म्याग्दी समाचार

रघुगंगा गाउँपालिकामा अत्यावश्यक बाहेकको सेवा स्थगित, शैक्षिक संस्था समेत बन्द हुने

म्याग्दी ५ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा र गाउँपालिकाका ६ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि माघ १२ गतेसम्मको लागि पालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले... पुरा पढ्नुहोस

सुन्तला बेचेर दोसल्लेमा रु पचास लाख भित्रियो

म्याग्दी, ५ माघ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्ताला बिक्रीबाट यसवर्ष रु ५० लाखभन्दा बढी रकम भित्रियाएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादन गरेका सुन्तला बिक्रीबाट यस वर्ष रु ५० लाखभन्दा बढी रकम भित्रियाएका हुन् । पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो सरदर... पुरा पढ्नुहोस

तोरीबारीले ‘भाइरल बन्यो रत्नेचौरको फाँट’ दिनहुँ आन्तरिक पर्यटकको भिड (तस्वीर र भिडियो सहित)

म्याग्दी ५ माघ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–१,रत्नेचौर । समथर फाँटमा सुन्दर बस्तीका रुपमा चिनिन्छ । धौलागिरि हिमाललाई अवलोकन गर्न सकिने यो गाउँ यतिबेला तोरीबारीका कारण भाइरल बनेको छ । रत्नेचौरदेखि अर्जम, भकुण्डे सडकको रत्नेचनौर खण्डमा भएको कालोपत्रे सडक र सडकका दायाँ र बायाँका फाँटमा फुलेको पहेँलपुर तोरीको फुल निकै... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीका संस्थापक सभापति बोगटीको २६ औं स्मृति दिवस मनाइयो

म्याग्दी ४ माघ ।  नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६ औं स्मृति दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ ।  बेनपा–१ रत्नेचौरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूजिल्लामा कांग्रेसको जग बसाउन स्वर्गिय बोगटीले खेलेको भूमिकालाई आत्मसाथ गरी पार्टीलाई थप उचाईमा पुर्याउनुपर्नेमा जोड दिएका थिए । स्मृति दिवसको उद्घाटन गदैं... पुरा पढ्नुहोस

साहित्यकार अजयमिलन श्रेष्ठलाई “लोकप्रिय साहित्यकार“को उपाधिबाट सम्मानित

म्याग्दी, ४ माघ । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठ “लोकप्रिय साहित्यकार“को उपाधिबाट सम्मानित हुनुभएको छ । मंगलबार नेपाली कांग्रेस, वडा कार्य समिति, बेनी नगरपालिका, वडा नं. १,रत्नेचौर, म्याग्दीको आयोजनामा नेपाली कांग्रेस, म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६औं स्मृति दिवसको अवसरमा श्रेष्ठलाई सम्मान गरिएको हो । रत्नेचौर बोगटी निवासमा आयोजित कार्यक्रममा... पुरा पढ्नुहोस

राष्ट्रियसभामा गठबन्धनका उम्मेद्वारद्वारा बेनीमा मतदातासंग भेटघाट

  म्याग्दी, ४ माघ । राष्ट्रियसभामा गण्डकी प्रदेशबाट रिक्त रहेका पदमा हुन लागेको निर्वाचनमा गठबन्धनतर्फबाट उम्मेद्वार बनेका नेताहरुले म्याग्दीका मतदातासंग भेटघाट गरेका छन् । माघ १२ गते हुन लागेको निर्वाचनमा बर्तमान सत्ता साझेदार गरेका दलहरुको तर्फबाट साझाँ उम्मेद्वार बनेका नेपाली कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बनेका सुरेश आले... पुरा पढ्नुहोस

जनप्रतिनिधिबीच सहमति नजुट्दा बेलीब्रिज स्थानान्तरणमा समस्या

म्याग्दी ४ माघ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला खण्डका खोलामा पक्की पुल बनेपछि बेलीब्रिज प्रयोगविहीन भएका छन् । जनप्रतिनिधि माझ आफ्नो भूगोलमा बेलीब्रिज लैजान भएको तानातानका कारण निर्णय हुन नसक्दा पुल स्थानान्तरणमा ढिलाइ भएको छ । कतै पुल प्रयोगविहीन हुने र कतै पुल नभएर जोखिमपूर्ण यात्रा गर्न... पुरा पढ्नुहोस

खर्कमा सामुदायिक भवन र खेलमैदान निर्माण

म्याग्दी, ४ माघ । म्याग्दीको मंगला गाउँपालिका–३ खर्कमा एकिकृत सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा न्यु स्टार युवा क्लबले खेलमैदानसँगै एकिकृत सामुदायिक भवन निर्माण गरेको हो । क्लबका अध्यक्ष राजु थापाले पालिका र प्रदेश सरकारको रु. ३२ लाख अनुदान सहयोग तथा... पुरा पढ्नुहोस

नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

म्याग्दी ३ माघ । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज म्याग्दीले प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानालाई ज्ञापन पत्र बुझाएको छ । ‘संविधान कानूनको कार्यान्वयन सहित दलित अधिकारको सम्बोधन, जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि राष्ट्रिय आन्दोलन’ कार्यक्रम अनुसार मुक्ति समाजले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई २०... पुरा पढ्नुहोस

४९ बर्षिया सुकलालले घरमै नागरिकता पाए

  म्याग्दी, ३ माघ । जन्मजात अपाङ्गताको समस्यामा रहेका अन्नपूर्ण गाउँपालिका–७,हिस्तान औलका सुकलाल गर्बुजालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिएको छ । परिवारको सहायतामा समेत यताउता गर्न नसक्ने सधै ओछ्यानमै रहने अपाङ्ग ब्यक्ति ४९ बर्षिय गर्बुजालाई प्रजिअ चिरञ्जीवि रानाले घरमै गएर गर्बुजालाई नागरिकता उपलब्ध गराएका हुन् । विसं २०२९ सालमा... पुरा पढ्नुहोस