देवबहादुर स्मृति कोषद्धारा रघुगंगा माविका विद्यार्थीलाई पुरस्कार तथा पोशाक वितरण

  • ५ माघ २०७८, बुधबार
  • 891 पटक पढिएको

म्याग्दी ५ माघ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगंगा माध्यमिक विद्यालयमा स्थापित देवबहादुर शाही स्मृति कोषबाट उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार र विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । पिप्ले घोडडाँडा निवासी कमल बहादुर शाही (कुमार)ले आफ्ना दिवंगत बुबाको स्मृतिमा स्थापना गर्नुभएको उक्त कोषबाट विद्यालयको गत शैक्षिक सत्रमा बालकक्षादेखि १० सम्म पहिलो, दोस्रो र तेस्रो हुने ३५ जना विद्यार्थीहरुलाई झोला र स्टेशनरी विरतण गरिएको हो । त्यसैगरि विपन्न १० जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

 

कोषको व्याज रकममध्ये रु ४५ हजार बराबरको शैक्षिक सामाग्री, झोला र न्यानो कपडा वितरण गरिएको र बाँकी व्याज रकमलाई विद्यालयको अन्य शैक्षिक कार्यक्रममा परिचालन गरिने विद्यालयले जनाएको छ । समाजसेवी शाहीले तीन बर्ष अघि विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सघाउन आफ्ना दिवंगत बुबा देवबहादुरको स्मृतिमा रु ५ लाख ५५ कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर शाही, प्रअ रमेशसिंह ठकुरी लगायतले पुरस्कार र न्यानो कपडा वितरण गर्नुभएको थियो । कोषका सदस्य समेत रहुनभएका अध्यक्ष शाहीको अध्यक्षता, शिक्षक इन्द्रदक्त सुवेदीको सञ्चालन, शिक्षक देवी मल्ल शाहीको स्वागत र प्रअ ठकुरीको मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा विद्यालयको तर्फबाट अर्धबार्षिक परिक्षामा प्रथम तितिय र तितृय हुनेलाई पुरस्कार वितरण समेत गरिएको थियो ।