म्याग्दी समाचार
हिलाम्मे सडकमा धान रोपाई गरेर विरोध
- 3 बर्ष, 14 दिन अगाडि
- १३ असार २०७९, सोमबार
म्याग्दी, १३ असार । बेनी दरबाङ सडक अन्र्तगत लाम्पाटा – दरबाङ सडक खण्ड निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध जनाएका छन् । निर्माणधिन सडक ठेकेदारले अलपत्र पारेपछि सडक हिलाम्मे हुने र पैदल हिड्न समेत असहज भएपछि स्थानीयहरुले सोमबार हिलाम्मे सडकमा धान रोपेर विरोध जनाएको... पुरा पढ्नुहोस
वार्षिक पुण्य तिथिको अवसरमा बालबालिकालाई शैक्षिक पोशाक वितरण
- 3 बर्ष, 14 दिन अगाडि
- १३ असार २०७९, सोमबार
बेनी, १३ असार । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना आधारभुत विद्यालयमा अध्ययनरत १३ विद्यार्थीलाई रू १० हजार बराबरको पोशाक वितरण गर्नुभएको थियो । आइतबार... पुरा पढ्नुहोस
मकैबालीमा बाँदरको आतंक, खेतवारीमै छाप्रो हालेर मर्कै कुर्दै किसान (फोटो फिचर)
- 3 बर्ष, 15 दिन अगाडि
- १२ असार २०७९, आईतवार
बेनी, १२ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलमा बारीमा बाँदरको आतंकले मकै मासिन थालेपछि छाप्रो हालेर हेरालु बसेका स्थानीय किसान । गाउँ नजिकका जंगलमा बाँदरहरुको हुल बढेपछि खेतवारीमा लगाएको मकै जोगाउन स्थानीयलाई हम्मे हुन थालेको छ । विहानदेखि बेलुकिसम्म नै बाँदरका हुल गाउँमै पसेर खेतवारीको मकै खाने र नास गर्ने... पुरा पढ्नुहोस
रघुगंगामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइयो
- 3 बर्ष, 15 दिन अगाडि
- १२ असार २०७९, आईतवार
म्याग्दी, १२ असार । म्याग्दीको रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ । आइतवार रघुगंगा गाउँपालिका–३ मा रहेको रघुगंगा माध्यमिक विद्यालय र रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेको कालिका माध्यमिक विद्यालयमा जनचेतनामुलक कार्यक्रम गरि दिवस मनाइएको हो । रघुगंगामा जिल्ला प्रहरी र म्याग्दी... पुरा पढ्नुहोस
रघुगंगा नदीको बाढीले स्काभेटर बगायो
- 3 बर्ष, 15 दिन अगाडि
- १२ असार २०७९, आईतवार
म्याग्दी, ११ असार । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर स्काभेटर बगाएको हो । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युतको बाँध रघुगंगा ४ मा निर्माणधिन अवस्थामा छ... पुरा पढ्नुहोस
फगाममा सुन्तलाका विरुवाको व्यवसायिक खेती (फोटो फिचर)
- 3 बर्ष, 15 दिन अगाडि
- १२ असार २०७९, आईतवार
म्याग्दी, ११ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका दुर्गादक्त सुवेदीले सुन्तलाको विरुवाको व्यावसायिक खेती गर्नुभएको छ । सुवेदीले स्थापना गर्नुभएको नर्सरीमा ११ हजार सुन्तला र ७ सय कागतीका विरुवा छन् । नर्सरीमा उत्पादन भएका विरुवाको बजारीकरणमा माग कम हुन थालेपछि समस्या भएको सुवेदीले बताउनुभयो । पछिल्लो समय जिल्लामा अनुदानमा फलफुलका... पुरा पढ्नुहोस
आहा ! औल गाउँ (फोटो कथा)
- 3 बर्ष, 16 दिन अगाडि
- ११ असार २०७९, शनिबार
बेनी, ११ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा– ७ मा अवस्थित औल गाउँ । यस गाउँमा व्यावसायिक सुन्तला र केरा खेती हुने गरेको छ । मगर समुदायको बाहुल्यता रहेको यो गाउँमा मगर समुदायको पुख्योली मादले मारुनी नाच लगायतका कला र संस्कृति समेत आकर्षणको रुपमा रहेका छन् । यस गाउँमा धान, मकै,... पुरा पढ्नुहोस
म्याग्दीका स्थानीय तहको अनुमानित बजेट ३ अर्ब ८४ लाख
- 3 बर्ष, 16 दिन अगाडि
- ११ असार २०७९, शनिबार
म्याग्दी, ११ असार । म्याग्दीका स्थानीय तहले आर्थिक बर्ष २०७९/०८० का लागि ३ अरर्ब ८४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १ नगरपालिका र ५ गाउँपालिकाले शुक्रबार नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् । बेनी नगरपालिकाले ७३ करोड २२ लाख रुपैयाँ बराबरको अनुमानित... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकामा रु ४० करोड ४९ लाख ४९ हजार बजेट पारित
- 3 बर्ष, 16 दिन अगाडि
- ११ असार २०७९, शनिबार
म्याग्दी, १० असार । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल रु ४० करोड ४९ लाख ४९ हजारको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित... पुरा पढ्नुहोस
मंगलाको १३ औँ गाउँसभा : रु ४२ करोड ३४ लाख बजेट पारित
- 3 बर्ष, 17 दिन अगाडि
- १० असार २०७९, शुक्रबार
म्याग्दी १० असार । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि रु ४२ करोड ३४ लाखको बजेट पारित गरेको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले कुल रु ४२ करोड ३४ लाख ७० हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।... पुरा पढ्नुहोस