ताजा अपडेट

छिसबाङमा तीज बिशेष कार्यक्रम

म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ विहिमा तीज बिशेष कार्यक्रम गरिएको छ । सहयोगी आमा समुहको आयोजनामा दरखाने, नाचगान गर्ने तिज बिशेष कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा स्थानीयबासीले आपसी रुपमा तीजको शुभकामना आदान प्रदान सहित साँगेतिक माहोलमा दर खाएर तीज मनाएका थिए । पुरा पढ्नुहोस

तातोपानी कुण्डको आम्दानी दोब्बरले बढ्यो

म्याग्दी २२ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ स्थित पर्यटकीय स्थल भुरुङ्ग तातोपानी कुण्डको आम्दानी दोब्बरले वृद्धी भएको छ । स्थानीय तहले प्रतिस्पर्धा मार्फत कुण्ड सञ्चालन गर्न थालेपछि आम्दानी बढेको हो । कुण्डबाट गत आर्थिक वर्ष २०७४÷७५ मा गाउँपालिकालाई २५ लाख १७ हजार रुपैया आम्दानी भएको थियो । चालु आर्थिक... पुरा पढ्नुहोस

मिर्गौला पिडित ताकमका सुनारद्धारा सहयोगको अपिल

म्याग्दी, २४ भदौ । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका मिर्गौला पिडित थमबहादुर सुनारले आफ्नो उपचारमा सहयोग गर्न अपिल गर्नुभएको छ । दुबै मिर्गौलाले काम नगर्ने भएपछि डायलाइसीस गर्दै आउनुभएका सुनारले उपचार गर्न परिवारको आर्थिक अबस्थाले नथेकेपछि सहयोग गर्न आह्वान गर्नुभएको हो । बिगत ४ बर्षदेखि मिर्गौला पिडित भई उपचाररत ३० बर्षिय... पुरा पढ्नुहोस

बेनी–जोमसोमको म्याग्दी खण्डमा तीन मोटरेबल पुलनिर्माण शुरु

म्याग्दी, २४ भदौ ।  बेनी–जोमसोम सडकको म्याग्दीखण्डमा तीन वटा मोटरेबल पुलनिर्माण शुरु भएको छ । बेनपा ९ र रघुगङ्गा ३ को सिमानामा रहेको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका १ र ७ को सिमाना महभिर तथा अन्नपूर्ण गाउँपालिका २ र ६ को सिमाना पोखरेबगरस्थित कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुलनिर्माण शुरु भएको हो ।... पुरा पढ्नुहोस

मुक्तिनाथ सहकारीको अध्यक्षमा गौतम चयन

बेनी २३ भदौ । बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न ११ औ वार्षिक साधारणसभा एवं छैटौ अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा दण्डपाण्ी सापकोटा, सचिवमा दण्डपाणी पराजुली, कोषाध्यक्षमा चिरञ्जिवी बोगटी र सहसचिवमा भावना पौडेल निर्वाचित हुनुभएको छ । देवी... पुरा पढ्नुहोस

मौवाफाँटमा तीज गीत प्रतियोगिता सम्पन्न

म्याग्दी, २३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको पवित्र आमा समुहको आयोजनामा शनीवार तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । हरितालीका तीज पर्वको अवसरमा आयोजित प्रतियोगितामा मिलनचोक आमा समुह प्रथम, द्धितिय उदा आमा समुह पिप्ले र फुलवारी आमा समुह तितृय भएका छन् भने ज्ञानोदय मावि सान्त्वना हुन सफल भएका... पुरा पढ्नुहोस

सफल महिला सहकारीको छैटौं साधारणसभा

म्याग्दी, २३ भदौ । जलजला गाउँपालिका–३, पर्वत बेनीमा सञ्चालित सफल महिला बचत तथा ऋण सहकारी संस्थाको शनिबार छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल ७४ लाख ६६ हजार शेयर पुँजी रहेको सहकारीले एक करोड ७८ लाख ६९५ लगानी र एक करोड १५ लाख ८९१ रुपैयाँ बचत रहेको जनाएको छ... पुरा पढ्नुहोस

मराङमा चोचाङ्गी पुनहरुको भेला सम्पन्न

तेजिन्द्रमान पुन म्याग्दी, २३ भदौ । म्याग्दीको धौलागिरी गाउँपालिका–६ मराङमा चोचाङ्गी पुनहरुको भेला सम्पन्न भएको छ । सो भेलाबाट चोचाङ्गी पुन समाजको अध्यक्षमा भेषबहादुर चोचाङ्गी, सचिबमा तब बहादुर पुन र कोषाध्यक्षमा प्रदेवी पुन चयन भएका छन् । मराङ, बिम र खिबाङमा रहेका चोचाङ्गी पुनहरुको सहभागीता रहेको सो भेलाले आगामी मंसिरमा... पुरा पढ्नुहोस

पत्रकार गौतम पुरस्कृत

म्याग्दी २३ भदौ ।बेनीबाट प्रकाश हुने रिखार दैनिकका प्रकाशक सन्तोष गौतम शनिबार पुरस्कृत भएका छन् ।बेनीमा महिलाहरुको नेतृत्व र ब्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सातौ वार्षिक साधारणसभाको अवसरमा नगद तिनहजार ३३३ रुपैया सहित पुरस्कृत गरेको हो । जिल्ला सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर कार्की, प्रजिअ लिलाधर अधिकारी... पुरा पढ्नुहोस

दिदीबहीनी सहकारीको करिब साढे तेह् करोड लगानी

बेनी २३ भदौ । बेनीमा महिलाहरुको नेतृत्व र ब्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७४÷७५ मा करिब साढे १३ करोड रुपैया कर्जा लगानी गरेको छ । संस्थाको शनिबार बेनीमा भएको सातौ वार्षिक साधारणसभामा गत आर्थिक वर्षमा दश कराेड २१ लख ६८ हजार ७९२ रुपैया... पुरा पढ्नुहोस