म्याग्दी समाचार

दरवाङमा तेस्रो म्याग्दी कप भलिबल प्रतियोगिता शुरु

बेनी, ८ माघ ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा तेस्रो म्याग्दी कप –२०८२ ‘यु’ २० महिला÷पुरुष तथा शिक्षक भलिबल प्रतियोगिता सञ्चालन भएको छ । म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीले आयोजना गरेको माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सबै बिधामा ३५ टिमको सहभागिता छ । प्रतियोगिताको बिहिबारी म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी... पुरा पढ्नुहोस

नेशनल रिपब्लिक नेपाल पार्टीको समर्थन महावीर पुनलाई

म्याग्दी, ८ माघ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका महावीर पुनलाई नेशनल रिपब्लिक नेपाल पार्टीले समर्थन गरेको छ । पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका तुलप्रसाद गर्बुजाले स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गर्दै आफ्नो उम्मदवारी फिर्ता लिने घोषणा गर्नुभएको हो । विहिवार... पुरा पढ्नुहोस

समिर र यास्मिनले १० वर्षको प्रतीक्षापछि पाए आमाको नामबाट नागरिकता

म्याग्दी । बेनी नगरपालिका-७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् ।जिल्ला प्रशासन कार्यालयले मंगलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा... पुरा पढ्नुहोस

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा म्याग्दीका श्रेष्ठको उमेद्वारी घोषणा

बेनी, ७ माघ ः म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा उमेद्वारी घोषणा गर्नुभएको छ । आगामी चैतमा हुने महासंघको महाधिवेशनबाट चयन हुने कार्यसमितिमा गण्डकी प्रदेशको भूगोलबाट केन्द्रिय सदस्यको उम्मेदवार बन्ने श्रेष्ठले घोषणा गर्नुभयो । बुधबार म्याग्दी उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रममा श्रेष्ठले... पुरा पढ्नुहोस

११ औँ माघेसङ्क्रान्ति मेलाको आम्दानी खर्च सार्वजनिक

म्याग्दी , ७ पुस । म्याग्दी सदरमुकाम बेनीमा पुस ३० देखि माघ ३ गतेसम्म सञ्चालन भएको ‘११ औँ माघे संक्रान्ति मेला’, खाना महोत्सव एवं कृषि मेलाको आम्दानी खर्च सार्वजनिक गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा बेनीको खुल्ला मञ्चमा सञ्चालन भएको मेला... पुरा पढ्नुहोस

म्याग्दीमा महाविर पुन सहित १३ जनाको मनोनयन दर्ता

म्याग्दी, ७ पुस । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा २ स्वतन्त्र सहित १३ जनाले उम्मेदवार दर्ता गरेका छन् । सदरमुकाम बेनीमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आयोगले तोकको समयसिमा भित्र उक्त मनोनयन दर्ता भएको सहायक जिल्ला निर्वाचन अधिकृत जगत बहादुर भण्डारीले जानकारी दिनुभयो... पुरा पढ्नुहोस

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

म्याग्दी, ७ माघ । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाँडामा गत माघ ३ गते राती एक युवतिको हत्या भएको घटनामा संलग्न भएको आरोपमा निजकै श्रीमान पक्राउ परेका छन् । राती घरबाट सौचालय जान निस्कनुभएकी २० बर्षिया पुनमाया विकलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा निजका श्रीमान पोखरा महानगरपालिका– २३ ठुलाखेतका ३२... पुरा पढ्नुहोस

म्याग्दीका मुख्य दलहरुबाट उम्मेदवारको टुङ्गो लगाए

म्याग्दी, ६ माघ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका मुख्य राजनीतिक दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् । जिल्लामा नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेसबाट कर्णबहादुर भण्डारी (केबि), नेपाली कम्युनिष्ट पार्टीबाट अर्जुन थापा , राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोका मगर र नेकपा (माओवादी)बाट धुव्र घिमिरेले उम्मेदवारी दिने... पुरा पढ्नुहोस

‘बिसिएसएस’ कपको उपाधी राष्ट्रिय मावि र आयोजकलाई

म्याग्दी, ४ माघ ः बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि.सि.एस.एस.’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र/छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले जितेका छन् । बेनी सामुदायिक माविले आयोजना गरेको प्रतियोगिताको छात्रतर्फ मालिका गाउँपालिका–२ रुमको राष्ट्रिय मावि र छात्रातर्फ आयोजक विद्यालयले जितेका हुन् । १६ विद्यालय सहभागि छात्रतर्फ राष्ट्रिय माविसँग... पुरा पढ्नुहोस

हाम्रो एक रुपियाँ, हाम्रो भविष्य: म्याग्दी जेसीजद्वारा दिगो कोष स्थापना

म्याग्दी जेसीजले यस वर्षको प्रकरण को रूपमा “Leading Change, Empowering Generations” लाई आत्मसात गर्दै सोही अवधारणाअन्तर्गत विविध नेतृत्व विकास, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ।यस प्रकरण मार्फत वर्तमान नेतृत्वले सकारात्मक परिवर्तनको नेतृत्व गर्दै भावी पुस्तालाई सक्षम, उत्तरदायी र सशक्त बनाउने लक्ष्य लिइएको म्याग्दी जेसीजले जनाएको छ।... पुरा पढ्नुहोस