राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी (पत्रसहित)

  • २ भाद्र २०७८, बुधबार
  • 770 पटक पढिएको

काठमाडौं २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न जारी गरिएको अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पु¥याएमा दल विभाजन गर्न सकिने व्यवस्था छ । पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइएको भन्दै नेकपा एमालेले त्यसको विरोध गरेका छ । यसैबिच नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी गरेका छन् । राष्ट्रपतिले अध्यादेश जारी गरे लगत्तै नेपाल समूह पार्टी दर्ताको लागि निर्वाचन आयोग पुग्ने तयारीमा जुटेको हो । त्यसैगरि जनता समाजवादी पार्टीको महन्त ठाकुर पक्षले समेत जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ता गर्ने भएको छ ।