म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्न सांसद थापाको माग (भिडियाेसहित)

  • १२ जेष्ठ २०७५, शनिबार
  • सन्तोष गौतम
  • 2578 पटक पढिएको

 

म्याग्दी १२ जेठ । प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्नुपर्ने माग गरेका छन् । सरकारको निती तथा कार्यक्रमको छलफलका क्रममा शुक्रबार संसद बैठकमा सांसद थापाले म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्नुपर्ने आवाज उठाएका हुन् । म्याग्दीको हिमाली पहिचान दवाईएकाले म्याग्दीबासीले हिमालबाट लाभ लिन नसकेको बताउँदै थापाले यो समस्या समाधानका लागि सरकारले निती तथा कार्यक्रममा समावेश गर्नुपर्ने बताएका थिए ।

 

आधा दर्जन हिमालहरु अवस्थित र भौगोलिक बिकटतालाई आधार मानेर म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न माग जिल्ला समन्वय समितिले गत फागुनमा प्रदेश र संघीय सरकारमा सिफारीस पठाएको थियो । हिमाल नजिकका वस्तीहरु पहाडी भेगमा सूचीकृत हुँदा राज्यले हिमाली भेगका अन्य जिल्लाका बासिन्दालाई दिने सेवा सुविधाबाट म्याग्दीका दुर्गम बस्तीका बासिन्दा बञ्चित भएका छन् । हिमाली जिल्ला सरहको बिकटता भएको ठाउँमा बिशेष सुबिधा नहुँदा कर्मचारी जान नमान्ने अर्को समस्या छ ।

सांसद थापाले हिमाली भूगोल भएको म्याग्दी पहाडी जिल्लामा पारिएका कारण बजेट बिनियोजनदेखि पर्यटन प्रवद्र्धनमा समेत प्रत्यक्ष असर परेको बताए । नेपालमा २० वटा हिमाली जिल्ला छन् । गत भदौमा गोरखा, धादिङ, रामेछाप र पूर्वी रुकुमलाई हिमाली जिल्लामा सूचीकृत गरेको थियो ।

सन्तोष गौतम