म्याग्दी समाचार

एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा र उप–सचिबमा सन्तोष रावलको उम्मेदवारी

म्याग्दी , १७ असोज । नेकपा (एमाले) गण्डकीको जारी अधिवेशनमा पदाधिकारीमा म्याग्दीबाट दुई जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेको गण्डकी प्रदेश कमिटी अध्यक्ष पदमा नवराज शर्मा र उप–सचिबमा सन्तोष रावलले उम्मेदवारी दिनुभएको हो । एमाले गण्डकी प्रदेश अध्यक्षका लागि शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । निवर्तमान प्रदेश कमिटी अध्यक्ष... पुरा पढ्नुहोस

पहिरोले बरंजामा पुरियो एक घर

  म्याग्दी, १७ असोज । अविरल बर्षापछि घर माथिबाट आएको पहिरोले म्याग्दीको मंगला गाउँपालिका वडानम्वर ३, बरंजाको घाम्ताङमा एक घर पुरिएको छ । दुईदिनदेखि लगातार बर्षा संगै मंगलबार बेलुकी ९ बजेतिरको समयमा घरमाथिबाट खसेको पहिरोले स्थानीय शेर बहादुर दर्जिको घरगोठ पूर्णरुपमा क्षति पुर्‍याएको हो । स्थानीय दर्पण रोकाका अनुसार पहिरोले... पुरा पढ्नुहोस

बाँदुकमा वडास्तरीय भलिबल तथा बास्केटबल प्रतियोगिता हुने

म्याग्दी १६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–१, बाँदुकमा वडास्तरीय भलिबल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । विजय दशमीको शुभ उपलक्ष्यमा बेलायतको सर्वोच्च यूद्ध पदक भिक्टोरिया क्रसबाट सममानित स्वर्गीय तुलबहादुर पुनको जन्मस्थल बाँदुकमा कात्तिक ८ गतेदेखि प्रतियोगिताको आयोजना गरिएको छ । बाल बास्केटबल, महिला भलिबल गाउँस्तरीय हुने प्रतियोगितामा पुरुष बास्केटबल,... पुरा पढ्नुहोस

साढे दुई महिनादेखि लुलाङबासी अन्धकारमा

  म्याग्दी, १६ असोज । साढे दुई महिनादेखि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङका चार सय घर परिवार अन्धकारमा छन् । गत असार २८ गते पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको... पुरा पढ्नुहोस

नेपाली सेनाद्धारा मुक्तिनाथ मन्दिर परिसरमा दर्शनार्थीमैत्री विश्रामस्थल निर्माण

मुस्ताङ १६ असोज। नेपाली सेना पश्चिम पृतना हेडक्वाटरले मुक्तिनाथ मन्दिर परिसरमा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई लक्षित गरी विश्रामस्थल निर्माण गरेको छ । हालै निर्माण सम्पन्न भएको प्रारम्भिक स्वास्थ्य परीक्षण कक्ष तथा शौचालय सहितको दर्शनार्थीमैत्री विश्राम स्थल एक कार्यक्रमका बीच पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी दिपक कुमार बांनियाले उद्घाटन गरे... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीद्वारा पहिरो पीडितलाई राहत वितरण

  म्याग्दी, १६ असार । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको मालिका गाउँपालिका–४ ,महभिर र वडा नम्बर २ रुमका पहिरो पीडितलाई राहत वितरण गरेको छ । कांग्रेस म्याग्दीले स्थापना गरेको विपद् व्यवस्थापन कोषबाट सोमबार महभिरमा पहिरोले घरमा पुर्ण रुपमा क्षती भएको तीन परिवार दैनिक उपभोग्य खाद्यन्न सामग्री र बेलीको फुलबाङमा पहिरोमा पुरिएर... पुरा पढ्नुहोस

शिवशिखर सहकारीद्धारा म्याग्दीमा मात्रै साढे चार करोड बढी ठगी

म्याग्दी १६ असोज । म्याग्दी सदरमुकाम बेनीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय सेयर सदस्यले बचत गरेको रु चार करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ । ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा भएको हो । बेनी... पुरा पढ्नुहोस

पहिरोले म्याग्दीका मुख्य सडक अबरुद्ध

[caption id="attachment_72984" align="alignnone" width="1024"] फाइल तस्बिर[/caption] बेनी, १६ असोज : अबिरल बर्षाको कारण म्याग्दीका मुख्य सडकहरु अबरुद्ध भएका छन् । गयरातीदेखि परेको अबिरल बर्षाको कारण ठाउँ–ठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडकहरु अबरुद्ध बनेका हुन् । बेनी–जोमसोम सडकखण्ड र बेनी– दरबाङ सडकखण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केहिदिन... पुरा पढ्नुहोस

राखु चिनाउने ‘आउ है राखु कोतमा….’ गित सार्वजनिक हुदै

  म्याग्दी, १५ असोज । जुन दिन पाईला राखुमा टेक्छौ, अन्नपूर्ण हिमालको शिर देख्छौ.... आउ है राखु कोतमा... गित सार्वजनिक हुदै छ । शब्द सर्जक तथा गायक फौद कटुवाल विन्दाशले (जन्मगाउँ) रघुगंगा गाउँपालिका– २ राखु भगवतीलाई चिनाउने गित सार्वजनिक गराउन लाग्नुभएको हो । धौलागिरी आईसफल पदमार्गमा पर्ने, नीलगिरी र अन्नपूर्ण... पुरा पढ्नुहोस

म्याग्दीखोलामा मोटरेबल पुल निर्माण भएपछि सवारी आवागमन सहज

बेनी, १५ असोज : म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटलाई गाउँपालिकाको केन्द्र दरबाङ बजार जोड्ने गरि छ्यारछ्यारे स्थित म्याग्दी नदिमा पक्की पुल निर्माण भएको छ । पुल निर्माण भएपछि वडा नम्बर १ निस्कोट र गाउँपालिकाको केन्द्र दरबाङसंग सिधा सम्पर्क स्थापित भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले प्रदिप जुम्ली जेभीसँग २०७७ साउन... पुरा पढ्नुहोस