अमर माविमा कम्प्युटर कक्षा स्थापना ( फाेटाेफिचर)
- १२ जेष्ठ २०७५, शनिबार
- धिरन खत्री
- 1904 पटक पढिएको
पाखापानी १२ जेठ । रघुगंगा गाउँपालिका ६ पाखापानीमा रहेको अमर माविमा कम्प्युटर कक्ष स्थापना भएको छ । ग्रामिण क्षेत्रका विद्यार्थीलाई सूचना प्रबिधिको प्रयोग गरेर आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएको हो ।
गाउँपालिकाको पाँच लाख र जिल्ला शिक्षा कार्यालयको छ लाख ५० हजार रुपैया अनुदान सहयोगमा स्थापना भएको ल्याबको शुक्रबार गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । ल्याबमा बिस वटा डेक्सटप कम्प्युटर रहेको प्रअ युबहादुर गर्बुजाले जानकारी दिए ।
कक्षा ६, ७, ८, ९ र १० मा ऐच्छिक विषयको रुपमा कम्प्युटर सम्बन्धि पठनपाठन हुने गरेको छ । ल्याबको उद्घाटन गर्दै अध्यक्ष भण्डारीले प्रबिधिको प्रयोग गरी सामुदायीक विद्यालयको गुणस्तर सुधार गर्ने उद्देश्यले ८ वटा कम्प्युटर ल्याब स्थापना गर्न यस वर्ष चालीस लाख रुपैया बिनियोजन गरेको जानकारी दिए ।गाउँपालिकाका उपाध्यक्ष कमला तिलीजा, प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाई लगायतको उपस्थिती रहेको कार्यक्रममा बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले मन्तब्य व्यक्त गरेका थिए श्र
प्रअ गर्बुजाको सञ्चालन, व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद पाईजाको अध्यक्षता र शिक्षक सरला पौडेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा २०७४ को वाषर््िक परिक्षामा उत्कृट हुने विद्यार्थीलाई पुरस्कार र छात्रवृत्ती वितरण गरिएको थियो ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l