म्याग्दी समाचार

म्याग्दीमा ९२३ किशोरीलाई एचपिभी खोप लगाउने तयारी

म्याग्दी, २५ माघ ः पाठेघरको मुखको क्यान्सर रोकथामका लागि म्याग्दीमा नौ सय बढी किशोरीहरुलाई एचपीभी खोप लगाउने तयारी गरिएको छ । माघ २७ देखि फागुन ४ गतेसम्म जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालन हुने खोप अभियानमा लक्षित उमेर समूहका ९२३ जना किशोरीहरुलाई खोप लगाउने तयारी गरिएको हो । आइतबार जिल्लाका... पुरा पढ्नुहोस

म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडकको भुतादैला–तोरीपानी खण्ड स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ । म्याग्दीको रणनीतिक महत्वको यस सडकको स्तरोन्नति भएको क्षेत्र बेनी नगरपालिका–९ साविक घतान गाविसको भूगोलमा पर्छ । पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–पाखापानी... पुरा पढ्नुहोस

ढोरपाटन जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने र धौलागिरिलाई अन्तराष्ट्रियकरण गर्ने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता

ताकम, २२ माघ । नेपाली कम्युनिष्ट पार्टीबाट म्याग्दीमा आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा उमेद्वार बन्नुभएका अर्जुन थापाले बेनी–ढोरपाटन जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने र ओझेलमा परेको धौलागिरि हिमालको सम्भावनालाई अन्तराष्ट्रियकरण गर्ने मुद्दालाई प्राथमिकता दिने बताउनुभएको छ । धवलागिरी गाउँपालिका–७ ताकममा बिहिबार आयोजित मतदाता भेटघाट कार्यक्रममा उमेद्वार थापाले बेनी देखि ताकम –... पुरा पढ्नुहोस

लिड्स नेपालद्धारा सरस्वती आधारभूत विद्यालयका बालबालिकाहरुलाई झोला वितरण

लिड्स नेपालले म्याग्दीको बेनी नगरपालिका २,बगरफाँट स्थित सरस्वती आधारभूत बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई झोला वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत ६२ जना विद्यार्थीहरुलाई विद्यालय झोला प्रदान गरिएको हो । कार्यक्रममा लिड्स नेपालका कार्यकारी निर्देशक डाक्टर पदमराज श्रेष्ठ, बेनी नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकाल, स्थानीय समाजसेवी चन्द्रबहादुर घिमिरे, विद्यालयका प्रधानध्यापक छेमप्रसाद गर्बुजा,... पुरा पढ्नुहोस

राहुघाट जलविद्युतको विद्युतगृहका सुरक्षा गार्डको हत्यामा संलग्न पक्राउ

म्याग्दी, २० माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३,चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको विद्युतगृहमा कार्यरत एक सुरक्षा गार्डको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ १५ गते भारतीय जेपी एसोसियर्टस कम्पनीले निर्माण गरिरहेको विद्युतगृहको भुँइतलामा सोही सोही कम्पनीमा कार्यरत इलामको माई नगरपालिका–९ घर भएका ५५ बर्षका भिष्म... पुरा पढ्नुहोस

लुलाङमा नेकपाको घरदैलो–‘प्रतिवद्धता पुरा गरेका छौ, थप काम गर्न हामीलाई जिताउनुहोस’

बेनी, २० माघ ः आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपाका उमेद्वार अर्जुन थापा सहितका नेताहरुले धवलागिरी गाउँपालिका–२ लुलाङका बासिन्दासँग यसअघि गरेका प्रतिवद्धता पुरा गरेको र थप काम गर्न आगामी निर्वाचनमा जिताउन आग्रह गरेका छन् । फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका नेकपाका उमेद्वार थापाले म्याग्दीको... पुरा पढ्नुहोस

हराएको ५५ वर्षपछि घरपरिवारसंग पुनर्मिलन

म्याग्दी २० माघ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङका धनबहादुर तुलाचन हराएको ५५ बर्षपछि परिवारसंग पुनर्मिलन भएको छ । २१ बर्षको उमेरमा लाहुरे हुने भन्दै घर छोडेर बेपत्ता हुनुभएका तुलाचन अहिले परिवारको सम्पर्कमा आउनुभएको छ । भारतको हिमाञ्चल प्रदेशको कुल्ली मुनाली भन्ने ठाउँमा स्याउ बगैंचामा काम गर्ने तुलाचन एकसाता अगाडी विभिन्न... पुरा पढ्नुहोस

छन्त्याल सर्वमान्य फाउण्डेशनको अध्यक्षमा दिपबहादुर छन्त्याल चयन, १ करोड ५१ लाख कोष संकलन

म्याग्दी, १९ माघ । छन्त्याल सर्वमान्य फाउण्डेशनको अध्यक्षमा दिपबहादुर छन्त्याल निर्वाचित हुनुभएको छ । काठमाण्डौमा सम्पन्न फाउण्डेशनको दशौँ बार्षिक साधारणसभाबाट छन्त्यालको अध्यक्षमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । छन्त्याल जातिको उत्पत्ति र इतिहासको खोजी तथा भाषा,संस्कृतिको संरक्षण गर्ने उद्देश्यले जातिय उत्थान र पहिचानका अभियन्ता छन्त्याल समुदायका संस्थापक अध्यक्ष तथा... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई झोला वितरण

पर्वतकोजलजला गाउँपालिका वडा नं. ३ अवस्थित बिन्ध्यवासिनी प्राथमिक आधारभुत बिद्यालय मा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय झोला वितरण गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–५,भिरमुनी घर भई हाल जलजला गाउँपलिका वडा नं. ३ पर्वत निवासी सुर्यान्स बानियाँको जन्म दिनको अवसरमा बिद्यार्थिहरुको लागि ३० थान झोला वितरण गरिएको हो । आफ्नो मावलीतर्फका बाजे क्षेत्र... पुरा पढ्नुहोस

धारापानीमा नेकपाका उमेद्वारको भेटघाट र अन्तरक्रिया

म्याग्दी, १७ माघ । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता घेटघाट कार्यक्रम लिएर अघि बढेको नेपाली कम्युनिष्ट पार्टीले शनिवार धवलागिरी गाउँपालिका–७ धारापानीमा भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम समपन्न भएको छ । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका अर्जुन थापाको गृहगाउँ समेत रहेको... पुरा पढ्नुहोस