मुलुक

घुम्टे युवा परिवार जापान शाखा द्वारा खेलकुद सामाग्री सहयोग

असोज १६ बागलुङ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म र घुम्टे युवा परिवार जापान शाखाको आयोजनामा नेपाल भलिबल संघ गलकोट नगर समिती अन्तर्गत ११ वडाका समितीलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।  राष्ट्रको लागि खेलकूद र स्वास्थ्यको लागि खेलकूद भन्ने नेपाल सरकारको मुल नारालाई साकार पार्ने... पुरा पढ्नुहोस

तामाखानीले घेरिएको गाउँ

ढोरपाटन, १६ असोज : निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म... पुरा पढ्नुहोस

दसैंको नवमी, दशमी र एकादशीमा देशभर ठूलो पानी पर्ने

काठमाडौं, १५ असोज । यस वर्षको मनसुन एक साता धकेलिने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतयाः १६ असोज अर्थात् फूलपातीभित्र मनसुन बाहिरिसक्नुपर्ने भए पनि बंगालको खाडीमा सामुद्रिक आँधी बनेपछि मनसुन कम्तीमा एक साता पर धकेलिएको हो। यसैबीच मौसम पूर्वानुमान महाशाखाले विजया दशमी, एकादशी र द्वादसीका दिन ठूलो... पुरा पढ्नुहोस

दूध बेचेर किसानले गाउँ भित्र्याए छ करोड

गलकोट, १४ असोज । बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै रु ६ करोड ११ लाख ६८ हजार तीन सय १६ गाउँमा भित्र्याउन सफल भएका हुन् । उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका... पुरा पढ्नुहोस

दसैँलाई सहकारीका खसीबोका

[caption id="attachment_40048" align="alignnone" width="1024"] फाइल तस्बिर[/caption] बलेवा, १४ असोज । सडकमा हिमालपारिका खसी भरिभराउ छन् । बजारमा हिमालपारिका खसी ९च्याङ्ग्रा० किन्ने भीड देखिन्छ । मुस्ताङबाट आएका च्याङ्ग्राको सामान्य मूल्य रु ४५ हजारभन्दा माथि नै छ । मध्यम परिवारले समेत प्रयोग गर्न नसक्ने गरी महँगिएको च्याङ्ग्राको मूल्यले यहाँका कतिपय गाउँसँग भने... पुरा पढ्नुहोस

‘धौनिढोका’ प्रवद्र्धनमा साइकल यात्रा

बागलुङ १२ असाेज । विश्व पर्यटन दिवसका अवसरमा ‘धौनिढोका’ प्रवद्र्धनमा पर्यटन अभियन्ता कृष्ण केसीले ६ दिनको साइकल यात्रा सम्पन्न गर्नुभएको छ । सगरमाथा आरोहीसमेत रहनुभएका केसीले यही असोज ६ गते पोखराको बेगनास तालबाट सुरु गरेको यात्रा मङ्गलबार बागलुङको ढोरपाटन पुगेर विश्व पर्यटन दिवसको दिनमा समापन गर्नुभएको छ । पोखरालाई बागलुङको... पुरा पढ्नुहोस

प्लाष्टिक झोलाको विकल्पमा पाँच किलोग्राम अट्ने कार्टुन

मुस्ताङ १२ असोज । घरपझोङ गाउँपालिकाले पाँच किलोग्रामसम्म अट्ने स्याउको कार्टुन वितरण गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को बजेट तथा कार्यक्रमअनुसार प्लास्टिक झोलाको विकल्पमा पाँच किलो अट्ने स्याउको कार्टुन वितरण गर्न लागिएको हो । किसानलाई ७५ प्रतिशत अनुदान सहयोगमा कार्टुन वितरण गरिने गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो... पुरा पढ्नुहोस

राजमार्ग खुलेको तीन दशकमा पनि बनेन बसपार्क

कुश्मा, ११ असोज : कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले अघिल्लो चुनावमा कुश्मामा विदेशी स्टाइलको बसपार्क निर्माण गरिने र त्यो सामान्य खालको नभएर तीन तलाको हुने कथा सुनाउनुभएको थियो । बस बिसाउन मिल्ने समथर ठाउँ भए मात्र पनि हुन्थ्यो भनेर बसेका यातायात व्यवसायी र कुश्मावासी तीनतलाको बसपार्क बन्ने थाहा पाएपछि दङ्ग... पुरा पढ्नुहोस

चौतारी संरक्षणमा जुट्दै म्याग्दीका स्थानीय तह र समुदाय

म्याग्दी १० असाेज । म्याग्दीका स्थानीय तह र समुदायका व्यक्ति पछिल्लो समय ग्रामीण सौन्दर्यका अभिन्न अङ्ग मानिने चौतारी संरक्षणमा जुटेका छन् । लेक–बेंसी,गाउँ–सहर गर्ने बटुवाको थकाइ मेटाउने थलो, गर्मीमा दौतरी बसेर शीतल हावा लिँदै गफिने र आनन्द लिने चौतारी पछिल्लो समय नासिदै गएपछि ग्रामीण क्षेत्रका युवा र जनप्रतिनिधि यस्ता सम्पदाको... पुरा पढ्नुहोस

बडादसैँ सुरु : घटस्थापनाको साइत बिहान १०:२३ बजे

काठमाण्डाै १० असाेज । विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल... पुरा पढ्नुहोस