म्याग्दी समाचार

दसैं टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

काठमाडौँ ३१,भदाै । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ : ५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा... पुरा पढ्नुहोस

धवलागिरि गाउँपालिकामा दर्जन बढी जलविद्युत् आयोजना निर्माण चरणमा

बेनी, ३१ भदौ। म्याग्दीको धवलागिरि गाउँपालिकामा दर्जनबढी जलविद्युत् अयोजना निर्माण हुने भएका छन् । धौलागिरि हिमालको फेदी भएरबग्ने म्याग्दी र यसका सहायक खोलाहरुमा १३ वटा जलविद्युत् आयोजनाले निर्माण प्रकृया थालेका छन् । अधिकाँश जलविद्युत आयोजना वडा नम्बर ४ मुदीमा निर्माण हुने भएका छन् । अहिलेसम्म दर्ता भएका जलविद्युत आयोजनाहरु निर्माण... पुरा पढ्नुहोस

नवौँ राष्ट्रिय खेलकुद : नौ खेल पोखरा बाहिर

गण्डकी, भदौ ३१ । आउँदो महिना गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तय भएका ३६ खेलका प्रतियोगितास्थल टुङ्गो लागेको छ । तीमध्ये नौ खेल प्रदेश राजधानी पोखरा बाहिर हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का अनुसार बागलुङमा आइटिएफ तेक्वान्दो, म्याग्दीमा तेक्वादो र महिला भलिबल प्रतियोगिता हुनेछ । यस्तै... पुरा पढ्नुहोस

ठेकेदारले काम नगरेपछि खिवाङ सिँचाइ आयोजना अलपत्र

बेनी ३० भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ को खिवाङ सिँचाइ आयोजना अलपत्र परेको छ। गत आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको आयोजनाको निर्माण व्यवसायीले काम नगरेपछि ठेक्का सम्झौता तोडिएको थियो। सम्झौताको म्याद सकिने अवधीसम्म कार्यान्वयन नभएपछि ठेक्का रद्द गरी बजेट फिर्ता भएपछि कृषक मर्कामा परेका छन्। अन्नपूर्ण... पुरा पढ्नुहोस

अन्नत गायीका श्रीपाल र जापानमा दोहोरी संचालक थापा विचको विवाद मिल्यो

म्याग्दी ३० भदौ । साँगीतिक कार्यक्रमको शिलसिलामा जापानमा रहेकी म्याग्देली लोक दोहोरी गायीका अमृता श्रीपाल र जापान ओसाका स्थित धौलागिरी दोहोरी साँझका संचालक धन थापा विच भएको विवाद मिलापत्रमा साम्य पारिएको छ । विहिवार लोकदोहोरी गीत प्रतिष्ठान जापान शाखा, एनआरएनए जापान र मोना जापान लगायतको रोहोवरमा दुबैपक्ष विच भएको छलफलमा... पुरा पढ्नुहोस

सामुदायिक वन उपभोक्ता महासंघको १७ बुँदे म्याग्दी घोषणा पत्र जारी

म्याग्दी २९ भदौ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको राष्ट्रिय कार्यसमितिको आठौँ बैठक म्याग्दी सदरमुकाम बेनीमा विविध १७ बुँदे घोषणा पत्र जारी गर्दै विहिवार सम्पन्न भएको छ । सामुदायिक वनका समसामयिक स्थानीय र राष्ट्रिय बिषयहरुका सन्दर्भमा व्यापक छलफल गरि घोषणा पत्र जारी गरिएको महासंघका अध्यक्ष भारती पाठकले बताउनुभयो । महासंघ,... पुरा पढ्नुहोस

मालिकामा कानुन विपरित उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलामी गर्ने

म्याग्दी, ३० भदौ । मालिका गाउँपालिकाले म्याग्दी नदीबाट अवैध उत्खनन् गरिएको नदीजन्य बस्तुको जफत गरी लिलाम बिक्री प्रक्रिया अघि बढाएको छ। विभिन्न ब्यक्ति र समुहले कानुन विपरित म्याग्दी नदी, भारवाङ घाट, सावटा लगायतका स्थानमा थुपारिएको नदीजन्य बस्तुको गाउँपालिका अनुगमन समितिकी संयोजक लक्ष्मीदेवी घर्ती मगर पुनको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका... पुरा पढ्नुहोस

जापानमा गायिका श्रीपालमाथि भएको दुव्र्यवहारप्रति प्रतिष्ठान म्याग्दीको ध्यानकर्षण

म्याग्दी २९ भदौ । सांगीतिक प्रस्तुतिका लागि जापान पुगेकी म्याग्देली गायिका अमृता श्रीपालमाथि भएको दुव्यवहारप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दी शाखाले ध्यानकर्षण भएको जनाएको छ । आफुलाई भौतिक आक्रमण र मानसिक टर्चर दिएको भन्दै जापानको ओसाका कोबे सहरस्थित धौलागिरि दोहोरी साँझका सञ्चालक धन थापा विरुद्ध गायिका श्रीपालले उजुरी... पुरा पढ्नुहोस

बाल दिवसको अवसरमा मदरसाका विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण

म्याग्दी ३० भदौ । सामाजिक विकास कार्यालय म्याग्दीले मुस्मिल बालबालिकालाई शैक्षिक साम्रागी वितरण गरी ५८ औं राष्ट्रिय बाल दिवस मनाएको छ । बेनी नगरपालिका–७,मुस्मिल टोलमा रहेको दारुल उलुम नुरे मुहम्मदी मदर्सा प्राविका बालबालिकालाई १० हजार बराबरको शैक्षिक साम्रागी वितरण गरिएको हो । साम्रागी हस्तान्तरण कार्यक्रमको अवसरमा मुस्मिल अगुवा रहमत खानले... पुरा पढ्नुहोस

बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध

म्याग्दी ३० भदौ । अविरल बर्षासंगै आएको बाढी पहिरोका कारण म्याग्दीका मुख्य सडक अवरुद्ध बनेका छन् । बेनी–दरबाङ सडक र बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेका छन । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेतमा बाढी र पहिरोले सडक अबरुद्ध बनेको छ । बर्षाको कारण अवरुद्ध सडक खुलाउन समस्या भएको... पुरा पढ्नुहोस