नारी दिवसको अवसरमा जेसीजद्वारा कारागारमा स्वास्थ्य सामग्री र पुस्तक हस्तान्तरण

  • २४ फाल्गुन २०७८, मंगलवार
  • 1601 पटक पढिएको

म्याग्दी, २४ फागुन । म्याग्दी जेसीजले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा म्याग्दी कारागार कार्यालयमा स्वास्थ्य सामग्री र पुस्तकहरू हस्तान्तरण गरेको छ । कारागारमा रहेका मूलत दिदीबहिनीहरू लाई सेनिटरी प्याड, साबुन, माक्स र कैदीहरुलाई पुस्तकहरू हस्तान्तरण गरिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्री ले जानकारी दिनुभयो।


उक्त कार्यक्रममा संस्थापक अध्यक्ष सिनेटर रमेश कुमार श्रेष्ठले कैदीहरुलाई पुस्तकहरू अध्ययन गरी ज्ञानमुलक प्रदान गर्न सहयोग हुनुका साथै कैदीहरुलाई समय कटाउन सहज हुने बताउनुभयो ।


म्याग्दी कारागार कार्यालयका निमित्त जेलर रमेश अधिकारीले म्याग्दी जेसीजलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रम सञ्चालन म्याग्दी जेसिजका साधारण सदस्य पबित्रा खत्रीले गर्नुभएको थियो ।