो बढेको छ । कात्तिकको सुरुवातदेखि सुरु भएको धान काट्ने कामलाई कृषकहरुले बिटमार्ने तयारी गरेका छन् । जिल्लाका अधिकाँश कृषकहरुले धान भित्र्याइसकेका छन् । मंसिर पहिलो साताभित्र प्राय सबैले धान भित्र्याइसक्ने आकंलन... पुरा पढ्नुहोस

बेनी अस्पतालमा थाइराइड परीक्षण शुरु, उपचारको लागि बाहिर जानुपर्ने बाध्यता हट्यो

बेनी, २७ कात्तिक । म्याग्दीबाट थाइराइडको उपचारका जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ। बेनी अस्पतालले बिहिबारदेखि पहिलोपटक जिल्लामै थाइराइडको चेक जाँचको सुरुवात गरेसँगै उपचारमा सहज भएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्ला अस्पतालमा अत्याधुनिक सेवा विस्तारको क्रममा थाइराइडको उपचारको अभावमा समस्या झेल्दै आएका बिरामीलाई लक्षित गरी... पुरा पढ्नुहोस

बेनीबाट उपचारकाे लागि पाेखरा पुर्याईएकी महिलाकाे काेराेना कारण मृत्यु

बेनी कार्तिक २७ गते । काेराेनाका कारण म्याग्दीमा थप एकजनाकाे मृत्यु भएको छ । मुस्ताङ घर भई दुई दशक देखि बेनीकाे कालिपुलमा बसाेबास गर्ने ७६ वर्षिय महिलाकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयाे । उहाँका अनुसार स्वासप्रस्वासमा लगायतका समस्याका कारण बेनी अस्पतालमा उपचार गर्न अाएकि उनलाई... पुरा पढ्नुहोस