मुलुक

जनमोर्चाका सांसद कृष्ण थापालाई प्रदेशसभा सदस्यको रुपमा काम गर्न दिन सर्वोच्चको आदेश

जेठ २३ काठमाण्डौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट कारवाही गरिएका कृष्ण थापालाई प्रदेशसभा सदस्यकै रुपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश डा। कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो । इजलासले विपक्षीहरूलाई १५ दिनभित्र... पुरा पढ्नुहोस

सांसद थापा कारवाही फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा

पोखरा । गण्डकी प्रदेशको सांसदबाट पार्टीले हटाएपछि जनमोर्चाका कृष्ण थापा सर्वोच्च अदालतमा पुगेका छन् । आफूलाई सांसदबाट हटाइएको भन्दै सांसद थापाले पार्टी कारबाही फिर्ताका लागि सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् ।  पार्टी निर्देशन विरुद्ध लागेको भन्दै जनमोर्चाले उनलाई बिहीबार गण्डकी प्रदेशसभा सदस्यबाट हटाएको थियो । जनमोर्चाले बिहीबार उनलाई सांसदबाट... पुरा पढ्नुहोस

चुरे विवादमा संघ र प्रदेश आमने सामने

प्रदेश–२ सरकारले गिट्टी बालुवा उत्खनन गरी निकासी गर्ने संघीय सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको नीतिको विरोध गरेको छ । नेपाल सरकारको यस्तो अदुरदर्शी निर्णयले प्रदेश–२ बाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्ने योजनाले देशकै अन्न भण्डारको रूपमा रहेको सम्पूर्ण भू–भाग मरूभूमिकरण भई शतप्रतिशत जनताको बिल्लीबाठ हुने निश्चित रहेको भन्दै प्रदेश सरकारले... पुरा पढ्नुहोस

विश्वकप छनोटमा नेपाल विजयी

विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१... पुरा पढ्नुहोस

अझै पनि रहस्यमय, ‘दरबार हत्या काण्ड’ २० बर्ष पुरा

नेपालमा दरबार हत्या काण्डको बुधबार २० बर्ष पुरा भएको छ । वि.सं २०५८ साल जेठ १९ गते शुक्रबार राती राजा विरेन्द्रको पुरै बंश नै सखाप हुनेगरी भएको त्यो हत्याकाण्ड अझै रहस्यमय छ । २० बर्ष अगाडी आजकै दिन राजा विरेन्द्रको वंश नास हुनेगरी भएको दरबार हत्याकाण्ड नेपालको ईतिहासकै एक कालो... पुरा पढ्नुहोस

विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन

कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट जारी विज्ञप्तिमा जनाइएको छ । साथै नेपाल मेडिसिटी अस्पतालले पनि थापालाई ५ बजेर २९ मिनेटमा मृत घोषित... पुरा पढ्नुहोस

ठाकुरसहित चार नेता जसपाबाट निष्कासित

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो । यादव पक्षले यसबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको छ । पार्टीभित्र विवाद उत्कर्षमा... पुरा पढ्नुहोस

एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय

काठमाडौं १८ जेठ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय... पुरा पढ्नुहोस

यो लोकतन्त्रको जित हो

लुम्बिनी प्रदेशमा सोमबार भएको उपनिर्वाचनबाट विजयी भएका काँग्रेसका दृगनारायण पाण्डेले यो जित लोकतन्त्र  र प्रजातन्त्रको जित भएको बताएका छन् । एमाले उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले राष्ट्रियसभामा गएर संघीयता, गणतन्त्र लगायतका मुद्दाहरूलाई सशक्त ढंगले उठाउने बताए । ‘यो प्रजातन्त्रको जित हो । लोकतन्त्रको जित हो... पुरा पढ्नुहोस

लुम्बिनीमा पनि एमालेलाई झड्का, उपनिर्वाचनमा काँग्रेसका पाण्डे विजयी

दाङ १७ जेठ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । जम्मा २९७ मत खसेकोमा पाण्डेले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत प्राप्त गरेका छन् भने खड्काले... पुरा पढ्नुहोस