म्याग्दी समाचार

विप्लव समूहको प्रतिबन्ध फुकुवाको स्वागतमा बावियाचौरमा दिप प्रज्वलन

म्याग्दी २१ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले सरकारले प्रतिवन्ध फुकुवा गरेको स्वागतमा बावियाचौरमा दिप प्रज्वलन गरेका छन् । विहिवार सरकार र विप्लव समूहसंगको वार्तामा सहमती जुटेपछि साँझ बसेको मन्त्रीपरिषद वैठकले विप्लवमाथिको प्रतिवन्ध हटाउने निर्णय गरेको थियो । सरकारको निर्णयको स्वागत गर्दै मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा विप्लव नेतृत्वको... पुरा पढ्नुहोस

जिससद्धारा संघ, प्रदेश र स्थानीय तहका योजनाहरुको अनुमगन

म्याग्दी, २० फागुन । जिल्ला समन्वय समिति म्याग्दीले संघ, प्रदेश स्थानीय सरकारले संचालित योजना तथा आयोजनाहरुको अनुगमन सुरु गरेको छ। जिसस म्याग्दीद्धारा धवलागिरि गाउँपालिकाबाट अनुगमन सुरु गरेको हो । जिल्ला समन्वय समितिद्धारा प्रमुख देवेन्द्रबहादुर केसीले बुधबार र विहिबार धवलागिरि गाउँपलिकाको सडक, विद्यालय र स्वास्थ्य चौकीको भवन, शौचालय, खानेपानी आयोजनाहरुको निरिक्षण... पुरा पढ्नुहोस

भीरमा पैदल हिड्दा खर समातेका हातमा सडक उद्घाटन गर्ने कैची थमाइयाे (आलेख)

म्याग्दी २० फागुन । बाजागाजा घन्किएको छ । मानिसहरु नाचगान गरिरहेका छन् । ठाउँ ठाउँका मानिस जम्मा भएका छन् । सयौँ मानिसहरुले हर्षोल्लास मनाइरहेका बेला ९३ बर्षिय उडिमा कमिनी र ९६ बर्षिय दलबहादुर गर्वुजाको हातमा कैँची थमाईयो । मोटरबाटोमा सिंगारिएको गेटमा रातो रिवन काट्नका लागि उडीमा र दलबहादुरको हातमा कैँचि... पुरा पढ्नुहोस

म्याग्दीबाट सरूवा हुनुभएका प्रजिअ अधिकारीको नेतृत्वमा सम्पादन भएका उपलब्धीहरु

म्याग्दी १९ फागुन । म्याग्दीबाट काठमाण्डौ सरुवा हुनुभएका  प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले साढे ६ महिनाको अवधीमा जिल्लामा रहेर गरेको प्रगति विवरण सार्वजनिक गर्नुभएके छ । उहाँले म्याग्दीमा रहँदा कार्य सम्पादनमा भएका उपलब्धी, चुनैती र भएका सकरात्मक प्रयासहरूलाइ समेटेर विवरण सार्वजनिक गर्नुभएको हाे । २०७७ श्रावण ३० गते देखि २०७७... पुरा पढ्नुहोस

धवलागिरिमा किशोरी सम्मेलन, ११ बुँदे घोषणापत्र जारी

म्याग्दी, १९ फागुन । बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय किशोरी सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सोमबार भएको सम्मेलनमा सहभागी जनप्रतिनिधि, सरोकारवाला र किशोरीहरूले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षाका... पुरा पढ्नुहोस

यसरी सम्भव भयो अजिङ्गर भिरमा मोटर सरर (भिडियो)

म्याग्दी १८ फागुन । म्याग्दीको गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमंगले सडकखण्ड अन्तर्गत रघुगंगा गाउँपालिका–४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको सडक यसै बर्ष मात्रै गाउँपालिका र जलविद्युत निर्माण गर्ने तुँदी पावर र संयुक्त उर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विष्फोटक पदार्थको सहायताले सडकको ट्याक निर्माणले पूर्णता पाएको छ । सडकको ट्याक निर्माण भएर नियमित रुपमा सवारी... पुरा पढ्नुहोस

गाजाँसहित प्रकाउ परेका रुमका दुईजना सार्वजनिक

म्याग्दी, १८ फागुन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमबाट ठुलो परिणाममा गाजाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले फागुन १३ र १७ गते एकै गाउँबाट ३२ किलो ७ सय ग्राम गाजाँसहित प्रकाउ परेका दुईजनालाई सार्वजनिक गरेको हो । ईलाका प्रहरी कार्यालय दरवबाङबाट खटिएको टोलीले फागुन १३ गते मालिका... पुरा पढ्नुहोस

प्रजिअ अधिकारीद्वारा विकास र शान्ति सुरक्षा एकताबाट सम्भव

म्याग्दी, १८ फागुन । म्याग्दीबाट काठमाण्डौ सरुवा भएका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्लाको विकास र शान्ति सुरक्षामा मिलेर अघि बढ्न राजनीतिक दल, जनप्रतिनिधि, सरक्षाकर्मी, कर्मचारी लगायत सरोकारवालाहरुलाई आग्रह गरेका छन् । साढे ६ महिनाको अवधीमा जिल्लामा रहेर गरेको प्रगति विवरण प्रस्तुत गर्दै जिल्लामा संचालन भएका ठुला आयोजनाहरुलाई अनुगमन तथा... पुरा पढ्नुहोस

अजिङ्गर भिरमा सडक निर्माण भएपछि दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमंगले सडक उद्घाटन (फोटो फिचर)

म्याग्दी १७ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा गौरवको आयोजनाको रुपमा सञ्चालन भएको दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमंगले सडकको उद्घाटन गरिएको छ । गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमंगले सडकखण्ड अन्तर्गत रघुगंगा गाउँपालिका–४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको सडक यसै बर्ष मात्रै गाउँपालिका र जलविद्युत निर्माण गर्ने तुँदी पावर र संयुक्त उर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विष्फोटक पदार्थको सहायताले सडकको... पुरा पढ्नुहोस

घतानमा मृत अवस्थामा चितुवा फेला

म्याग्दी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ घतानमा सोमबार मृत अवस्थामा चितुवा फेला परेको छ । घोर्लास सामुदायिक वनको आसपासमा पर्ने भालुदुल्ला भन्ने ठाउँको निजी जग्गामा अन्दाजी तीन वर्षको भाले चितुवा मृत फेला परेको डिभिजन बन कार्यालय, म्याग्दीले जनाएको छ । उक्त चितुवाको लम्बाई ६६ इन्च र चौडाई ११ इन्च... पुरा पढ्नुहोस