म्याग्दी समाचार
१२ वर्षपछि प्रतिनिधीसभामा आफ्नै चुनाव चिन्हमा मत खसाल्दै म्याग्दीका नेकपा
- 6 दिन अगाडि
- १३ माघ २०८२, सोमबार
सन्तोष गौतम बेनी । नेपाली कम्युनिष्ट पार्टीले म्याग्दीमा १२ वर्षपछि प्रतिनिधीसभा सदस्य निर्वाचनमा आफ्नै चुनाव चिन्हमा मत खसाल्ने भएका छन् । यसअघि वि.स. २०७४ मा एमाले र २०७९ मा नेपाली काँग्रेसका उमेद्वारलाई सघाएको तत्कालीन नेकपा (माओवादी केन्द्र), एकिकृत समाजवादी लगायतका राजनीतिक दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले म्याग्दीमा प्रतिनिधीसभा सदस्य... पुरा पढ्नुहोस
म्याग्दीका उम्मेदवारहरुसंग सार्वजनिक बहस हुने
- 6 दिन अगाडि
- १३ माघ २०८२, सोमबार
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीबाट उम्मेदबार बनेकाहरुसंग सार्वजनिक बहस हुने भएको छ । म्याग्दी जेसीजले माघ १६ गते बेनीमा आगामी प्रतिनिधि सभा सदस्यमा प्रत्येक्षतर्फ उम्मेदवार बनेकाहरुसंग प्रत्यक्ष संवाद (ककस) सञ्चालन गर्न लागेको हो । जिल्लाबाट उम्मेदवार बनेकाहरुको योजना तथा प्रतिबद्धता र सहभागीहरुको प्रश्नको उम्मेदवारहरुले उत्तर... पुरा पढ्नुहोस
म्याग्दी जेसीज २०२६ का पदाधिकारीहरुलाइ तालिम
- 8 दिन अगाडि
- ११ माघ २०८२, शनिबार
युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले सन २०२६ का पदाधिकारीहरुलाई तालिम प्रदान गरेको छ । ‘‘अधिकारीहरूबाट परिवर्तनका वाहकहरूतर्फः परिवर्तनको नेतृत्व गर्दै, पुस्ताहरूलाई सशक्त बनाउँदै” भन्ने शिर्षक मा तालिम सम्पन्न भएको हो। तालिममा प्रमुख प्रशिक्षक म्याग्दी जेसीजका पुर्व अध्यक्ष एवं नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, बाग्लुङ जेसीजका... पुरा पढ्नुहोस
सडकमै पत्रकार सम्मेलन गरेर महावीरको चुनाबी प्रतिबद्धता सार्वजनिक
- 8 दिन अगाडि
- ११ माघ २०८२, शनिबार
म्याग्दी, १० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका पूर्वमन्त्री महावीर पुनले सडकमै पत्रकार सम्मेलन गरेर आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले त्रिभुज निर्वाचन चिन्ह प्रदान गरेसंगै पुनले शनिवार जिल्ला सदरमुकाम बेनीबजारको बिरेन्द्रचोकमा सडकमा पत्रकार सम्मेलन गरी आफ्नो... पुरा पढ्नुहोस
म्याग्दीमा महावीरलाई रास्वपाको समर्थन
- 8 दिन अगाडि
- ११ माघ २०८२, शनिबार
म्याग्दी, १० माघ । म्याग्दीको स्वतन्त्र उम्मेदवार बन्नुभउका निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार युवराज रोकाले सर्मथन गर्नुभएको छ । पुनले बेनीको वीरेन्द्रचोकमा आयोजना गरेको पत्रकार सम्मेलन स्थलमा पुगेका रोकाले पार्टीको सल्लाह र शुभेच्छुकहरूको सुझाव अनुसार प्रतिनिधिसभामा महाविरलाई सघाउने घोषणा गर्नुभएको हो । ‘हामी र... पुरा पढ्नुहोस
दरवाङमा तेस्रो म्याग्दी कप भलिबल प्रतियोगिता शुरु
- 10 दिन अगाडि
- ९ माघ २०८२, बिहीबार
बेनी, ८ माघ ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा तेस्रो म्याग्दी कप –२०८२ ‘यु’ २० महिला÷पुरुष तथा शिक्षक भलिबल प्रतियोगिता सञ्चालन भएको छ । म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीले आयोजना गरेको माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सबै बिधामा ३५ टिमको सहभागिता छ । प्रतियोगिताको बिहिबारी म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी... पुरा पढ्नुहोस
नेशनल रिपब्लिक नेपाल पार्टीको समर्थन महावीर पुनलाई
- 10 दिन अगाडि
- ९ माघ २०८२, बिहीबार
म्याग्दी, ८ माघ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका महावीर पुनलाई नेशनल रिपब्लिक नेपाल पार्टीले समर्थन गरेको छ । पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका तुलप्रसाद गर्बुजाले स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गर्दै आफ्नो उम्मदवारी फिर्ता लिने घोषणा गर्नुभएको हो । विहिवार... पुरा पढ्नुहोस
समिर र यास्मिनले १० वर्षको प्रतीक्षापछि पाए आमाको नामबाट नागरिकता
- 10 दिन अगाडि
- ९ माघ २०८२, बिहीबार
म्याग्दी । बेनी नगरपालिका-७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् ।जिल्ला प्रशासन कार्यालयले मंगलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा... पुरा पढ्नुहोस
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा म्याग्दीका श्रेष्ठको उमेद्वारी घोषणा
- 11 दिन अगाडि
- ८ माघ २०८२, बुधबार
बेनी, ७ माघ ः म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा उमेद्वारी घोषणा गर्नुभएको छ । आगामी चैतमा हुने महासंघको महाधिवेशनबाट चयन हुने कार्यसमितिमा गण्डकी प्रदेशको भूगोलबाट केन्द्रिय सदस्यको उम्मेदवार बन्ने श्रेष्ठले घोषणा गर्नुभयो । बुधबार म्याग्दी उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रममा श्रेष्ठले... पुरा पढ्नुहोस
११ औँ माघेसङ्क्रान्ति मेलाको आम्दानी खर्च सार्वजनिक
- 11 दिन अगाडि
- ८ माघ २०८२, बुधबार
म्याग्दी , ७ पुस । म्याग्दी सदरमुकाम बेनीमा पुस ३० देखि माघ ३ गतेसम्म सञ्चालन भएको ‘११ औँ माघे संक्रान्ति मेला’, खाना महोत्सव एवं कृषि मेलाको आम्दानी खर्च सार्वजनिक गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा बेनीको खुल्ला मञ्चमा सञ्चालन भएको मेला... पुरा पढ्नुहोस