बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर हुने

  • २५ फाल्गुन २०७८, बुधबार
  • 769 पटक पढिएको

म्याग्दी २५ फागुन । म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर हुने भएको छ । लिड्स नेपालको सहयोगमा संरक्षक समाज म्याग्दीले फागुन २८ गते बेनीमा उक्त शिविर आयोजना गरेको हो । बेनी अस्पतालमा हुने उक्त शिविरमा मानसिक रोग विशेषज्ञ डाक्टर राजन घिमिरे लगायतले स्वास्थ्य उपचार सेवा प्रदान गर्ने जनाइएको छ ।

शिविरमा विरामीहरुको लागि आबश्यक पर्ने औषधीहरु समेत निःशुलक उपलब्ध गराउने आयोजकले जनाएका छन् । उक्त शिविर फागुन २७ गते बागलुङमा समेत सञ्चालन हुनेछ । समयमै उपचार गराउन नसकेका र नियमित रुपमा औषधी उपचार गर्दै आएका विरामीहरुलाई लक्षित गरि शिविर सञ्चालन गर्न लागिएको लिड्स नेपालका म्याग्दी जिल्ला संयोजक निशा महतले जानकारी दिनुभयो ।