म्याग्दीमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु

  • ६ माघ २०७८, बिहीबार
  • 521 पटक पढिएको

धिरन खत्री
म्याग्दी, ६ माघ । म्याग्दीमा कोभिड –१९ विरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ। कोरोना विरुद्धको पहिलो र दोस्रो मात्राको दुबै खोप लगाएर ६ महिना पुगेकाहरुका लागि प्रतिरोधात्मक क्षमता बढाउन अतिरिक्त खोपको रुपमा बुस्टर डोज खोप लगाउन सुरु गरिएको हो ।

 


बेनी नगरपालिकासहित ६ स्थानीय तहमा अग्रपङतीमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, एम्बुलेन्स चालक, संचारकर्मी तथा पत्रकार, र कर्मचारीलाई बुस्टर खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार, सबै स्थानीय तहमा खोप लगाउन सुरु गरिएको छ।

बुधबारदेखि सुरु गरिएको बुस्टर खोप लगाउने अभियानका लागि म्याग्दीमा कोभिशिल्ड ९ हजार डोज, भेरोसिल्ड ५ हजार र जोनसोन खोप दुई हजार ४ सय डोज आएको कार्यालयले जनाएको छ। कोभिशिल्ड खोप लगाएर ६ महिना पुगेकाहरुका लागि बेनी नगरपालिकाले बुधबार र बिहिबार जिसस सभाहलमा लगाउने ब्यवस्था मिलाएको थियो । बेनी नगरपालिकाले खोप लगाउने व्यक्तिहरको विवरण अनिवार्य रुपमा अनलाईनमा पुर्व दर्ता (प्रि–रजिस्टेसन) गराई उक्त दर्ता नम्वरबाट खोप लगाउने ब्यवस्था मिलाएको छ ।

असार अघि दोस्रो मात्राको खोप लगाएकाहरुको लागि बुष्टर डोज दिईएको । खोपलाई व्यवस्थि तगर्न सरकारले अघि सारेको प्रि रजिस्टेशनको मोडल अुनसार बेनी नगरपालिकामा प्रि रजिस्टेसन गराएर मात्रै खोप लगाउने गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेब डिल्लीराज आचार्यले बताउनुभयो । प्रि रजिस्टेशन गरेर लगाईएको खोपको प्रमाणपत्र घरमै क्युआर कोर्ड सहितको हेर्न सकिने र खोप कार्डको लागि थप झण्झट नहुने भएकाले भदौदेखि प्रि रजिस्टेशनको काम भैरहेको उहाँले जानकारी दिनुभयो ।