म्याग्दी समाचार

आज विजयादशमी- विहान १०ः०२ बजे टीकाको उत्तम साईत

  काठमाडौं २९ असाेज । नेपालीहरूको महान् चाड बडादसैंको दसौं अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण... पुरा पढ्नुहोस

मौवाफाँट भगवतीदेवी कोतमन्दीरमा यस्तो रह्यो नवमी पुजा ( फोटो फिचर)

म्याग्दी २८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको भगवतीदेवी कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बिशेष पुजा गरिएको छ । नवमीमा सरकारी राँगो मार हान्न (काट्न) रु ७५ हजारको बोलकबोल भएको थियो । बुधवार साँझ कालरात्रीमा भएको बढीबढाउमा मौवाफाँटका सुवास भण्डारीले सर्वाधिक रु ७५ हजार रकम कबोल गरेर सरकारी... पुरा पढ्नुहोस

भगवती कोतमा ‘सरकारी राँगो’ को मार हानेपछिको सम्मान (फोटोफिचर)

म्याग्दी, २८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीले भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी डिलका युवा आर्यन खड्काले सफल पुर्वक मार हानेका हुन् । हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिरमा... पुरा पढ्नुहोस

सरकारी राँगोको मार हान्न भगवतीमा तीन लाखको बोलकबोल

म्याग्दी, २७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगो मार हन्न (काट्न) तीन लाखको बोलकबोल भएको छ । बुधवार साँझ कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो ।  बढीबढाउमा बयरी डिलका आर्यन खड्काले सबैले भन्दा धेरै रु... पुरा पढ्नुहोस

दशैघरमा विधिपूर्वक फूलपाती भित्र्याईयो (तस्बिर सहित)

  https://www.youtube.com/watch?v=MK76gBYUYu0 म्याग्दी २६ असोज । आज फुलपाती, बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ । म्याग्दीको बेनीकोट, ज्यामरुकोट, भगवतीकोट, मौवाफाँट कोट, पिप्लेकोट, घतानकोट, ताकमकोट लगायतका भगवती देवी मन्दिर... पुरा पढ्नुहोस

एकीकृत समाजवादी म्याग्दीको चियापान कार्यक्रम सम्पन्न

म्याग्दी २५ असोज । नेकपा एकीकृत समाजवादी म्याग्दीले शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरेको छ । विजया दशमी, शुभ दीपावली, छठ, नेपाल सम्बत लगायतका चाडपर्वको उपलक्ष्यमा सोमबार बेनीमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्ला स्थित राजनीतिक दल र संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत जनप्रतिनिधि,... पुरा पढ्नुहोस

शुसासनको पालना र विकास निर्माणमा समन्वयकारी भूमिका खेल्ने प्रजिअ रानाको प्रतिबद्धता(भिडियाे)

https://www.youtube.com/watch?v=UkfkJVqYzNo म्याग्दी २५ असोज । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले शुसासनको पालना र विकास निर्माणको समस्या निराकरण गर्न समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ । जिल्ला स्थित पत्रकार तथा सञ्चारकर्मीहरुसंग सोमबार अन्र्तक्रिया गर्दै प्रजिअ रानाले यस्तो बताउनुभएको हो । उहाँले जिल्ला प्रशासन कार्यालयकै सेवा प्रवाह चुस्त नरहेको गुनासा... पुरा पढ्नुहोस

बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुव्र्यवहारप्रति सर्वत्र विरोध

म्याग्दी, २५ असोज । आईतबार बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीमाथि भएको दुव्र्यहारप्रति सर्वत्र विरोध भएको छ। अधिकृत सुबेदीमाथि दुव्र्यवहारमा संलग्नलाई कारबाहीको माग गर्दै जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत, कर्मचारी र राजनीतिक दलका नेता लगायतले  विरोध गरेका हुन् । जिल्लाका सबै गाउँपालिकाका प्रमखु प्रशासकिय अधिृकतले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवेदीमाथि... पुरा पढ्नुहोस

मोनाको चौथो महाधिवेशनको तयारी तीव्र (भिडियो सहित)

https://www.youtube.com/watch?v=KObXDneTbIo   म्याग्दी २४ असोज । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोनाको) चौथो महाधिवेशनको तयारी तिब्र पारिएको छ । मोना अन्तराष्ट्रिय कार्यकारी समितिको नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक २ र ३ गते सदरमुकाम बेनीमा चौथो महाधिवेशन आयोजना गरिएको छ । मोनाले अहिलेसम्म २९ देशमा राष्ट्रिय... पुरा पढ्नुहोस

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबेदीमाथि दुव्र्यवहार

म्याग्दी २४ असोज । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीलाई आइतबार एक समूहले कार्यकक्षमै दुव्र्यवहार गरेका छन् । दिउँसो करिब साढे १२ बजे कार्यकक्षमा प्रवेश गरेका चार जनाको समुहले प्रशासकीय अधिकृत सुवेदीलाई कालो झोलिलो पदार्थ प्रहार गरि दुव्र्यवहार गरेका हुन् । भmोलाबाट डब्बामा ल्याएको मोबिल जस्तो देखिने कालो... पुरा पढ्नुहोस