म्याग्दी समाचार

उपाधीका लागि फाईनलमा कालीपुल युनाईटेड र पश्चिम म्याग्दी भिड्ने

  बेनी, ६ चैत । सदरमुकाम बेनीमा जारी लिग फुटबल प्रतियोगिताको उपाधी लागि फाईनलमा मंगलबार कालीपुल युनाईटेड क्लव र पश्चिम म्याग्दी भिड्ने भएका छन् । खुल्लामञ्चमा सोमबार भएको सेमिफाईनलमा कालीपुल युनाईटेडले बुद्ध युवा क्लवलाई र पश्चिम म्याग्दीले मनसुन युवा क्लव चुत्रेनीलाई पराजित गर्दै फाईनलमा उपाधीका भेट पक्का गरेका हुन् ।... पुरा पढ्नुहोस

किसानलाई अनुदानमा सहज वातावरण बनाउन राप्रपाको माग

  म्याग्दी, ६चैत्र । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदानमा गिद्धे नजर लगाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले प्रधानमन्त्रीलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलमार्फत ज्ञापनपत्र पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले अनुदान घटाउने निर्णय फिर्ता लिएपनि किसानलाई अनुदान... पुरा पढ्नुहोस

बेनीमा सोमबार दलित आन्दोलन सम्वन्धी अन्तरक्रिया हुने

  बेनी, ६ चैत। चैत ७ गते (सोमबार) बेनीमा “५८ औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस” ‘२१ मार्च’ को अवसरमा दलित आन्दोलन सम्वन्धी बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ। सयुक्त दलित राजनीतिक सङ्घर्ष समिति म्याग्दीको आयोजनामा सोमबार जिल्ला समन्वय समितिको सभाहलमा स्थानीय तहबाट तीन सय जना प्रतिनिधिहरुको उपस्थितमा अन्तरक्रिया कार्यक्रम... पुरा पढ्नुहोस

मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी

  म्याग्दी, ५ चैत्र ्म्याग्दीका बावियाँचोरमा रहेको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल नै वियजी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका भिममायाँ रोका नेतृत्वको प्यानल नै विजयी भएको हो । रोकाले १ सय ३० मत प्राप्त गरिन भने नेपाल विद्यार्थी संघका गौरव... पुरा पढ्नुहोस

मलम्पारमा पहिलो पटक बस पुग्यो

  म्याग्दी, ५ चैत । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५ को मलम्पारमा आइतबार पहिलो पटक बस पुगेको छ । धवलागिरी गाउँपालिकाको वडा नम्बर ६ को मराङ–राम्चे, बुल हुदै मलम्पार सम्म जोडिएको सडकमा बस सञ्चालन हुन थालेको हो । यात्रु लिएर पहिलो पटक गाउँमा पुगेको ध... पुरा पढ्नुहोस

जलजलामा शैक्षिक सुधार योजना निर्माण गर्न शैक्षिक सरोकारवालासंग अन्तरक्रिया

  म्याग्दी, ५ चैत । शैक्षिक क्षेत्र सुधार कार्ययोजना निर्माणका लागि पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सरोकारवालाविच अन्तरक्रिया गरेको छ। जलजलाका गाउँपालिका शिक्षा समितिका सदस्यहरु, वडाअध्यक्ष, सामुदायिक विद्यालयहरुको प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थितिमा आईतबार अन्तरक्रिया कार्यक्रम गरिएको हो । गाउँपालिका अध्यक्ष राजु आचार्यको अध्यक्षतामा भएको शैक्षिक सरोकारवालाविच गरिएको अन्तरक्रिया... पुरा पढ्नुहोस

बेनीमा नि:शुल्क मोतिया विन्दु शल्यक्रिया शिविर सुरु

  म्याग्दी, ५ चैत । बेनीमा आँखाको नि:शुल्क मोतिया विन्दु शल्यक्रिया शिविर सुरु भएको छ। बेनी अस्पतालमा संचालित तीन दिनसम्मको शिविरमा गाउँ–गाउँमा आयोजना गरिएका शिविरबाट भेटिएका मोतियाविन्दु विरामीको नि:शुल्क शल्यक्रिया गरिने छ । नेत्र ज्योती संघ म्याग्दीको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरको शुभारम्भ जिल्ला समन्वय... पुरा पढ्नुहोस

सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसन गण्डकीको संयोजकमा रोका

  पोखरा, ४ चैत । सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेशन गण्डकी प्रदेशको संयोजकमा म्याग्दीका धनकुमार रोका चयन हुनुभएको छ । पोखरामा शनिबार भएको फाउण्डेशनको भेलाले रोकालाई संयोजक चयन र यही चैत २५ गते प्रदेश भेला (सम्मेलन) गर्ने निर्णय गरेको छ । ७ सदस्यीय फाउण्डेशनको भेला आयोजक समितिको सदस्यहरुमा नरेन्द्र... पुरा पढ्नुहोस

म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत

  म्याग्दी, ४ चैत । पार्टी सङ्गठनलाई थप सुदृढ र सशक्त बनाउन नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान म्याग्दीमा वडास्तरमा पुगेको छ । ग्रासरुट अभियानमार्फत एमालेलाई आउँदो निर्वाचनमा पहिलो पार्टी बनाउने सङ्कल्पसहित एमालेले सञ्चालन गरेको अभियान वडा र टोलस्तरमा केन्द्रीत भएको हो । अभियानमार्फत पार्टी कार्यकतालाई प्रशिक्षित गदै जनताको... पुरा पढ्नुहोस

चर्चा बटुल्दै मौलिक रत्यौली ‘च्याप्प पर्वते माया’ (भिडियोसहित)

  पछिल्लो समय सामाजिक सञ्जाल टिकटक, फेसबुकदेखि युट्युबसम्म ‘च्याप्प पर्वते माया’ बोलको गीत चर्चामा छ। गण्डक क्षेत्रको पुरानो मौलिक भाकाको रत्यौली गीत हालै युट्युब प्ल्याटफर्ममा सार्वजनिक गरिएको हो। युट्युब च्यानलबाट सार्वजनिक हुनुअघि नै यस रत्यौली गीतका केही टुक्काहरु टिकटकमा भाइरल भइसकेका थिए। मौलिक रत्यौली नामाकरण गरिएको गीतको शब्द र स्वरमा... पुरा पढ्नुहोस