सुरेशको उपचारका लागि इराकबाट एक लाख सहयोग

  • २४ भाद्र २०७५, आईतवार
  • सन्तोष गौतम
  • 2028 पटक पढिएको

बेनी २४ भदौ । मंगला गाउँपालिका ५ नेटाका मृगौला पिडित सुरेश छन्त्यालको उपचारका लागि इराकबाट आईतबार एक लाख रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । १९ वर्षिय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले भदौ ५ गतेदेखि सुरेश बचाउ अभियान सञ्चालन गरेको थियो ।


बेनपा ६ चुत्रेनी घर भई हाल इराकमा कार्यरत कृष्ण मल्लको पहलमा त्यहाँका नेपालीहरुबाट संकलित एक लाख रुपैया मल्लले कोषका अध्यक्ष राजेश शाक्य र कोषाध्यक्ष खम थापा मार्फत सुरेशकी आमा सितालाई हस्तान्तरण गर्नुभएको हो ।

टिचीङ हस्पीटलमा डायलाईसीस गराइरहेका छन्त्यालको उपचारका लागि कोष मार्फत सात लाख रुपैया भन्दा बढी सहयोग जुटेको छ । यसैबीच कोषले मृगौलामा पत्थरी परेर थलीएका बेनपा ५ पुलाचौरका देवीलाल दर्जीको उपचारका लागि दशहजार रुपैया सहयोग गरेको छ ।

सन्तोष गौतम