म्याग्दी समाचार

मुटु रोगी दुर्गा विश्वकर्माको उपचारमा आर्थिक अभाव

  म्याग्दी, ३० साउन । आर्थिक अभावले रघुगंगा गाउँपालिका– ३ दुलेपानी निवासी दुर्गा विश्वकर्माको मुटु रोगको अप्रेसन रोकिएको छ । विगत ३ बर्षदेखि औषधी सेवन गरिरहेकी विश्वकर्मालाई पछिल्लो समय मुटु रोगको समस्या बढ्दै गएपछि अप्रेसन गर्नुपर्ने भएको हो । काठमाण्डौस्थित गंगालाल अस्पतालमा मुटुको अप्रेसन गर्न लागि भदौ १ गते काठमाण्डौ... पुरा पढ्नुहोस

म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफ पदमार्ग निर्माण सुरु

कमल खत्री बेनी, ३१ साउन ; म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण सुरु भएको छ । २०६८ सालमा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको यस पदमार्गमा पर्यटकहरुलाई आवत जावतका लागि पदमार्ग निर्माणले तिब्रता पाएको छ । चालु आर्थिक बर्ष २०७९÷०८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट आइसफल पदमार्ग... पुरा पढ्नुहोस

कालीगण्डकी दोहन रोक्न चार जिल्लाको साझा पहल

बागलुङ, ३० साउन । कालीगण्डकी नदीको अबैध दोहन रोक्न साविकको धौलागिरी चार जिल्लाका समन्वय समितिले साझा पहल थालेका छन् । कालीगण्डकी नदीबाट अबैध रुपमा भैरहेको गिट्टी, बालुवा, ढुंगाको उत्खनन रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको कार्यान्वयनका लागि जिल्ला समन्वय समितिहरुले साझा धारणा बनाएका हुन् । कालीगण्डकी नदी डाइभर्सन आयोजनाका कार्यान्वयन... पुरा पढ्नुहोस

बेनीमा एक महिना लामो ‘बर्खेनाच’ को रौनक

म्याग्दी ३० साउन । म्याग्दीको सदरमुकाम बेनीमा साढे दुई सय वर्ष पुरानो एक महिना लामो ‘बर्खेनाच’को रौनक छाएको छ । नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानका रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तिजको दिनसम्म विभिन्न नाच देखाएर मनाउँदै आइएकामा जनै पूर्णिमाको दिनदेखि लाखे, गाइजात्रा र नागानागिनी नाच देखाइएको छ । नेपाल... पुरा पढ्नुहोस

पहिरोमा ज्यान गुमाएकाहरुको आफन्तलाई मालिका गाउँपालिकाको आर्थिक सहयोग

म्याग्दी ३० साउन । म्याग्दीको मालिका गाउँपालिका–२ का पहिरो पीडितलाई मालिका गाउँपालिकाले सहयोग गरेको छ । गत साउन १७ गते पहिरामा पुरिएर मालिका–२ रुमको गाल्दामा घामबहादुर विकको परिवारका पाँच जनाको निधन भएको थियो । पहिरोमा ज्यान पुगमाएका पाँचै जनाको १३ औँ दिनको पुण्यतिथि पारेर घामबहादुरको परिवारको किरिया बसेका आफन्तलाई किरियाखर्चबापत... पुरा पढ्नुहोस

नेपाल राष्ट्रिय मगर संघ म्याग्दीको पुनर्गठन,अध्यक्षमा हिराबहादुर पुन चयन

बेनी ३० साउन । नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ मयाग्दीको पुनर्गठन तथा प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न भएको छ। आइतबार गलेश्वरमा सम्पन्न राष्ट्रिय मगर संघको अधिवेशनबाट अध्यक्षमा पुनः हिराबहादुर पुन चयन हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा देबी बुढा मगर ,सचिवमा देव राना मगर र ललिता तिलिजा ,सहसचिवमा लोकबहादुर पुन... पुरा पढ्नुहोस

खयर भारानीमा धार्मिक पर्यटकको आगमन बढ्यो (फोटो फिचर)

बेनी, २९ साउन : अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको काखमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको प्रसिद्ध धार्मिक स्थल खयर भारानी क्षेत्र धार्मिक पर्यटकको केन्द्र बन्न थालेको छ । जनैपूर्णिमाको अवसरमा बिशेष पुजाआजा हुने यस क्षेत्रमा अहिलेसम्मकै धेरै धार्मिक पर्यटकहरु पुगेका छन् । जिल्ला सदरमुकाम बेनी बजारदेखि तीन दिनको यात्रामा... पुरा पढ्नुहोस

म्याग्दीमा बाँसको व्यावसायिक खेती

म्याग्दी, २९ साउन । म्याग्दीमा बहुउपयोगी बाँसको व्यावसायिक खेती गर्नेक्रम बढ्दै गएको छ । समाजमा मर्दापर्दासमेत आवश्यकपर्ने बाँस नेपाली समाजको अभिन्न अङ्ग जस्तै बनेको छ । जिल्लामा फस्टाएको बाँसखेतीबाट किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्नसमेत मद्दत गरेको छ । मानव जीवनको जन्मदेखि मृत्युसम्मका विभिन्न काममा आवश्यक पर्ने बाँसलाई पवित्र सामग्रीका... पुरा पढ्नुहोस

म्याग्दी र मुस्ताङमा चिस्यान गृह निर्माण

म्याग्दी २९ साउन । सुन्तला र स्याउलाई भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गर्ने उद्देश्यले म्याग्दी र मुस्ताङमा सात चिस्यान गृह निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत पछिल्लो तीन वर्षमा मुस्ताङमा ६ र म्याग्दीमा एउटा चिस्यानगृह निर्माण गरिएको हो । स्याउ र सुन्तलाको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्र (जोन)... पुरा पढ्नुहोस

मागेको बर पु¥याउने नाङ्गी बराहनी माता

  म्याग्दी, २९ साउन । जंगलको बीचमा सानो पोखरी, छेउमै नाङ्गी बाराहनी माताको मन्दिर । सोही पोखरीमा डुबेका दुई मगर जातका कुमार पुजारी । छउँमै बसेका मगर पुजारीले भक्तजनको कुरा सुनेपछि चिच्चाउदै भन्नुहुन्छ ‘फलानो व्यक्तिले चाहेको मनोकामना पुरा गराइदेउ नाङ्गी बराहनी माता ।’ त्यसपछि मगर समुदायका पुजारीले तलाउमा चुरलुम्म डुवेर... पुरा पढ्नुहोस