तोरीबारीले ‘भाइरल बन्यो रत्नेचौरको फाँट’ दिनहुँ आन्तरिक पर्यटकको भिड (तस्वीर र भिडियो सहित)

  • ५ माघ २०७८, बुधबार
  • 1755 पटक पढिएको

म्याग्दी ५ माघ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–१,रत्नेचौर । समथर फाँटमा सुन्दर बस्तीका रुपमा चिनिन्छ । धौलागिरि हिमाललाई अवलोकन गर्न सकिने यो गाउँ यतिबेला तोरीबारीका कारण भाइरल बनेको छ । रत्नेचौरदेखि अर्जम, भकुण्डे सडकको रत्नेचनौर खण्डमा भएको कालोपत्रे सडक र सडकका दायाँ र बायाँका फाँटमा फुलेको पहेँलपुर तोरीको फुल निकै लोभलाग्दो छ ।

 

 

फाँटको बिचमा चिटिक्कको सडक र फाँटमा फुलेको तोरीको सुन्दर दृष्यमा रमाउनका लागि अहिले दैनिक रुपमा आन्तरिक पर्यटकहरुको भिड नै लाग्न थालेको छ । तोरीबारीमा टिकटक बनाउनेहरू धेरै भेटिन्छन्,। आन्तरिक पर्यटकका कारण रत्नेचौर भाइरल भएको छ ।