संसदका दुवै सदनको अधिवेशन अन्त्य,दल विभाजन सम्बन्धी अध्यादेश आउनसक्ने

  • ३२ श्रावण २०७८, सोमबार
  • 838 पटक पढिएको

काठमाण्डौ ३२ साउन । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जनाएका हुन् ।


संघीय संसदको दुवै सदनको चालु अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको उनले बताए । यसैबिच सरकारले संसद अधिवेशन अन्त्य गरेसंगै राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश ल्याउने तयारी भएको हुनसक्ने भन्दै एमालेभित्रबाट आलोचना भएको छ ।

सत्तारुढ गठबन्धनमा सहभागी नेकपा एमालेको माधव नेपाल पक्षलाई सहज हुनेगरी अध्यादेश ल्याउन लागिएको भन्दै एमालेका ओली पक्षीय नेताहरुले विरोध जनाउन थालेका छन् । अध्यादेशमा दल विभाजनका लागि आवश्यक संख्याको प्रावधान खुकुलो बनाइनेछ । अध्यादेश ल्याउने वातावरण बनाउन सरकारले आजै रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या पुर्यातउनुपर्ने प्रावधान छ । अध्यादेशमार्फत सोही प्रावधान खुकुलो बनाए ‘केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत’ पुर्यारए विभाजनका लागि पुग्ने व्यवस्था गर्न लागिएको हो ।