बलात्कारमा संलग्नलाई कारबाहीको माग
- २४ भाद्र २०७५, आईतवार
- 1485 पटक पढिएको
बेनी २४ भदौ । बेनीमा महिलाहरुको नेतृत्व र व्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले बलात्कारका घटनामा संलग्न दोषी पहिचान गरी कारबाहीको माग गरेको छ ।
सहकारीका अध्यक्ष ज्योती लामीछाने पौडेलको नेतृत्वमा आईतबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो । अध्यक्ष पौडेलले सहायक प्रजिअ राजेन्द्र शर्मालाई ज्ञापनपत्र बुझाउनु भएको थियो ।
महिलाहरुद्धारा सञ्चालित सहकारीले महिलाहरुको समस्याका विषयमा राज्यको ध्यानाकर्षण गराएको सचिव सुगम श्रेष्ठले बताउनुभयो । उनिहरुले महिला सुरक्षा र अधिकार प्रती संवेदनशिल बन्न सरकारलाई आग्रह गरेका छन् ।