म्याग्दी समाचार

अक्षयकोषबाट उपचारत विरामीलाई आर्थिक सहयोग

बेनी, १७ फागुन । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले उपचारत विरामीको लागि संकलन भएको रकम तथा अक्षयकोषबाट प्राप्त ब्याजबाट उपचारत विरामीहरुलाई सहयोग गरेको छ। कोषका अध्यक्ष राजेश शाक्य र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाको प्रमुख आतिथ्यतामा विरामीलाई सहयोग हस्तान्तरण गरिएको हो । मृगौलामा समस्या भएका बेनी नगरपालिका... पुरा पढ्नुहोस

नृत्य प्रतियोगितामा बिजेता कृष्टिनालाई जन्मथलोमा भब्य सम्मान (फोटो फिचर/ भिडियाे)

https://www.youtube.com/watch?v=h_FFnG9KdJk   म्याग्दी १६ फागुन । मेघा एफएमद्धारा पोखरामा आयोजित अल नेपाल गट ट्यालेन्ट नृत्य प्रतियोगितामा बिजेता बन्न सफल रघुगंगा गाउँपालिका–६ कोटगाउँकी कृष्टिना पुन (लिया) लाई भव्य सम्मान गरिएको छ । वडा कार्यालयद्धारा पुनको सम्मानमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी, वडा... पुरा पढ्नुहोस

काठमाण्डौमा रहेका म्याग्दीका कम्युनिष्टहरुले गरे यस्तो आह्वान (विज्ञप्ती सहित)

म्याग्दी १६ फागुन । काठमाण्डौमा बसोबास गर्ने र नेपाल कम्युनिष्ट पार्टीको वर्तमान र विगतमा विभिन्न कमिटीमा बसेर जिम्मेवारी सम्हालेका नेताहरुले सर्वोच्चको फैसलाले सरकारको संसद विघटन गर्ने असंवैधानिक ठहर गरेकाले पार्टीको मुल धारमा समाहित भएर कम्युनिष्ट आन्दोलनमा लाग्न आह्वान गरेका छन् । प्राध्यापक डाक्टर हुमबहादुर बरुवाल, यामबहादुर श्रेष्ठ, गोविन्द प्रसाद सुवेदी,... पुरा पढ्नुहोस

गलेश्वर मन्दिरको छाना पित्तलले छाउने निर्णय

बेनी, १६ फागुन । म्याग्दीको गलेश्वर मन्दिरको छानालाई पित्तलले छाइने भएको छ । शनिबार सम्पन्न गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ औं कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । मन्दिरको छाना छाउन कोषका आजिवन सदस्य रमेश शर्माले ५ लाख ५५ हजार पाँचसय ५५ रुपियाँ आर्थिक सहयोग गर्ने... पुरा पढ्नुहोस

प्रचण्ड–नेपाल समुह नेकपाको ताकममा सभा

ताकम, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले शनिबार धवलागिरी गाउँपालिका–७ ताकममा आभसभा गरेका छन् । पछिल्लो राजनीतिक अवस्थाको बिषयमा आफ्नो समूहको धारणा कार्यकर्ता र जनतासमक्ष पु¥याउने नेकपाको प्रचण्ड–नेपाल समूहको गाउँपालिका कमिटिले सभाको आयोजना गरेको हो । सभालाई सम्बोधन गर्नुहुदै नेकपाका जिल्ला अध्यक्ष गोबिन्द पौडेलले बिदेशीको इशारामा जनमतको... पुरा पढ्नुहोस

खुल्लामञ्चको स्तरोन्नती अलपत्र

म्याग्दी, १५ फागुन । सदरमुकाम बेनीस्थित रहेको खुल्लामञ्चको स्तरोन्नती अलपत्र भएको छ । चालु आर्थिक बर्षमा जिल्लामा निर्वाचित तीन तहका जनप्रतिनिधिले मञ्चको पुर्वाधार निर्माणमा बजेट विनियोजन नगर्दा खुल्ला मञ्च अलपत्र बनेको हो । मिनि स्टेडियम बनाउने जनप्रतिनिधिको भाषण अनुसार बजेट विनियोजन नगर्ने र जिल्ला खेलकुद विकास समिति नेतृत्व विहिन हुदाँ... पुरा पढ्नुहोस

मगर स्थापना दिवसको अवसरमा बालगहृलाई खाद्यान्न सहयोग

म्याग्दी, १५ फागुन । ३९ औँ मगर स्थापना दिवसको अवसरमा नेपाल मगर संघ म्याग्दीले बालगृहमा खाद्यान्न सहयोग गरेका छन् । शनिबार संघले नेपाल बाल संगठन म्याग्दीद्धारा संचालित बालगृहमा बस्ने बालबालिकाहरुको लागि ३० हजार रुपैया बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका हुन् । एकता दिवसमा संघकी अध्यक्ष डकमाया पाईजा लगायतको उपस्थितमा संगठनका... पुरा पढ्नुहोस

जिसस म्याग्दीको पाँचौ जिल्ला सभा सम्पन्न (तस्बिर सहित)

बेनी, १४ फागुन । जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको अध्यक्षतामा भएको सभाले गत आर्थिक बर्षमा भएका गतिबिधि समेटिएको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको बजेट स्विकृत गर्नुका साथै प्रदेश सरकारबाट आउने बजेटको योजना तर्जुमा र कार्यान्वयन गर्ने... पुरा पढ्नुहोस

मालिकाकी विपन्न परिवारकी छात्रा अञ्जनालाई सहयोग जुटाईदै

म्याग्दी १४ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमक विद्यालयको कक्षा ६ मा अध्ययनरत विपन्न परिवारकी एक छात्रालाई सहयोग जुटाउन थालिएको छ । रघुगंगा गाउँपालिका–३ मालिका घर भएकी अञ्जना परियार विपन्नता र गरिबीको कारण विद्यालयमा खाना नै नखाईकन आउने गरेको भेटिएपछि विद्यालयले छात्राको सहयोगार्थ सहयोग जुटाउन थालेको हो... पुरा पढ्नुहोस

कालीगण्डकीको किनारमा हिमालको काख भएर मोटर सरर… ( तस्बिर)

बेनी, १४ फागुन । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको बेगखोलामा गुड्दै गरेका जिप र पुष्ठभुमिमा देखिएको अन्नपूर्ण हिमालको मनोरम दृष्य । कालिगण्डकी नदीको किनार नजीक, अग्ला पहाडहरुको खोचमा रहेको बेगखोलामा मोटर चढ्ने पुल नहुँदा सवारी साधनहरु खोलामै वारपार गर्दै आएका छन् । बेगखोलामा आएको बाढीले रघुगंगा गाउँपालिका–१ मा पर्ने बेगखोला बस्ती... पुरा पढ्नुहोस