ताजा अपडेट

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखामा नयाँ कार्यसमिति

प्रताप बानियाँ/ म्याग्दी, बैशाख २९ ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा बेनी म्याग्दीको ११ औं साधारणसभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न साधारणसभा तथा अधिवेशनले विष्णु गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा डेकबहादुर सुनार, सचिवमा लक्ष्मण केसी, सहसचिवमा दिनेश बराल... पुरा पढ्नुहोस

मुक्तिनाथमा मोदीकाे दर्शन (हेर्नुहोस रोचक तस्बिर सहित)

निर्मल खत्री मुक्तिनाथ २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकिय भम्रणको क्रममा शनिबार बिहान प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा पुजापाठ गरेका छन् । भारतीय सेनाको विशेष विमान मार्फत मुक्तिनाथ ओर्लेका मोदीले करिब २० मिनेट पुजापाठ गरेका थिए । मुक्तिनाथ प्रवेशद्धार नजिकै निर्माण गरिएको हेलिप्याडमा झरेपछि मोदीलाई संघीय सरकारका सँस्कृति, पर्यटन तथा... पुरा पढ्नुहोस

जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तुको चोरी निकासी

  म्याग्दी २९ बैशाख । बेनी नगरपालीका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी निकासी भएको छ । जिल्ला समन्वय समितिसंग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने नितीगत ब्यवस्था विपरीत सेभेनस्टार युवा कल्वका पदाधीकारीले बस्ती संरक्षणको बाहनामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा,... पुरा पढ्नुहोस

बसन्त बोगटी गुठी जग्गाको समस्या समाधान गर्न जनप्रतिनिधिलाई दवाव

  म्याग्दी,२९ बैशाख । रघुगंगा गाउँपालिका ३ पिप्ले अम्राईमा भएको जग्गा बसन्त बोगटी गुठीमा परिणत हुदाँ तिरो तिरेरपनि ब्यवसाय तथा सेवासुविधा लिनका लागि ४० घर परिवारलाई गुठी जग्गाको समस्याले असहज भएको छ । लाटुपाध्याय सन्तती समाज अम्राई राखु पिप्ले आयोजनामा भएको समान्न तथा अन्तक्रिया कार्यक्रममा स्थानीय बासीले जनप्रतिनिधिलाई समस्या समाधान... पुरा पढ्नुहोस

भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथमा पुजा गरि फर्किए

मुक्तिनाथ, २९ वैशाख । नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा पुजाआजा एवम दर्शन गरेका छन् । नेपाल भ्रमणको दोस्रो दिन शनिवार मोदी नेपाल सेनाको हेलिकप्टरबाट मुक्तिनाथ मन्दिर पुगेर दर्शन गरेका हुन् । मुक्तिनाथ परिसरमा रहेको हेलीप्याडमा उत्रिएका मोदीलाई स्वागतको लागि विछ्याइएको रातो कार्पेटबाट... पुरा पढ्नुहोस

बालगृहलाई फिल्टर सहयोग

बेनी २९ बैशाख । बेनी नगरपालिका ७ मा रहेको शिवालय टोल सुधार समितिले शनिबार म्याग्दी बालगृहलाई विद्युतीय फिल्टर लगायतका सामाग्री सहयोग गरेको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा आश्रीत अनाथ बालबालीकाहरुलाई सफा र शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले एक थान विद्युतीय फिल्टर उपलब्ध गराइएको हो । समितिका संयोजक ज्ञानेन्द्र... पुरा पढ्नुहोस

भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथमा ओर्लिए, बिशेष पुजामा सरिक हुँदै

मुक्तिनाथ, २९ वैशाख । नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ आइपुगेका छन् । नेपाल भ्रमणको दोस्रो दिन मोदी नेपाल सेनाको हेलिकप्टरबाट मुक्तिनाथ मन्दिर पुगेका हुन् । मुक्तिनाथ परिसरमा रहेको हेलीप्ण्डामा उत्रिएका मोदीलाई स्वागतको लागि विछ्याइएको रातो कार्पेटबाट पैदल हिँडाएर मन्दिर पु¥याईएको छ । अब... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाद्धारा पाखापानीमा सेवा केन्द्र राखेर सेवा दिन सुरु

म्याग्दी, २८ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्बर ६ पाखापानीमा सेवा केन्द्र राखेर जनतालाई सेवा प्रवाह गर्न सुरु गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि आवत जावत गर्न भौगोलिक विकटताको कारण समस्या भएपछि गाउँपालिकाले झिँ, पाखापानी र कुइनेमंगले क्षेत्रका नागरिकको सुविधाको लागि हरेक साताको शुक्रवार पाखापानीमा सेवा केन्द्र मार्फत सेवा... पुरा पढ्नुहोस

विदेशी सवारीलाई करको दायरामा ल्याउनुपर्ने मागसहित ज्ञापनपत्र

म्याग्दी, २८ वैशाख । विदेशी सवारीसाधनलाई स्थानीय करको दायरामा ल्याउनुपर्ने मागसहित शुक्रबार म्याग्दीमा ज्ञापनपत्र बुझाइएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी म्याग्दीले विदेशी नम्बर प्लेटका गाडीहरु विना रोकतोक गुडिरहेको भन्दै ज्ञापनपत्र बुझाएको हो । नेपालको विभिन्न नाकाबाट विशेष गरी भारतीय नम्बर प्लेटका सवारीसाधनहरु सामान्य भन्सार... पुरा पढ्नुहोस

बेनीमा सडक मर्मत सुरु

बेनी २८ बैशाख । म्याग्दी सदरमुकाम बेनी बजारभित्रका सडक मर्मतको काम सुरु भएको छ । बेनी नगरपालिकाले बजार क्षेत्रको सडकमा खाल्डा खुल्डी पुर्ने र पिच उक्कीएको ठाउँमा मर्मत सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय, जिसस कार्यालय गाडीको चोक, बालमन्दिर चोक, संगमचोक, हुलाकचोक, न्युरोड, गणेशटोल, क्याम्पसचोक, शिक्षा मार्ग, अस्पतालचोक क्षेत्रमा... पुरा पढ्नुहोस