म्याग्दी समाचार
सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’
- 3 महिना, 14 दिन अगाडि
- ८ जेष्ठ २०८२, बुधबार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरुमा महशिकार सुरु भएको छ । स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रुपमा गाउँ वरपरको भिरमा सामूहिक महशिकार गर्ने वर्षौअघिदेखिको चलनलाई निरन्तरता दिएका छन् । स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मंगलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ । डोरीमा झुण्डीएर... पुरा पढ्नुहोस
‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’, उद्घाटनमा प्रधानमन्त्री ओली आउने
- 3 महिना, 14 दिन अगाडि
- ८ जेष्ठ २०८२, बुधबार
म्याग्दी , ७ जेठ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि) मा पहिलो पटक मानव पाईला टेकेको ७५ बर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा हीरक महोत्सव आयोजना गरिएको छ । महोत्सव उद्घाटनका लागि अन्नपूर्ण आधार शिविरमा पूधानमन्त्री केपी शर्मा ओली आउनुहुने भएको छ । ‘अन्नपूर्ण हीरक महोत्सव’ उद्घाटनका लागि जेठ... पुरा पढ्नुहोस
दग्नाम गाउँको भूमे पूजामा ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता
- 3 महिना, 15 दिन अगाडि
- ७ जेष्ठ २०८२, मंगलवार
म्याग्दी, ६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा सयौँ बर्ष पुरानो साँस्कृतिक चिनारी बनेको ‘लिङ्गो जुधाउने’ प्रतियोगिता भएको छ । भूमे पूजाको अवसरमा मंगलवार आयोजित लिङ्गो जुधाउने प्रतियोगितामा कान्छी गाउँ बिजयी भएको छ । यस गाउँमा परम्परादेखि नै गैरी गाउँ र कान्छी गाउँले लिङ्गो जुधाईमा प्रतिस्पर्धा गर्दै आएका छन् ।... पुरा पढ्नुहोस
अन्नपूर्णमा राज्यमन्त्री गर्बुजाद्धारा जनभेटघाट, विकास योजना अनुगमन
- 3 महिना, 15 दिन अगाडि
- ७ जेष्ठ २०८२, मंगलवार
नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मंगलबार जभेटघाट तथा विकास योजनाहरु अनुगमन गर्नुभएको छ । अन्नपपूर्ण गाउँपालिका, वडा नं.३ दाना, वडा नं.४ चारच्याङको गाडपारमा आयोजना गरिएको बधाई तथा शुभकामना र सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री गर्बुजाले जनताको आवश्यकताका आधार योजना बनाउन र जनताको... पुरा पढ्नुहोस
कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
- 3 महिना, 15 दिन अगाडि
- ७ जेष्ठ २०८२, मंगलवार
मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो। भूकम्पको धक्का कास्कीसहित म्याग्दी, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ । यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको... पुरा पढ्नुहोस
मौलिक संस्कृति ‘राधाकृष्ण नाच’ संरक्षणमा जुटे ताकमबासी (तस्बिर/भिडियाे)
- 3 महिना, 15 दिन अगाडि
- ७ जेष्ठ २०८२, मंगलवार
म्याग्दी, ६ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम गाउँको मौलिक संस्कृतिको रुपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा स्थानीय सक्रिय भएका छन् । आँखै अगाडी ठोक्किन आउने हिमालको काखमा समथर फाँटमा अवस्थित ताकम गाउँमा मानव बस्ती बसेदेखि नै राधाकृष्ण नाच देखाउन थालीएको इतिहास छ । भजन कृर्तनको साथमा अभिनय सहितको नृत्य रहने... पुरा पढ्नुहोस
ढोपाटन जोड्ने सडक आयोजना समृद्धिको आधार : राज्यमन्त्री गर्बुजा
- 3 महिना, 15 दिन अगाडि
- ७ जेष्ठ २०८२, मंगलवार
बेनी । नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरबाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समृद्धिको आधार बन्ने बताउनुभएको छ । सोमबार प्रदेश सभा (ख)अन्तर्गत धवलागिरी ,मालिका ,मंगला र तातोपानी कुण्ड लगायत विभिन्न ठाउँमा आयोजित बधाई तथा शुभकामना सहित सम्मान कार्यक्रमलाई... पुरा पढ्नुहोस
कालीगण्डकीमा बेपत्ता किशोरको शव सशस्त्रका गोताखोरले निकाले
- 3 महिना, 16 दिन अगाडि
- ६ जेष्ठ २०८२, सोमबार
५ जेठ, म्याग्दी। कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक किशोरको शव सशस्त्र प्रहरी बलका गोताखोरले निकालेका छन् । पिप्लेका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा यही जेठ ३ गते नदिमा डुबेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र... पुरा पढ्नुहोस
विद्यार्थी भर्ना नभएपछि बन्द भए बेनी नगरभित्रका २ विद्यालय
- 3 महिना, 16 दिन अगाडि
- ६ जेष्ठ २०८२, सोमबार
विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् । बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुई वटै विद्यालयका शिक्षकलाई नजिकको विद्यालयमा व्यवस्थापन... पुरा पढ्नुहोस
विद्योदय आवि वाखेतमा बाल क्लब गठन, अध्यक्षमा सुप्रिया पाइजा
- 3 महिना, 16 दिन अगाडि
- ६ जेष्ठ २०८२, सोमबार
म्याग्दी । बेनी नगरपालिका–१०, वाखेतको विद्योदय आधारभूत विद्यालयमा विद्योदय बाल गठन भएको छ । विद्यार्थीको चौतर्फी विकास, बाल अधिकार संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले गठन भएको ९ सदस्यि क्लबको अध्यक्षमा सुप्रिया पाइजा चयन भएकी छिन् । यस्तै उपाध्यक्षमा अपर्ण रोका, सचिवमा कृष्टी पाइजा, कोषाध्यक्षमा इच्छा रोका र सह–सचिवमा युरोज... पुरा पढ्नुहोस