मुलुक

उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७४ जना रहका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर भने  ७०७ जनामा संक्रमण पुष्टि... पुरा पढ्नुहोस

सिन्धुपाल्चोक पहिरो : बेपत्ता ३८ जनाको पहिचान खुल्यो

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोले पुरिएर हराइरहेका ३८ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार पहिरोमा परी अहिलेसम्म ५ जनाको शव भेटिएको छ । तर, उनीहरुको सनाखत भएको छैन । बेपत्ता हुनेहरुमा छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी, शिरमाया दोङ, विवरानी दोङ, साहिँली दोङ,... पुरा पढ्नुहोस

सिन्धुपाल्चोक पहिरो : ३८ जना बेपत्ता, ३७ घर पुरियो

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । ३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सीर्जना तामाङले जानकारी दिइन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टमा लिदी पुगेका छन् । झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्दारका लागि घटनास्थल... पुरा पढ्नुहोस

सिन्धुपाल्चोक पहिरो : जुगलमा १३ जना बेपत्ता

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर १३ जना सम्पर्कविहिन भएका छन् । पहिरोले पुरिएका १३ घरमध्ये पाँच परिवारका १३ जना सम्पर्कविहीन भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबावु नेपालले  जानकारी दिए ।   पहिरोले घरमा पुरिएका आफै निस्कन सक्ने स्थानिय निस्केर लप्सेचौरमा सुरक्षित ठाउँमा गएर बसेका छन् । पहिरोको कारण ३०... पुरा पढ्नुहोस

प्रदेश सदस्य केसीद्धारा भू–तथा जलाधार संरक्षण कार्यालयको माग

म्याग्दी, २४ साउन । म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले जिल्लामा भू–तथा जलाधार संरक्षण कार्यालय स्थापना गर्न माग गर्नुभएको छ । पोखरामा शुक्रबार बसेको गण्डकी प्रदेशसभाको बैठकको विशेष समयमा सांसद केसीले पहिरो, कटान र बाढीजन्य बिपद्बाट प्रभावित म्याग्दी जिल्लामा भू–तथा जलाधार संरक्षण कार्यालय स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो... पुरा पढ्नुहोस

सुनको मूल्य तोलामा १ लाख १ हजार ४०० पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै  नयाँ कीर्तिमान कायम भएको हो । मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले... पुरा पढ्नुहोस

सोमबार नेपालमा ४१८ जना कोरना संक्रमित थपिए

म्याग्दी, १९ साउन । नयाँ कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेको देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए... पुरा पढ्नुहोस

विकास योजनाहरुमा ६७ प्रतिशत खर्च

  म्याग्दी, १७ साउन । म्याग्दीमा चालू आर्थिक वर्ष २०७६/७७ मा संघ र प्रदेश कार्यालयबाट विकासतर्फ ६७ प्रतिशत बजेट खर्च भएको छ । जिल्लामा पुर्वाधारतर्फको बजेट निकासा संघ र प्रदेशको ४५ करोड २० लाख रुपैया खर्च निकास तेस्रो चौमासिकको असारमा भएको कोष तथा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । पहिलो... पुरा पढ्नुहोस

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्य बढ्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । स्थानीय बजारमा मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत... पुरा पढ्नुहोस

म्याग्दीमा बेपत्ता ५ जना अझैँ भेटिएका छैनन्

म्याग्दी, ९ साउन । अविरल बर्षासंगै असार २५ गते आएको बाढी पहिरोले म्याग्दीमा ठुलो जनधनको क्षेति भएको छ । जिल्लाको धौलागिरि, मालिका र रघुगंगा अन्नपुर्ण गाउँपालिका गरेर २९ जना ब्यक्तिहरुको निधन भएको छ । भने ५ जना अझै बेपत्ता अवस्थामा रहेका छन् । असार २५ गते अविरल बर्षासंगै आएको बाढी... पुरा पढ्नुहोस