म्याग्दी समाचार

म्याग्दीका तीन पालिकामा मतदाता नामावली संकलन शुरु

बेनी, १७ मंसिर । म्याग्दीका तीन वटा स्थानीय तहको केन्द्रमा शुक्रबारदेखि मतदाता नामावली संकलन शुरु भएको छ ।अन्नपूर्णको पोखरेबगर, धवलागिरीको मुना र मालिकाको दरबाङमा “मतदाता नामावली संकलन बिशेष कार्यक्रम” अन्तरगत तस्बिर सहितको मतदाता नामावली शुरु भएको हो । जिल्ला निर्बाचन अधिकारी भिमप्रसाद घिमिरेले निर्बाचन आयोगको देशब्यापी कार्यक्रम अन्तरगत पहिलो चरणमा... पुरा पढ्नुहोस

ह्विलचियर र शैक्षिक सामाग्री वितरण गरेर रघुगंगाले अपांग दिवस मनायो

म्याग्दी, १७ मंसिर । रघुगंगा गाउँपालिकालले ३० औँ अन्तराष्ट्रिय अपांग दिवसको अवसरमा अपांग ब्यक्तिलाई ह्विलचियर र स्टेशनरी सामाग्री सहयोग गरेर मनाएको छ। गाउँपालिकाको शुक्रबार जिल्ला अपांग संघ म्याग्दीको समन्वय र ज्ञानोदय माविका दृष्टिविहिन लगायतका विद्यार्थीसहितको उपस्थितमा र्‍याली, अन्तरक्रिया र अपाङ्ग ब्यक्तिलाई ह्विलचियर सहयोग गरेर मनाएको हो । अपांग दिवसको अवसरमा... पुरा पढ्नुहोस

जनप्रतिनिधि राजनीतिक गतिविधिमा व्यस्तः योजना कार्यान्वयन प्रभावित

कमल खत्री बेनी, १७ मङ्सिर । राजनीतिक दलका वडादेखि पालिका, प्रदेश निर्वाचन, जिल्ला र राष्ट्रिय महाधिवेशनमा जनप्रतिनिधि व्यस्त हुँदा म्याग्दीमा विकास निर्माणका योजना कार्यान्वयन प्रभावित बनेका छन् । खासगरि ठेक्का मार्फत कार्यान्वयन हुने योजनाहरु अघि बढेपनि उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजना अघि बढ्न सकेका छैनन् । बर्खायाम र चाडपर्वको... पुरा पढ्नुहोस

गलेश्वरमा शतबीज रोपण र दीपदान गर्नेको चहलपहल (तस्बिर र भिडियाे)

म्याग्दी १७ मंसिर ।  पश्चिम नेपालको पशुपतिनाथका रूपमा चिनिएको म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्ने र दीपदान गर्नेको भीड लागेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि तीन किलोमिटर उत्तरमा पर्ने मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वरधाममा गए रातिदेखि नै टाढाटाढाबाट भक्तजन आएका थिए । https://www.youtube.com/watch?v=IrAxG1x1evc बालाचतुर्दशी पर्वलाई... पुरा पढ्नुहोस

सहरमा माग बढेपनि गाउँमा कोदोखेती घट्दै

म्याग्दी १६ मंसिर । म्याग्दीमा बर्सेनि कोदोखेती गर्ने क्रम घट्दै गइरहेको छ । केही समय पहिलेसम्म मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण, धौलागिरि र बेनी नगरपालिकाका सबै गाउँमा प्रशस्त कोदोखेती हुन्थ्यो । आजभोलि कोदोखेतीप्रति किसानको मोह घट्दै गएको छ । जिल्लाका किसानले लगाएको कोदो प्रशस्तै मात्रामा फल्ने गरेको थियो । उत्पादन धेरै... पुरा पढ्नुहोस

पिप्ले–भगवती सडक कालोपत्रे योजनालाई गति दिन चौतर्फि दबाब

  https://www.youtube.com/watch?v=XdJblhrLZak बेनी, १६ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक अन्तर्गत पिप्ले भगवती खण्डको कालोपत्रे काम सक्न चौतर्फि दबाब दिइएको छ । निर्माण कार्यमा जनशक्ति थप गर्न सरोकारवालाहरुले दबाब दिएका छन् । विहिवार गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुुख देवेन्द्र बहादुर... पुरा पढ्नुहोस

२५ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

बागलुङ १६ मङ्सिर । विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको सन्दर्भमा बागलुङमा कोरोना सङ्क्रमणदर पुनः उकालो लाग्न थालेको छ । बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै समुदायस्तरमा बिहीबार नै तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । बागलुङ... पुरा पढ्नुहोस

म्याग्दीका ग्रामिण भेगका साघुँरा सडक : ‘मृत्युमार्ग बन्ने जोखिम’

कमल खत्री बेनी, १६ मङ्सिर । म्याग्दीका पहाडी भूगोलमा आबश्यक मापदण्ड पुरा नगरिकन विस्तार गरिएका सडक मृत्युमार्ग बन्ने जोखिम बढेको छ । साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण मानिएका छन् । मंङ्सिर १३ गते सोमबार साझ म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा... पुरा पढ्नुहोस

कांग्रेसको केन्द्रिय सदस्यमा बानियाँ र प्रदेश समितिको उपसभापतिमा महतको उम्मेद्वारी घोषणा

म्याग्दी, १५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीका दुई नेताले केन्द्रीय सदस्य र गण्डकी प्रदेश कार्य समितिको उप-सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । म्याग्दीका निर्वतमान जिल्ला सभापति रेशमबहादुर बानियाँले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा र पुर्व सह-सभापति नेत्र महतले गण्डकी प्रदेशको उप-सभापतिमा उम्मेदवारी घोषणा... पुरा पढ्नुहोस

बेनीबजारलाई ब्यवस्थित र सुन्दर बनाउन छलफल

  म्याग्दी, १४ मंसिर। म्याग्दीको सदरमुकाम बेनीबजारलाई ब्यवस्थित र सुन्दर बनाउन सरोकालाहरुविच छलफल भएको भएको छ। बेनी नगरपालिकाको कार्यालयमा सरोकारवाहरुविच गरिएको छलफलले बेनीबजारलाई सुन्दर र ब्यवस्थित बनाउन होटल, फेन्सी खाद्यान्न, फलफूल ब्यवसायीले घर भन्दा बाहिर सडक च्यापेर होटिङ बोर्ड, बाटोमा राखिएको सामानहरु, सडक ढाक्ने गरी सामान राख्न बनाइएको जस्तापाताको छाप्रो... पुरा पढ्नुहोस