ताजा अपडेट

निजामती सेवा दिवसको अवसरमा रक्तदान

बेनी २२ भदौ । निजामती सेवा दिवस २०७५ को अवसरमा शुक्रबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।दिवस मुल समारोह समिति र निजामती कर्मचारीहरुको आधिकारीक टे«ड युनियनले नेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालीत रक्तसञ्चार केन्द्रसंगको समन्वयमा कार्यक्रम आयोजना गरेको हो । बेनी अस्पताल परिसरमा आयोजित कार्यक्रममा निजामती कर्मचारी र सुरक्षाकर्मीहरुले रक्तदान गरेका... पुरा पढ्नुहोस

मृगौला पीडित सुरेशलाई सहयोग

  म्याग्दी, २२भदौ दुवै मृगौला खरावी भएपछि उपचारमा आर्थिक अभाव भएका एक यूवालाई बिहिबार १ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ ।आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका जिल्लाको मंगला गाउँपालिका–५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्यालको उपचारका लागि जनजागरण यूवा क्लव अर्मन नेटाको पहलमा कमल बुढाथोकी, त्रिमान थापाले संकलन... पुरा पढ्नुहोस

मल्लाजमा पुम्दीखोला खानेपानी आयोजना निर्माण

मल्लाज २२ भदौ । जलजला गाउँपालिकाको मल्लाजमा चार करोड रुपैया भन्दा बढीको लगानीमा पुम्दीखोला खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । खानेपानीतथा सरसफाई डिभिजन कार्यालय पर्वत मार्फत निर्मीत उक्त आयोजनाबाट जलजलाको २, ३ र ४ नम्बर वडाका छ सय भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । नेपाल सरकारको तिन... पुरा पढ्नुहोस

जलजलाको बराह ताल ओझलमा

म्याग्दी २२ भदौ । प्रशस्त धार्मीक पर्यटकीय सम्भावना बोकेको पर्वतको जलजला गाउँपालिका २ पुरानोगाउँ स्थित बराहताल ओझेलमा परेको छ । पूर्वाधार, संरक्षण र प्रचार प्रसारको कमीले ओझेलमा परेको बराह तालको पर्यटन विकासका लागि पछिल्लो समय स्थानीय बासीले सक्रियता देखाएका छन् । समुन्द्रि सतहदेखि एक हजार ९५० मिटरको उचाईमा अवस्थित बराहताल... पुरा पढ्नुहोस

म्याग्देली शिक्षक थममायाँ पुन देशकै उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत

म्याग्दी, २१ भदौ । म्याग्देली शिक्षक थममायाँ पुन देशभरमै उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत हुनुभएको छ । पी.पी प्रसाई प्रतिष्ठानले हरेक वर्ष वितरण गर्ने मुलुकभरबाट उत्कृष्ट शिक्षक पुरस्कारबाट पुन पुरस्कृत हुनुभएको हो । म्याग्दीको पाउद्धार माविमा अध्यापनरत शिक्षक पुनले पी.पी प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार–२०७५ हात पार्नुभएको हो । प्रतिष्ठानले शिक्षा... पुरा पढ्नुहोस

तिप्ल्याङ कालिगण्डकी जलविद्यूत आयोजनाको वातावरणीय प्रतिबेदन सार्वजनिक

बेनी, २१ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका हुँदै बग्ने कालिगण्डकी नदीमा ५८ मेगावाट क्षमताको तिप्ल्याङ कालिगडकी जलविद्युत आयोजना निर्माण हुने भएको छ । जलविद्यूत आयोजना निर्माणको लागि सर्वेक्षण अनुमतिपत्र लिएको तिप्ल्याङ कालिगण्डकी हाईड्रोपावर प्रा.ली.ले वातावरणीय प्रभाब मुल्यांकन प्रतिबेदन सार्वजनिक गरेको छ । आयोजना प्रभावित क्षेत्र अन्नपूर्ण गाउँपालिका– २ ठुलोबगरमा विहिवार... पुरा पढ्नुहोस

बेनीमा जोगी नाच

म्याग्दी, २१ भदौँ । सदरमुकाम बेनीमा बिहीबार जोगि नाचँ देखाईएको छ । नेपाल भाषा मंका खल म्याग्दीको आयोजनामा जोगिको भेषमा सजिएर जोगी नाचँ देखाईएको हो । वर्खे नाच प्रत्येक वर्ष गरे पनि त्यो भित्र पर्ने रोपाई नाचँ, जोगी नाचँ, हनुमान नाचँ जस्ता ठुला खालका नाचँहरु दुई तिन वर्षको अन्तरालमा देखाईने... पुरा पढ्नुहोस

साउदीमा म्याग्दीका दुई जना सहित ५ जना अल्पत्र

बेनी, २१ भदौ । रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका २ जना सहित ५ जना युवाहरु अल्पत्र परेका छन् । २ बर्ष अघि साउदी पुगेका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदविर घर्ति सहित सिन्धुपाल्चोकका २ र बर्दीयाका १ जना युवाहरु कम्पनीको दुव्र्यवहारको कारण अल्पत्र परेका हुन्... पुरा पढ्नुहोस

गौश्वारा मेला सम्पन्न

म्याग्दी, २० भदौ । बेनी नगरपालिका–२ मा अवस्थित राधाकृष्ण सामुदायिक क्लबले आयोजना गरेको विविध कार्यक्रम हरु भब्य का साथ सम्पन्न भएको छ । साँसद विनोद केसीले उद्घाटन गर्नुभएको सो खेलकुद एवम साँस्कृतिक मेलामा विविध प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् । भाद्र १५ देखि १९ गते सम्म आयोजित विविध खेलकुद तथा... पुरा पढ्नुहोस

हिमाल आरोहण खुल्ला गर्न माग

म्याग्दी २० भदौ । म्याग्दीका धवलागिरी गाउँपालिका १ गुर्जा स्थित हिमालहरुमा आरोहण खुल्ला गर्न माग गरिएको छ ।वडा पालिकाको बैठकले गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल आरोहणका लागि खुल्ला गर्न माग गर्ने निर्णय गरेको हो । वडा अध्यक्ष झकबहादुर छन्त्यालका अनुसार गुर्जाका हिमालहरुमा सरकारले वि.स २०५२ देखि आरोहण बन्द... पुरा पढ्नुहोस