दलित प्राथमिक बिधालयलाई डेक्स बेन्च हस्तान्तरण

  • ३० श्रावण २०७४, सोमबार
  • 2953 पटक पढिएको

साउन ३०-पर्सा ।पर्सा  जिल्ला महुवन ७ को स्थानिय दलित प्राथमिक बिद्यालयमा सरकार अनि स्थानिय निकाय को बेवास्ता ले गर्दा २१ औं शताब्दीमामा पनि त्यहाँ का विद्यार्थीहरु चिसो भुइमा बसेर पढ्न बाध्य विद्यार्थीहरुलाई समाजिक संजाल फेसबुकको माध्यम बाट सामाजिक अभियान्ताहरूले सहयोग संकलन गरि बिधालयलाई डेक्स बेन्च हस्तान्तरण गरेका छन् ।

म्याग्दी जिल्ला हाल मलेशियामा रहेका दलित अभियान्ता आशिष परियार -झिल्केले डेक्स बेन्च निर्माण को लागी आर्थिक सहयोग को अभियान फेसबुक मार्फत सुरू गरेका थिए । यस अभियान मा जिल्ला नुवाकोट हाल कुबेत बस्ने रोजन भुसाल,नेपाल बाट सरू सुनार, दधिराम परियार, कमला हेमचुरी, जापान बाट छक्कू उदासी , रमा मादेन लिम्बूको विशेष सहयोग बाट ५४ सेट डेक्स बेन्च निर्माण गरि दलित प्राथमिक बिधालयलाई हस्तान्तरण गरिएको आशिष झिल्केले बताउनु भयो ।

हाल रोजगारिको शिलसिलामा मलेसियामा रहनुभएका आशिष परियार झिल्केले काम बाट बचेको समयलाई सामाजिक संजालको माध्यम बाट आर्थिक अभावका कारण भुइँमा बस्न बाध्य भएका विद्यार्थीको लागि बेन्च बनाउन सामाजिक सञ्जाल फेसबुकमार्फत आर्थिक संकलन अभियान सञ्चालन गर्ने गरेका थिए । एकदिन पनि विदा हुदैन्, सुत्ने समयमा साथीहरुलाई फेसबुकबाट आर्थिक सहयोग जुटाएर सहयोग गर्ने गरेको परियारले  बताए ।

अहिलेसम्म सबैले सहयोग गर्नु भएको छ आउँदा दिनमा पनि सहयोग गर्नु हुनेछ, अहिलेसम्म सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिए । कार्यक्रममा राेजन भुसालकाे पहलमा MRR समूहबाट १ लाख रुपैयाँ बराबरकाे शैक्षिक सामाग्री स्कुललाई हस्तान्तरण गरिएकाे थियो ।