अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय

  • ३२ श्रावण २०७८, सोमबार
  • 1288 पटक पढिएको

काठमाडौं ३२ साउन, । अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाढि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


अफगानिस्तानमा विद्रोही समूह तालिबानले कब्जा जमाएपछि राजधानी काबुलमा त्रास सिर्जना भएको छ भने अफगानी नागरिक समेतले देश छाड्ने क्रम बढेको छ । विमानस्थलमा काबुल छाड्न चाहनेहरुको भागदौड देखिन्छ । त्यहाँ करिब १५ सय नेपालीहरु रहेको अनुमान छ । उनीहरुको अवस्था थाहा हुन सकेको छैन । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आह्वान गरेको छ ।