म्याग्दी समाचार

मराङको अस्कारेखोलामा ट्रस प्रविधिको झोलुङ्गे पुल निर्माण

म्याग्दी १६ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको अस्कारेखोलामा निर्माण भएको ट्रस प्रविधिको झोलुङ्गे पुलबाट तीन वडाका ७०० घरधुरी लाभान्वित भएका छन् । धौलागिरि गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरी कूल रु ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो पुल निर्माण भएको हो । टिबिएसयुको प्राविधिक र गैरसरकारी संस्था... पुरा पढ्नुहोस

हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

म्याग्दी १६ पुस । एक जना बेपत्ता हुने गरि धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहिबार नेपाली सेनाको टोली फर्किएको छ । गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता हुनुभएको थियो । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर... पुरा पढ्नुहोस

चिमखोलालाई बालश्रममुक्त वडा घोषणा

म्याग्दी १५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलालाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । विहिबार चिमखोलामा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाउदै बालश्रममुक्त वडा घोषणा गरिएको हो । कर्यक्रममा श्रमको जोखिमबाट मुक्त गराएर... पुरा पढ्नुहोस

गुर्जामा हिमपहिरोमा पुरिएर एकजना बेपत्ता, तीनजना अलपत्र

म्याग्दी १५ पुस। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा हिमपहिरोमा पुरिएर बिहीबार एकजना बेपत्ता भएका छन् । गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण हिमपहिरो गएर भेडिगोठ बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । मोवाईल र इन्टरनेट सेवा हिमपातकै कारण अबरुद्ध भएपछि थप जानकारी लिन समस्या भएको... पुरा पढ्नुहोस

हिमपातले लोभदाग्दो बन्यो झाक्रीपानी (फोटो फिचर)

म्याग्दी १५ पुस । म्याग्दीको मंगला गाउँपालिका–३ मा अवस्थित पर्यटकीय स्थल झाक्रीपानीमा हिमपातले लोभदाग्दो बनेको छ । दुई दिनसम्म परेको हिमपातले सेताम्मे बनेको र आन्तरिक पर्यटकहरु हिउँमा रमाउनका लागि जानेक्रम सुरु भएको छ । समुन्द्री सतहदेखि २ हजार २ सय मिटर उचाईमा अवस्थित झाक्रीपानीमा सेताम्मे बनेको हिउँ र त्यहाँबाट देखिने... पुरा पढ्नुहोस

बेनीमा मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण

बेनी १५ पुस । स्थानीय स्तरमा विवाद समाधानका लागि मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र सुशासन तथा विकास प्रतिष्ठान (आईजीडी) प्राविधिक सहयोगमा सात गते देखी सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको हो । तालिममा डाक्टर मुक्ती रिजाल,महेन्द्र लम्साल ,बन्धुराज पौडेल कबिता अधिकारीले... पुरा पढ्नुहोस

हिमपातका कारण गुर्जामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

म्याग्दी १५ पुस ।  दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । “हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि... पुरा पढ्नुहोस

नदी नियन्त्रणको काम सुरु नहुँदा तटीय क्षेत्रका बासिन्दा चिन्तित

म्याग्दी १५ पुस ।  मध्य हिउँद लाग्दासमेत कटानको जोखिमयुक्त क्षेत्रमा नदी नियन्त्रणको काम सुरु भएको छैन । नदी नियन्त्रण योजना निर्माणमा भएको ढिलासुस्तीका कारण तटीय क्षेत्रका बासिन्दा चिन्तित भएका छन् । गत असार, साउन, भदौ, असोज र कात्तिकमा म्याग्दी, कालीगण्डकी र सहायक नदीले कटान गरेको ठाउँमा मध्य पुससम्म पनि नियन्त्रणको... पुरा पढ्नुहोस

सडक पुगेपछि गाउँका दैनिकी फेरिदै

  म्याग्दी, १४ पुस । केही वर्ष अघिसम्म खच्चडलाई भारी बोकाएर खर र बुट्यानलाई समात्दै पार गर्नुपर्ने भीर र पहराको गोरेटो बाटो अब भने देख्न पनि मुस्किल हुन थालेको छ । पश्चिमी र उत्तरी म्याग्दीका भीर र पहरालाई छिचोलेर निर्माण गरिएका सडकमा मोटर गुड्न थालेपछि स्थानीयवासीको दिनचर्या परिवर्तन भएको छ... पुरा पढ्नुहोस

सिंकोस बगरमा हिमपातले ढाकिए घरहरु (फोटो फिचर)

म्याग्दी १४ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छानाहरु ढाकिएर सेताम्मे बनेका छन् । गयरातीदेखि परेको हिमपातले धौलागिरि पदमार्गले समेटिएको बगर, सिंकोस लगायतका बस्तीमा घरका छाना ढाकिएका छन भने जमिन पुरै ढाकिएको छ । रुखहरु समेत हिउँले सेताम्मे बनेका छन् । हिउँ परेपछि कृषकहरु... पुरा पढ्नुहोस