मुलुक
राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ करोड अनुदान
- 7 बर्ष, 10 महिना अगाडि
- १९ जेष्ठ २०७४, शुक्रबार
काठमाडौं, १८ जेठ । उद्योग मन्त्रालयले वैज्ञानिक डा.महावीर पुनको राष्ट्रिय आविष्कार केन्दको क्षमता विस्तार गर्न एक करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने बजेटमा व्यवस्था गरेको छ । मन्त्रालयले गरेको बजेटको व्यवस्थासँगै उद्योगलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने, तराईमा नेपाली वैज्ञानिकहरूले आविष्कार गरेको धान काट्ने मेशिनको परीक्षण गरी त्यसको... पुरा पढ्नुहोस
स्थानीय तहको दोश्रो चरणको चुनाब असार १४ गतेलाई स¥र्यो
- 7 बर्ष, 10 महिना अगाडि
- १७ जेष्ठ २०७४, बुधबार
काठमाण्डौ, १७ जेठ । सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन फेरि सारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले यसअघि असार ९ गते गर्ने भनिएको स्थानीय तह दोस्रो चरणको निर्वाचन आगामी असार १४ गते सार्ने निर्णय गरेको हो । मुस्लिम समुदायको पर्व रमजानलाई मध्यनजर गर्दै सरकारले निर्वाचनको मिति... पुरा पढ्नुहोस
बाजुरामा सेनाको जहाज दुर्घटना : पाइलटको मृत्यु, दुई घाइते
- 7 बर्ष, 10 महिना अगाडि
- १६ जेष्ठ २०७४, मंगलवार
बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो । तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर... पुरा पढ्नुहोस
दोस्रो चरणको चुनाव सर्यो, असार ९ गते गर्ने सरकारको निर्णय
- 7 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७४, सोमबार
१५ जेठ, काठमाडौं । आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो । आइतबार साँझ बालुवाटारमा... पुरा पढ्नुहोस
सहमतीय प्रधानमन्त्री छान्न राष्ट्रपतिको आह्वान
- 7 बर्ष, 10 महिना अगाडि
- ११ जेष्ठ २०७४, बिहीबार
काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गरेकी छिन्। प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएको भोलिपल्ट राष्ट्रपति कार्यालयले ७ दिनको समय सीमा तोकेर सहमतीय सरकार गठनको प्रक्रिया अघि बढाएको हो। बिहीबार उनले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका... पुरा पढ्नुहोस
सगरमाथा आधार शिविरमा ४ आरोही मृत भेटिए
- 7 बर्ष, 10 महिना अगाडि
- १० जेष्ठ २०७४, बुधबार
काठमाडौं १० जेठ, । सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका ४ जना आरोहीको मृत्यु भएको छ । २ नेपाली र २ विदेशी अारोही चौंथो आधार शिविरमा मृत अवस्थामा भेटिएका हुन् । उनीहरुको परिचय खुल्न सकेको छैन । सेभेन समिट ट्रेकमा दावा शर्पाका अनुसार यसमा एक जना स्लोभाकीयन आरोही हराएपछि सो टोली... पुरा पढ्नुहोस
पोखराको मतगणना अघि बढाउन निर्वाचन आयोगको निर्देशन
- 7 बर्ष, 10 महिना अगाडि
- ७ जेष्ठ २०७४, आईतवार
निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरको रोकिएको मतगणना अघि बढाउन सरोकारवालालाई निर्देशन दिएको छ । पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तीक छापको आकार ठूलो भएको भेटिएपछि शनिवार साँझदेखि मतगणना रोकिएको थियो । यस विषयमा आइतबार बसेको सर्वदलिय बैठकले निर्वाचन आयोगमा सोध्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम... पुरा पढ्नुहोस
४९ हजार ३ सय ३७ उम्मेदवारको भविष्य मतपेटिकामा कैद !
- 7 बर्ष, 11 महिना अगाडि
- ३१ बैशाख २०७४, आईतवार
बैशाख ३१, काठमाडौं– सिंहदरवारको अधिकार गाउँ लैजाने स्थानीय तहको पहिलो चरणको चुनाव सम्पन्न भएको छ । प्रदेश नम्वर , ३, ४ र ६ का दुई सय ८३ तहमा स्थानीय तहको चुनाव आज सम्पन्न भएको छ । यो सँगै १३ हजार ५ सय ५६ उम्मेदवारले जनप्रतिनीधिको हैसियत प्राप्त गर्ने बाटो खुला... पुरा पढ्नुहोस
चुनावमा निर्धक्क भएर भोट खसाल्नुस्ः प्रधानमन्त्री
- 7 बर्ष, 11 महिना अगाडि
- ३० बैशाख २०७४, शनिबार
काठमाडौं ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावमा सक्रियरुपमा भाग लिएर आफ्नो सार्बभौम मताधिकार प्रयोग गर्न सबै मतदातालाई अपिल गरेका छन् ।हिलो चरणको स्थानीय चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डले अपिल जारी गर्दै स्थानीय चुनावलाई ऐतिहासिक अवसर भनेका छन् र यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने कडीको... पुरा पढ्नुहोस
पत्रकार सम्मेलनमै किन ? रोए कुलमान घिसिङ
- 7 बर्ष, 11 महिना अगाडि
- २६ बैशाख २०७४, मंगलवार
काठमाडौं २६ बैशाख, । एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आफ्ना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् । आफूले इमान्दार भएर काम गरेको भन्दै गर्दा उनी निकै भावुक भए । एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरी आँसु पार्दै... पुरा पढ्नुहोस