म्याग्दी समाचार

भकिम्लीबाट फर्कदा बेपत्ता भएका श्रेष्ठको खोजी गरिदिन परिवारको आग्रह

म्याग्दी, २८ कात्तिक । बेनी नगरपालिका- १ अर्जमका भिमबहादुर श्रेष्ठ आठ दिन देखि बेपत्ता भएका छन् । भकिम्लीबाट फर्कदा बेपत्ता भएका ५३ बर्षिय श्रेष्ठ परिवारको सम्पर्कमा आउन सकेका छ्रैनन् । जंगलको बाटो हुदै फर्किने क्रममा बेपत्ता भएपछि आफन्तले खोज्नेक्रममा बेपत्ता भएको ठाउँमा टोपी भेटिएको अर्जमका कणर् प्रधानले बताए । टोपी... पुरा पढ्नुहोस

मानापाथि हिमालबाट मुस्ताङतर्फ भिषण हिम पहिरो

मुस्ताङ २८ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङ ,लार्जुङ र बोक्सी खोला माथिको हिमाली लेंकमा भिषण हिम पहिरो गएको छ । आईतबार बिहान करिव ११ बजेको समयमा भिषण हिम पहिरो गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, थासाङ गापा माथि धौलागिरि रेञ्जमा पर्ने मानापाथी... पुरा पढ्नुहोस

कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा टंकप्रसाद पुन

म्याग्दी, २७ कात्तिक । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा टंक प्रसाद पुन सर्वसम्मत चयन हुनुभएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका-६ दरबाङ स्थित छ्यारछ्यारेमा सम्पन्न अधिवेशनबाट मालिका गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहनुभएका पुनको ेनेतृत्वमा सम्वसम्र्मत नयाँ कार्यसमिति चयन भएको हो । मतदान... पुरा पढ्नुहोस

नेपाली कांग्रेस प्रदेश क मा ओम छन्त्यालको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन

  म्याग्दी, २७ कात्तिक । नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति क को सभापतिमा ओम छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट छन्त्याल नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो । निर्वाचन अधिकृत रामजीप्रसाद सुवेदीका अनुसार उपसभापति पदमा भवबहादुर भण्डारी, सुजन बरुवाल, सचिव पदमा चक्रबहादुर केसी र... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्रको झिँ र पाखापानीमा वडा कमिटी र वाईसिएल गठन

म्याग्दी, २७ कात्तिक। नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले झिँ र पाखापानीमा पाटी र वाइसिएलको वडा कमिटि गठन गरेको छ । रघुगंगा गाउँपालिका- ५ झिँ र ६ पाखापानीमा शनिबार गरिएको वडा भेलाबाट पाटी र वाईसिएल कमिटी गठन गरिएको हो । नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य विनोद केसी, जिल्ला संयोजक... पुरा पढ्नुहोस

नेकपा (माओवादी केन्द्र) को ढोल्ठान र कोसेपानीमा टोल कमिटी गठन

बेनी, २७ कात्तिक । नेकपा माओवादी केन्द्र म्याग्दीका नेताहरु गाउँगाउँमा पुगेर टोल कमिटी गठनलाई तिव्रता दिएको छन। शनिबार बेनी नगरपालिका- ९ स्थित ढोल्ठान र कोसेपानीमा टोल कमिटि गठन गरेका छन् । नगरपालिकाको वडा नम्वर ९ स्थित उपल्लो ढोल्ठानमा अम्मरबहादुर विकको नेतृत्वमा टोल कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा डोविन दर्जी... पुरा पढ्नुहोस

काँग्रेस प्रदेशसभा अधिवेशन: म्याग्दी प्रदेश क को सभापतिमा छन्त्याल निर्विरोध

म्याग्दी २७ कात्तिक ।   नेपाली काँग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति (क) को सभापतिमा ओमबहादुर छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ ।   सदरमुकाम बेनीमा सुरु भएको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट छन्त्याल सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । नेताहरुले सभापति र सचिव पदमा सहमति कायम गरेका हुन । निर्वाचिन... पुरा पढ्नुहोस

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पुगेर मंगोल अर्गनाईजेशनका प्रदेश सभा सदस्य रनबहादुर फगामी, म्याग्दीका अध्यक्ष डिके पुन, कोषाध्यक्ष दीपक पुन लगायतले जिल्ला प्रशासन कार्यालयमार्फत मूल्यविरुद्ध तुरुन्त खारेज गर्न... पुरा पढ्नुहोस

एमाले महाधिवेशनका लागि म्याग्दीबाट प्रतिनिधि चयन

म्याग्दी, २६ कात्तिक । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । जिल्लाका नेताहरुविच आपसी सम्झदारीमा प्रतिनिधि चयन भएका हुन्। जसमा खुल्लातर्फ पाटी अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पुर्वसांसद नवराज शर्मा, उपाध्यक्ष देवेन्द्रबहादुर केसी, सचिव बालकृष्ण सुवेदी, सहसचिव देवबहादुर घले चयन भएका छन् । महिलातर्फ... पुरा पढ्नुहोस

एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीमा पाण्डे

भिषण के.सी. म्याग्दी, २५ कात्तिक । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको दोस्रो जिल्ला परिषद्ले होमनाथ पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय संगठनको जिल्ला समन्वय परिषद् गठन गरेको छ । पाण्डे यसअघिको कमिटिमा पनि जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।परिषद्को उपाध्यक्षमा देवराज शर्मा, थमबहादुर पुन र सरस्वति परियार चयन हुनुभएको छ । यसैगरी सचिबमा... पुरा पढ्नुहोस