पाँच दलिय गठबन्धनको चियापान, निर्वाचनमा गठबन्धनलाई प्रभावकारी बनाउने प्रतिबद्धता

  • १६ आश्विन २०७९, आईतवार
  • 637 पटक पढिएको

बेनी, १६ असोज : आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेका पाच दलिय गठबन्धनले बेनीमा बिजया दशमी तथा दिपावली र नेपाल संवत लगायतका नेपाली चाडपर्वहरुको अवसरमा चियापान गरेका छन् । प्रदेश सभा ख अन्तरगत नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् ।


कार्यक्रमाम बोल्ने नेताहरुले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचतमा हुन लागेको चुनाबी तालमेल र गठबन्धनलाई प्रभाबकारी बनाउने प्रतिबद्धता जनाएका छन् । राजनीतिक दलहरुको केन्द्रीय स्तरमा हुन लागेको चुनाबी तालमेलको निर्णय बमोजिम जिल्लामा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन सक्रिय भूमिका खेल्ने वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा नेपकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य गोविन्द पौडेल, नेपाली काँग्रेसका जिल्ला सभापति खमविर गर्वुजा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले स्थानीय निर्वाचनमा गठबन्धनमा भएका कमजोरीबाट पाठ सिक्दै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनलाई प्रभाबकारी बनाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

मुलुकको संविधान र संघिय गणतन्त्रको रक्षा गर्दै विकास र समृद्धिको योजना सहितको खाका लिएर जनतामाझ जानेउहाँहरुको भनाई थियो । नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र क का सभापती ओम छन्त्यालको अध्यक्षता र सुजन बरुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा गठबन्धनमा आबद्ध दलका जिल्ला स्थित शिर्ष नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।