‘धौनिढोका’ प्रवद्र्धनमा साइकल यात्रा

  • १२ आश्विन २०७९, बुधबार
  • 387 पटक पढिएको

बागलुङ १२ असाेज । विश्व पर्यटन दिवसका अवसरमा ‘धौनिढोका’ प्रवद्र्धनमा पर्यटन अभियन्ता कृष्ण केसीले ६ दिनको साइकल यात्रा सम्पन्न गर्नुभएको छ । सगरमाथा आरोहीसमेत रहनुभएका केसीले यही असोज ६ गते पोखराको बेगनास तालबाट सुरु गरेको यात्रा मङ्गलबार बागलुङको ढोरपाटन पुगेर विश्व पर्यटन दिवसको दिनमा समापन गर्नुभएको छ ।

पोखरालाई बागलुङको ढोरपाटनसँग जोड्ने गरी त्यस रुटमा भएका धौलागिरि, नीलगिरि, ढोरपाटन र कालीगण्डकी ९धौनिढोका० प्रवद्र्धनका लागि विश्व पर्यटन दिवसका अवसरमा साइकल यात्रा गरेको पर्यटन अभियन्ता केसीले बताउनुभयो । पर्यटन प्रवद्र्धन गर्दै पोखराका पर्यटनहरुलाई पर्वत, बागलुङदेखि म्याग्दी हुँदै पुनः ढोरपाटन पु¥याउने गरी विश्व पर्यटन दिवसका अवसरमा साङ्केतिक रुपमा साइकल यात्रा गरेको उहाँको भनाइ थियो ।

विभिन्न समयमा पर्यटन प्रवद्र्धनात्मक अभियान चलाउँदै आउनुभएका उहाँ गृह जिल्ला बागलुङको प्रवद्र्धनका लागि साइकल यात्राले सहयोग पुग्ने बताउनुभयो ।

“विश्व पर्यटन दिवसका अवसरमा ६ दिनको साइकल यात्रा ढोरपाटन पुगेर समापन गरेको छु, विश्व पर्यटन दिवसको दिन आगामी वर्षदेखि त्यहाँ घोडा जात्रा गर्ने स्थानीयले प्रतिबद्धता जनाएका छन्,” उहाँले भन्नुभयो, “विश्व पर्यटन दिवसका अवसरमा म्याग्दीको जलजलाबाट ढोरपाटन हुँदै निसीखोलाको निसेलढोरसम्म घोडा जात्रा गर्ने स्थानीय र जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।”

धौलागिरि, नीलगिरि, ढोरपाटन र कालीगण्डकीको प्रचारका लागि आफ्नो साइकल यात्रा साङ्केतिक भएको साइकल यात्री तथा पर्यटन अभियन्ता केसीले बताउनुभयो ।

धौलागिरि, नीलगिरि, ढोरपाटन र कालीगण्डकीको छोटो रुप ‘धौनिढोका’को प्रचारप्रसारका लागि एकल साइकल यात्राका कारण प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाइ छ । उहाँ पोखराको बेगनास ताल, फेवा ताल हुँदै पर्वत हुँदै बागलुङ बजार, म्याग्दी बजार तातोपानी कुण्ड हुँदै बागलुङको तमानखोला गाउँपालिकादेखि ढोरपाटन पुग्नुभएको थियो ।

तत्कालीन जनयुद्धका विषयमा लेख्दै आउनुभएका केसीले लोलुफेरा प्रवद्र्धनमा भूमिका निभाई सक्नुभएको छ । नेपालका ७७ जिल्ला भ्रमण गरिसक्नुभएका उहाँले बागलुङको ढोरपाटनमा पर्यटन ल्याउनका लागि विभिन्न योजना ल्याउँदै आउनुभएको छ । रासस